सम्पूर्ण समाचार

इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले राहतस्वरुप पाँच लाख दिने

जनकपुरधाम । मधेस प्रदेश सरकारले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई रु पाँच लाख राहतस्वरुप दिने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलबार साँझ एक शोक वक्तव्यमार्फत मृतक परिवारमा समवेदन�. . .


इजरायल–गाजा द्वन्द्वले अमेरिकाको मध्यपूर्व नीतिको ‘असफलता’ देखाउँछ : पुटिन

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायल–गाजा द्वन्द्वले वासिङ्टनको मध्यपूर्व नीतिको ‘असफलता’ देखाएको भन्दै ‘स्वतन्त्र सार्वभौम प्यालेस्टिनी राष्ट्र’ को निर्माण ‘आवश्यकता’ भएको बताउनुभएको छ । हमासले इजरायलमाथि अकस्मात व्यापक आक्रमण गरेको केही दिनपछि मस्कोमा इराकका प्रधानमन्त्री मोहम्मद श�. . .


अवाञ्छित गतिविधि रोक्न एक सय बाइस ठाउँमा प्रहरी कक्ष

काठमाडौँ । चाडपर्वका बेला अवाञ्छित गतिविधि हुन नदिन सशस्त्र प्रहरी बलले देशका एक सय २२ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) स्थापना गरेको छ । भारततर्फको सीमावर्ती इलाकामा एक सय २० स्थानमा र चीनतर्फ दुई स्थानमा सहायता कक्ष राखिएको स्थापना गरिएको छभने भारततर्फ ३० �. . .


इजरायली आक्रमणबाट घाइते हुनेको सङ्ख्या तीन हजार ७२६ पुग्यो

इजरायल–प्यालेस्टाइन द्वन्द्वमा गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६८७ र घाइते हुनेहरूको सङ्ख्या तीन हजार ७२६ पुगेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ । प्यालेस्टिनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) ले शनिबार गाजा पट्टीसँग जोडिएका इजरायली शहरहरू�. . .


झापाबाट भ्रष्टाचारको अभियोगमा तीन कर्मचारी पक्राउ

झापा । झापामा भ्रष्टाचारको अभियोगमा तीन कर्मचारी पक्राउ परेका छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि झापाको हल्दिबारीमा खटिएका राष्ट्रिय भूमि आयोगमा कार्यरत तीनैजनालाई आज प्रहरीले पक्राउ गरेको हो । प्रमुख जिल्ला . . .


विराटनगरको हिमालय रोडमा हुन लागेको ‘दशैँ फुड फेस्टिबल’को तयारी तिव्र

विराटनगर । विराटनगरको हिमालय रोडमा हुन लागेको दशैँ फुड फेस्टिबलको तयारीलाई आयोजक टिमले यतिबेला तिव्र रुपमा अगाडी बढाईरहेको छ । विजया दशमीको अवसर पारेर विराटनगरको ट्राफिक चोकदेखि महेन्द्र चोकसम्म असोज २८गतेदेखि कात्तिक ४ गतेसम्म दशैं फुड फेस्टिबल हुँदैछ । मञ्जिना मुभिज क्रिएसन र भाजु युवराज फा�. . .


समाजवादी मोर्चाको जिल्ला स्तरीय सन्देशसभा रंगेलीमा हुने

विराटनगर । समाजवादी मोर्चा, नेपालले जिल्ला स्तरीय सन्देशसभाको आयोजना गर्ने भएको छ । असोज २५ गते बिहान ११ः३० बजेदेखि मोरङको रंगेलीमा मोर्चाको जिल्ला स्तरिय सन्देश सभाको आयोजना गर्ने भएको हो । समाजावादी मोर्चा नेपालले आज पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो । कार्यक्रममा जसपाका केन्द्. . .


यसवर्ष ८८ दशमलव पाँच प्रतिशत मनसुनी वर्षा

काठमाडौँ । नेपालमा यसवर्ष मनसुन अवधिमा ८८ दशमलब पाँच प्रतिशत वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनाको अवधिमा सरदरभन्दा कम वर्षा भएको छ । नेपालमा मनसुन अवधिमा सरदर एक हजार चार सय ७२ मिलिमिटर वर्षा हुने गरेकामा यसवर्ष मनसुन अवधिमा एक �. . .


विश्वकप क्रिकेट : इङ्ल्यान्डद्वारा बङ्गलादेश १३७ रनले पराजित

काठमाडौँ । भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत आज सम्पन्न खेलमा इङ्ल्यान्डले बङ्गलादेशलाई पराजित गरेको छ । इङ्ल्यान्डले बङ्गलादेशलाई एक सय ३७ रनले हराएको हो । भारतको हिमाञ्चल राज्यको धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको रङ्गशालामा टस हारेर पहिला . . .


विराटनगरको माछापुच्छ्रे सहकारी घोटाला : संचालकलाई सत्ताले जोगाउँदा, बचतकर्ता सडकमा भौतारिँदै

विराटनगर । छसय बचतकर्ताको नौ करोड बढी रकम अपचलन गरेर चार सञ्चालक सम्पर्कविहीन हुँदा बचतकर्ता सडकमा भौतारिँदै आएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा बचतकर्ताले दिएको उजुरी लिन अस्वीकार गर्दै आएको छ । जसको मारमा दशैं मान्ने पैसा मागिरहेका बचतकर्ता परेका हुन् । माछापुच्छ्रे सहकारी संस्थाका संचालक . . .


दशैंमा विराटनगरवासीलाई महंगो तरकारी

विराटनगर । दैनिक भान्सामा पाक्ने तरकारी दशैंमा पाहुनाको स्वागतका लागि विशेष परिकारसहित पाक्छ । भान्सामा मूलतः बढी प्रयोग हुने आलु, प्याज, टमाटर र हरियो तरकारीको मूल्यले भने खरिदकै प्रक्रियामा धेरैको टाउको भने तात्छ । कारण, तरकारी मूल्य बृद्धि हुँदा उपभोक्ताको भान्सा झन् महंगिने भएको हो । मूल्य बढेस�. . .


जोगबनीमा नेपाली चाडपर्व रौनक, विराटनगरमा चिन्ता

विराटनगर । दशैं–तिहार नजिकिएसँगै विराटनगर बजारमा आर्थिक मन्दिको हल्ला छ । व्यापारीहरु ग्राहक पर्खेर बसेका छन् । उनीहरु व्यापार घटेको भन्दै चिन्तामा देखिन्छन् । कपडा, भाडावर्तन, जुत्ता–चप्पल, कस्मेटिक पसलमै ग्राहक आएका छैनन् भन्ने मात्रै गुनासो सुनिन्छ । नेपाली बजारलाई आर्थिक मन्दिले छोएको राजनीत�. . .