विराटनगर । संघीय सरकार मातहत सडक विभागको क्षेत्राधिकार भित्र पर्ने कोशी राजमार्गको विराटनगर महानगरपालिका रानी–कन्चनबारी खण्ड जताततै ‘उडबखाडब’ भएको छ । राजमार्ग ‘राजमार्ग’ जस्तो नभएर कच्ची कालोपत्रेमा रुपान्तरण भएको छ । सडकमा सवारी गुडिरहेको छ की ‘चाकाचुली’ खेलिरहेको छ यकिन नै हुन्न । चालकले अलिक. . .
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले डर, त्रास तथा धम्की दिई ५० लाख रकम माग गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका-१ बस्ने ३६ वर्षीय हृदयराज बोगटी उपनाम विश्वजित बटला तथा नुवाकोट ककनी नगरपालिका-३ बस्ने ३६ वर्षीय नरहरि �. . .
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङ जिल्ला समितिले संघीयता खारेजी र हिन्दु राज्य कायम गर्न माग राख्दै विरोध प्रदर्शन गरेका छन् । पूर्व घोषित देशव्यापी विराध कार्यक्रम अनुसार उनीहरुले बिहिबार विरोध प्रदर्शन गरेका हुन् । विराटनगरस्थित संसारीमाई स्थानमन्दिरबाट आरम्भ भएको विरोध प्रदर्�. . .
विराटनगर । नेपाली कांग्रेसको महासमितिको बैठकका लागि नेपाली जनसम्पर्क समिति बेलायतबाट ६ जना महासमिति सदस्य चयन भएका छन् । सभापतिसहित ६ जना महासमिति सदस्यमा चयन भएका हुन् । नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशनबाट चयन भएका १४ महाधिवेशन प्रतिनिधि मध्येबाट सभापति युवराज गुरुङ, बिनोद मोक्तान, इ�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले झापाको बाहुनडाँगीस्थित प्रसाद गौडाबाट हात्ती प्रभावित क्षेत्रमा पदयात्रा शुरु गरेका छन् । जीव, जनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि भन्ने नारासहित मेची खोला तीरमा हात्ती नेपालतर्फ प्रवेश गर्ने नाकाबाट बुधबार पदयात्रा शुरु भएको हो । हा. . .
ललितपुर । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा कोशी प्रदेशका १४ जिल्ला सभापतिले १६ बुँदामा साझा धारणा राख्नुभएको छ । सम्मेलन केन्द्रको मुख्य हलमा जारी छलफलमा उहाँहरुले पार्टीको विधान संशोधन, मर्यादाक्रम, पार्टीको साङ्गठनिक परिचालनलगायतका विषय�. . .
झापा । झापाको मेची नगरपालिका-६ स्थित मेचीपुलबाट लागूऔषध ब्राउनसुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बेलुका साढे ६ बजे लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टावाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको बा.२७ प ३८७२ नम्बरको पल्सर मोटरसाईकल. . .
विराटनगर । लामो समयदेखी बन्द अवस्थामा रहेको विराटनगर जुट मिल्समा मंगलबार राति अचानाक आगलागी भएको छ । विराटनगर –१६ रानीमा रहेको नेपालको पहिलो उद्योगको रुपमा रहेको जुट मिल्समा राति ९ बजे तिर अचानक आगलागी भएको हो । आगलागी के कारणले लागेको तत्काल खुल्न सकेको छैन । विगत लामो समयदेखी बन्द अवस्थामा रहेको. . .
विराटनगर । विराटनगर टेबल टेनिस क्लबका अध्यक्ष बिकेन थापा विश्व टेबल टेनिस दिवस २०२४ को लागि आइटीटीएफ फाउण्डेसन जर्मनीद्वारा प्रोमोटरका रुपमा चयन भएका छन्। अमेरिका, अफ्रिका, एशिया र युरोपबाट लगभग २०० ओटा आवेदन मध्येबाट जम्मा ३२ जना आवेदकमा पर्दै थापा छनौट भएका हुन्। अप्रिल २३ मा विश्वभरी आइटीटीए�. . .
विराटनगर । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । बुढीगंगा गाउँपालिका वडा नम्बर १ मा मंगलबार राति भएको दुर्घटनामा २४ वर्षीय शम्भु माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश १-०२-०४२ प ९८३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर मध्यराति दुर्घटना भएको प्र�. . .
विराटनगर । हिप-हप संगीतको ५० औं वार्षिकोत्सवको अवसरमा नेपालस्थित अमेरिकी दूतावासले हिप-हप कोलाब कन्सर्टको आयोजना गर्ने भएको छ। दूतावासले 'खुलौं, बोलौं' कार्यक्रम अन्तर्गत विराटनगरको सेन्ट्रल मलमा आज दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म कन्सर्टको आयोजना गरेको गर्ने भएको हो। हिप-हप संगीतमार्फत सामाजि. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४५ पैसा र बिक्री दर १३३ रुपैयाँ ०५ पैसा कायम भएको छ । यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ९८ पैसा र बिक्री दर १४३ रुपैयाँ ६३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खर. . .