सम्पूर्ण समाचार

प्रधानमन्त्री देउवाद्वारा ब्याडमिन्टन खेलाडी दाहाललाई बधाई

प्रधानमन्त्री शेरबाहदुर देउवाले विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको विश्व वरियतामा शीर्षस्थान हासिल गर्न सफल हुनुभएका प्रिन्स दाहाललाई बधाई दिनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत १९ वर्षीय ब्याडमिन्टन खेलाडी दाहाललाई बधाई तथा आगामी दिनको शुभकामना दिनुभएको हो । विश्�. . .


पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण तीन हजार ५ सय ५३

१५ हजार परीक्षण गर्दा तीन हजार बढीमा सङ्क्रमण पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण तीन हजार ५ सय ५३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १५ हजार ८१ परीक्षण गर्दा तीन हजार ५ सय ५३ सङ्क्रमण पुष्टि भएको हो । परीक्षण गराएकामध्ये २३.६ प्रतिशतलाई सङ्क्रम�. . .


आवर विराटनगरकर्मी देवान फोनिजको प्रदेश कोषाध्यक्षमा निर्वाचित

विराटनगर । आवर विराटनगरकर्मी प्रेम देवान नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को कोषाध्यक्षमा निर्वाचित भएका छन् । मोरङको पथरीमा विहीबार सम्पन्न दोश्रो प्रादेशिक महाधिवेशनबाट पत्रकार देवान कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनी विगत १ दशकदेखि मोरङको विराटनगरलाई केन्द्र बनाएर �. . .


नेपाल आदिवासी जनजाति पत्रकार महासंघको प्रदेश १ अध्यक्षमा लामा

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को अध्यक्षमा सन्तवीर लामा निर्वाचित भएका छन् । मोरङको पथरीमा विहीबार सम्पन्न दोश्रो प्रादेशिक महाधिवेशनबाट लामा सर्वसम्मत रुपमा महासंघको प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन् । महाधिवेशनले लामाको अध्यक्षतामा २१ सदस्यीय नयाँ प्रादेश�. . .


चार दिनभित्र होल्डिङ सेन्टर तयार गर्न मन्त्री कार्कीको निर्देशन

विराटनगर । कोरोना भाइरसको तेस्रो लहर बढिरहेका बेला प्रदेश १ सरकारको टोलीले विराटनगर १६ मा निर्माणाधीन होल्डिङ सेन्टर र जोगवनी नाकाको अनुगमन गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राई, आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, सामाजिक विकास मन्त्री जयराम यादव सहितको टोलीले सीमा नाकाको अनुगमन ग. . .


नोबेल अतिरिक्त शुल्क प्रकरण : विधिपुर्वक सुनिल शर्माको पुत्ला दहन

विराटनगर । अतिरिक्त शुल्क प्रकरण विरुद्ध आन्दोलित विद्यार्थीहरुले बिहीबार विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माको पुत्ला दहन गरेका छन् । पौषको पहिलोे हप्तादेखि आन्दोलित एमबीबीएस १५ औं ब्याचका विद्यार्थीहरुको माग सुनुवाई नभएको भन्दै संयुक्त विद्यार्थी संगठनले बिहीबार कलेज अगा�. . .


भलिबलको कुशल कमान्डर गुमायौँ : डा.रावल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता डा.रणबहादुर रावलले भलिबलका राष्ट्रिय प्रशिक्षक स्व ज्ञानेन्द्रबहादुर विष्टको निधनमा शोक प्रकट गर्नुभएको छ । स्व विष्टको १३औँ दिनको पुण्यतिथिमा टीकापुर युवा क्लबद्वारा आयोजित श्रद्धाञ्जलिसभामा डा रावलल. . .


ताप्लेजुङमा हिमपात, जनजीवन प्रभावित

फुङ्लिङ । ताप्लेजुङमा दोस्रोपटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सागाउँलगायत क्षेत्रमा हिमपात भएको छ । हिमपातसँगै जाडो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ । गए राति बाक्लो हिमपात भएको थियो । घुन्साका केल्साङ शेर्पाका अनुसार चिसोले बाहि�. . .


कोरोना खोप लगाउन मान्दैनन् चेपाङ

चितवन । कोरोनाको तेस्रो लहर सुरु हुँदासमेत अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदाय खोप लगाउन मान्दैनन् । जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेको पाइएको छ । जिल्लाका सात पालिकामध्ये छ पालिकामा चेपाङ्ग समुदायको बसोबास छ । जिल्लाको इच्छाकामना गाउँपालिका तथा काल�. . .


माघीमा तीन दिन सार्वजनिक बिदाको माग

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका थारु समुदायले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिनुपर्ने माग अघि सारेका छन् । उनीहरुले सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण गराएका हुन् । आदिवासी जनजाति सङ्घ र नेपाल आदिवासी जनजाति महासङ्घमा आबद्ध पदाधिका�. . .


दक्षिण अफ्रिकामा सवारी दुर्घटनामा परी सत्र जनाको मृत्यु

दक्षिण अफ्रिकामा बुधबार भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १७ जनाको ज्यान गएको बताइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार मिनीबस र ट्याक्सी एकआपसमा जुध्दा भएको दुर्घटनामा परेर १७ जनाको ज्यान गएको छ भने अरु केही घाइते भएका छन् । बुधबार भएको सो दुर्घटनामा परेर अरु १२ जना घाइते भएका �. . .


खोप नलगाएका मानिसहरूका लागि ओमिक्रोन ‘खतरनाक’ भाइरस- डब्ल्युएचओ प्रमुख

कोभिड-१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि "खतरनाक भाइरस" भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बुधबार उल्लेख गरेका छन् । "यद्यपि ओमिक्रोन डेल्टा भन्दा कम गम्भीर भाइरस हो तर विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक नै हुन्छ. . .