सम्पूर्ण समाचार

प्रतिनिधिसभा बैठक बुधबार बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न ३ बजे बस्ने भएको छ । आज निर्धारित बैठक विशेष कारणवश बस्न नसकेकाले बैठक बुधबारका लागि सारिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । यसअघि प्रतिनिधिसभा बैठक आज अपराह्न ३ बजेका लागि राखिएको थियो । सो बैठक बस्न नसक्ने भएकाले सभामुख देवराज घिमिरेले प्रतिनिधिस. . .


कोशी प्रदेशका मुख्यमन्त्री थापाको विश्वासको मत विरुद्ध पुनः एमाले सर्वोच्च जाने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधान विपरित भएको भन्दै नेकपा एमाले पुनः सर्वोच्च अदालत जाने भएको छ । संविधानका धारालाई छलेर मुख्यमन्त्री थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएकाले सर्वोच्च जाने तयारी रहेको नेकपा एमाले संसदीय दलका प�. . .


राष्ट्रपति पौडेलद्वारा क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सफलताका लागि शुभकामना दिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित भेटघाटमा उहाँले सहभागी क्रिकेट खेलाडी, प्रशिक्षकलगायतलाई सफलताको शुभकामना दिनुभएको हो । . . .


साउनमा आन्तरिक राजस्वको लक्ष्य भेटिएन

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून भएको छ । आन्तरिक राजस्व विभागले उपलब्ध गराएको विवरणअनुसार गत साउनमा लक्ष्यको ८२ दशमलव ३३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । चालु आवको पहिलो महिनामा रू ४९ अर्ब ७० लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकोम�. . .


विराटनगरमा बनेन पशु बधशाला : विकल्प दिन नसक्दा हटेन खुल्ला माछा–मासु बिक्री

विराटनगर । अव्यवस्थित ढंगले चलेका बजारका खुद्रा मासु पसलले अस्वस्थ्यकर माछा तथा मासु बिक्री गर्ने गर्दछन् । यसको नियन्त्रण गर्न महानगरपालिकाले साउन १ गतेदेखि अभियान नै सञ्चालन गर्दै आएका छन् । तर, यसको विकल्प खडा गर्न भने सकेको छैन । विराटनगरमा २०६६ सालदेखि व्यवस्थित ढंगले मासुजन्य वस्तुको बिक्री व. . .


सरकार विद्युतबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउन लागेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विद्युत् उत्पादनबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउने बाटोमा लागेको बताउनुभएको छ । भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज समुद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यसक�. . .


महिला टी–२० सिरिज : नेपालद्वारा हङकङ पराजित

काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । डेब्यू खेलमै नेपालकी पूजा महतोले उत्कृष्ट बलिङ र ब्याटिङ गरिन । उनले हङकङविरुद्धको खेलमा १६ रन बनाउनुका साथै एक विकेट समेत लिइन् । मलेसियाको रा�. . .


आँखा पाक्ने रोगमा ‘इन्टेरो भाइरस’ सङ्क्रमण धेरै

काठमाडौँ । नेपालमा अहिले देखिएको आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) मा इन्टेरो भाइरस सङ्क्रमण बढी भएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको १० नमूना परीक्षणमा ८० प्रतिशतमा इन्टेरो भाइरस सङ्क्रमण देखिएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिनुभयो । पाटन. . .


ललिता निवास जग्गा हिनामिना प्रकरणबारे सिआईबीले बुझायो प्रतिवेदन

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ललिता निवासको सरकारीे जग्गा हिनामिना प्रकरणसम्बन्धी प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन प्राप्त भएको जानकार. . .


विराटनगर–१२ का वडा अध्यक्ष कामत विरुद्ध पक्राउ पुर्जी

विराटनगर । विराटनगर महानगरपालिका–१२ का वडाअध्यक्ष हिरालाल कामत विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत मोरङले उनी विरुद्ध लेनदेन मुद्दामा दोषि ठहर गर्दै १२ लाख बिगो भराउन आदेश गरेको थियो । प्रतिवादी मन्टु कुमार राम मोचीलाई भराउनु पर्ने बिगो रकम दाखिला नगरेपछि उनी विरुद्ध एक वर्ष कैद सजायको . . .


अन्तर्वार्ता :‘दुई हप्ताभित्रै आँखा पाक्ने रोगको सङ्क्रमण कम हुन्छ’, वरिष्ठ आँखा रोग विशेषज्ञ डा.सुमन शम्शेर थापा

काठमाडौँ । यतिबेला मुलुकका अधिकांश भेगमा आँखा पाक्ने रोगको सङ्क्रमण व्यापक रुपमा फैलिएको छ । काठमाडौँका अस्पतालमा मात्र नभई देशका अन्य अस्पतालहरुमा पनि यो रोगबाट प्रभावित बिरामीहरुको चाप निकै नै बढेको समाचारहरु सार्वजनिक भइरहेका छन् । यस समस्याका कारण कतिपय स्थानीय तहका विद्यालयहरूमा पठनपाठन ठप्. . .


झापाबाट लागुऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ

झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार साँझ दमक नगरपालिका-९ का ३० बर्षीय रमेश सिवालाई २ ग्राम ५०० मिलि�. . .