सम्पूर्ण समाचार

कोशी प्रदेशका मुख्यमन्त्री कार्की र स्विस राजदूतबीच भेटवार्ता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि स्विस राजदूत डा डेनिएल मेउलीबीच आज यहाँ शिष्टाचार भेटवार्ता भएको छ । मुख्यमन्त्रीको कार्यालय विराटनगरमा भएको भेटमा स्विस सरकारको सहयोगमा कोशी प्रदेशमा सञ्चालित परियोजनालगायत द्विपक्षीय हितका विषयमा छलफल भएको मुख्यमन्त्र. . .


विराटनगरमा भारतीय कारबाट बरामद भयो १०३ केजी गाँजा

विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थितबाट लागुऔषध गाँजा बोकेको भारतिय नम्बरको कार प्रहरीले नियन्त्रणमा परेको छ । आइतबार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा नेपालबाट भारत तर्फ जाँदै गरेको बीआर ३८ एडब्लु ३७७६ नम्बरको कारको . . .


सुदूरपश्चिम रोयल्समा स्कटल्यान्डका ब्रान्डन मक्मलेनले अनुबन्ध

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल सुपर लिग (एनपिएल)का लागि स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिम रोयल्सले एनपिएलका लागि अनुबन्ध गरेको मक्मलेन पहिलो विदेशी खेलाडी हुन् । दायाँ हाते ब्याटर मक्मलेनले स्कटल्यान्डबाट १६ टि ट्वान्टी आईमा ६ अर्धशतकसहित ४ सय ९७. . .


सरकारको एक सय दिन : एक लाख ५० हजार थप किसान सूचीकृत

काठमाडौँ । वर्तमान सरकार गठन भएको एक सय दिनको अवधिमा एक लाख ५० हजार थप किसान सूचीकृत भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म सूचीकृत हुने कृषकको सङ्ख्या १९ लाख ३३ हजार पुगेको छ । किसान परिचयपत्र वितरणका लागि कार्यविधि स्वीकृतिको प्रक्रियामा रहेको मन्त्रालयले तयार पारेको एक सय�. . .


लेबनानमा इजरायली सेनाले निरन्तर हमला, अर्थतन्त्रमा ठूलो धक्का

एजेन्सी । लेबनानमा इजरायली सेनाले निरन्तर हवाइ हमला गरिरहेको छ । इजरायली डिफेन्स फोर्सले लगातार रकेट तथा बम हमला जारी राखेको हो । आइतबार रातभर इजरायली सेनाले बेरुत र आसपासको क्षेत्रमा हवाई हमला गरेको समाचार एजेन्सी सीसीटिभीप्लसले जनाएको छ । शनिबार राती इजरायली सेनाको आक्रमणमा परि कम्तिमा ८४ जना ल. . .


पहिलो पटक नेप्सेको आँगनमा साँढेको प्रतिमा, निर्माण अन्तिम चरणमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्राङ्गणमा साँढेको प्रतिमा निर्माण अन्तिम चरणमा पुगेको छ । दुई बर्षअघि नै नेप्सेले वोलपत्र आब्हान गरी साँढेको प्रतिमा निर्माण गर्न गोप्य शिलबन्दी बोलपत्र प्रक्रिया अघि बढाएको थियो । नेप्सेले तयार पारेको स्केच अनुसारको साँढे प्रतिमा निर्माण भइरहेको हो । �. . .


ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती

मन्थली (रामेछाप) । फल लाग्ने अवस्थाको ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत गरी सुरु गरेको ड्रागन फ्रुट र सयपत्री फूलको खेती हेर्न त्यहाँ पुग्ने जो कोही पनि लोभिन्छन् । पाँच रोपनीमध्ये . . .


उत्प्रेरणात्मक कक्षामा अभिनेत्री स्वस्तिमाले सुनाइन अनुभव र संघर्षका कुरा

काठमाडौं । ‘तपाईले जुन लक्ष्य लिनुहुन्छ । त्यसलाई अरुले विश्वाश नगर्न सक्छन् । अरुले विश्वास गरुन् या नगरुन् यसले केही फरक पार्दैन । तर, तपाईमा लक्ष्यमा पुग्ने रुचि छ कि छैन । त्यसले चाहिँ फरक पार्छ,’ अभिनेत्री स्वस्तिमा खड्काले सामुदायिक विद्यालयका विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै भनिन् ‘तपाईको. . .


डिआईजी राणा एआईजीमा बढुवा सिफारिस

काठमाडौँ । प्रहरी नायब महानिरीक्षक (डिआइजी) किरण राणा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस हुनुभएको छ । गृह मन्त्रालय बढुवा समितिको आज बसेको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त रहेको अतिरिक्त महानिरीक्षक पदमा राणालाई बढुवाका लागि सिफारिस गरेको हो । राणालाई प्रहरी नियमावली, २�. . .


शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयन

काठमाडौँ । विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी जापानको शिक्षा मन्त्रालय र नागोया साङ्ग्यो विश्वविद्यालयद्वारा जलवायु परिवतर्नको सामना गर्न वातावरणीय साक्षरतालाई बढावा दिने र मूल्याङकन गर्ने शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ । जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (एडिपोर्ट जापान) �. . .


मजदुरबाट व्यवसायी बन्यो सीताको परिवार (भिडियोसहित)

विराटनगर । मोरङको बेलबारी नगरपालिका- १ की ५६ वर्षीय सीता बराइलीको जीवनको पाँच दशक दुःखैदुःखमा बित्यो । दुई छाक जुटाउनका लागि मुस्किल भएपछि उनी परिवारसहित पहाड घर भोजपुरबाट भारतको मेघालयसम्म पुगिन् । मेघालयमा उनले सामान्य होटल चलाइन, उनका श्रीमानले कोइला काट्ने काम गरे । जीवनमा अनेक कष्ट सहेकी सीता �. . .


नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप

काठमाडौं । अमेरिकाविरुद्धको टी–२० आई सिरिजमा नेपालले क्लिनस्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जित निकालेसँगै नेपालले सिरिज क्लिनस्वीप गरेको हो । आजको खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालले जितका लागि १५७ रनको लक्ष्य पाएको थियो । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । यस्तै . . .