सम्पूर्ण समाचार

स्थानहद र पासपोर्ट रोक्काका विषयमा मलाई जानकारी छैन् :रमेश लेखक

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफ्नो स्थानहदबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । आफूले स्थानहदबारे संचारमाध्यममार्फत थाहा पाएको बताए । ‘मेरो स्थानहद्बारे मलाई थाहा नै छैन् । कुन कानुनमा टेकेर, केका आधारमा गरियो, किन गरियो, मलाई थाहा छैन् । कानुन बमोजिम अधिकार सरकार�. . .


जेनजी आन्दोलनमा बल प्रयोग र गोली चलाउने आदेश दिएको छैन :रमेश लेखक

काठमाडौं । गत भाद्र २३ र २४ गतेको घट्नाका तत्कालीन गृहमन्त्री रमेश लेखकले प्रदर्शनमा आफूले कुनैपनि बल प्रयोग र गोली चलाउने लिखित एवम मौखिक आदेश नदिएको स्पष्ट पारेका छन् । सोमबार जाँचबुझ आयोगमा बयान दिएपछि पत्रकार सम्मेलन गर्दै उनले गृहमन्त्रीलाई कुनैपनि कानुनले बल प्रयोग सम्बन्धमा निर्देशन दिने अध. . .


सात जना सचिवहरूको सरुवा तथा पदस्थापन, गृहमा श्रेष्ठ

काठमाडौं । सरकारले गृह सचिवसहित सात जना सचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गर्दै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई गृह सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। त्यसैगरी, लो�. . .


साताको दोस्रो कारोबार दिन नेप्सेमा करेक्सन

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १०.५३ अंकले घटेर बन्द भएको हो । आइतबार उच्च अंकको वृद्धिपछि सोमबार बजारमा करेक्सन देखिएको विश्लेषण गरिएको छ । पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्से परिसूचक सोमबार भने दोहोरो �. . .


प्रादेशिक युवा नेतृत्व तालिम कोर्ष सफलतापूर्वक सम्पन्न

विराटनगर । नेपाल स्काउट, प्रदेश युवा परिषद्को आयोजना तथा कोशी प्रदेश स्काउट कार्यालयको संयोजनमा सञ्चालित प्रादेशिक युवा नेतृत्व तालिम कोर्ष मंसिर १० देखि १२ गतेसम्म शिवसताक्षी नगरपालिका–स्थित वाटर किङ्डम पार्क एण्ड रिसोर्टमा सफलतापूर्वक सम्पन्न भएको छ। तीन दिनसम्म सञ्चालन भएको तालिममा कोशी प्र�. . .


बिरामी बोक्नुपर्ने एम्बुलेन्स लागुऔषध कारोबारीको सवारी

विराटनगर । मोरङको केराबारी गाउँपालिका–५ लाफाटोलमा प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई प्रहरीले रोक्न खोज्यो । प्रहरीलाई पूर्व सुचना प्राप्त भएको थियो, बिरामी बोक्ने एम्बुलेन्स लागुऔषध गाँजा कारोबारीको सवारी भएको छ । त्यसभित्र गाँजा लोड गरिएको भन्ने सुचनाका आधारमा इलाका प्रहरी बेलबारीक�. . .


टिकटक विवादमा सबै पक्षको हित मिल्ने समाधान खोज्दै चीन

काठमाडौं । चीनले टिकटकको अमेरिकी स्वामित्वसम्बन्धी विषयमा चिनियाँ कानुन र नियम पालना हुने र सबै पक्षको हित मिल्ने समाधान चाहेको जनाएको छ । चिनियाँ वाणिज्य मन्त्रालयले टिकटकले तीन जना लगानीकर्तासँग सम्झौता गरी अमेरिकामा संयुक्त कम्पनी खोल्ने तयारी गरेको भन्ने समाचारपछि यस्तो प्रतिक्रिया दिएको हो . . .


‘बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुमाथि राजनीतिक दबाब सह्य हुँदैन’

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले राजनीतिक स्वार्थ पूरा गर्न बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई कुनै प्रकारको असहजता हुन नहुने बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले काठमाडौंमा आयोजना गरेको ‘बैंकिङ क्षेत्रमा बढेका चुनौती र गर्नुपर्ने काम’ विषयक छलफल �. . .


विराटनगरको अनमोल, सात वर्षमा दुई हजार बालबालिकालाई विशेष शिक्षा

विराटनगर । विराटनगर–३ स्थित अनमोल स्पेसल एजुकेशन सेन्टरले स्थापनाको सातौं वार्षिकोत्सव सोमबार विविध कार्यक्रम आयोजना गरेर मनाएको छ । सातवर्षको अवधीमा दुई हजार बालबालिकाले अनमोलमा विशेष शिक्षा प्राप्त गरिसकेका छन् । विराटनगरमा निजी क्षेत्रबाट सञ्चालित यो पहिलो विशेष विद्यालय हो । अनमोल स्पेशल एज�. . .


राष्ट्र बैंकबाट २५ अर्बको एकवर्षे ऋणपत्र निष्कासन हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस १४ गते रु.२५ अर्ब बराबरको एक वर्षे अवधिको ऋणपत्र निष्कासन गर्ने भएको छ । मौद्रिक व्यवस्थापनका लागि उक्त ऋणपत्र बोलकबोल प्रक्रियामार्फत निष्कासन गर्न लागिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल पुस १४ गते मध्यान्ह २ः०० बजेसम्म अनलाइन बिडिङ प्रणाली�. . .


चीन र जापानबीचको कूटनीतिक विवादपछि जापानको पर्यटन उद्योग प्रभावित

एजेन्सी । चीन र जापानबीचको कूटनीतिक विवादको परिणामले जापानको पर्यटन उद्योगलाई नकारात्मक असर परेको छ । गत महिना, जापानी प्रधानमन्त्री साने ताकाइचीले ताइवानमा चिनियाँ मुख्य भूमिको काल्पनिक आक्रमणले टोकियोबाट सैन्य प्रतिक्रिया निम्त्याउन सक्छ भनेको विषयलाई चीनले आक्रामक रुपमा लिएको थियो । चीनल�. . .


जेनजी आन्दोलनपछि पूर्वगृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्दै

काठमाडौं । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला पदबाट राजीनामा दिएका पूर्व गृहमन्त्री रमेश लेखकले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्वगृहमन्त्री लेखकले जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा सार्वजनिक गर्न कांग्रेस संसदीय दलको क�. . .