सम्पूर्ण समाचार

सङ्कटमा भोजपुरको चौँरीपालन

भोजपुर । भोजपुरको माथिल्लो भेगका किसानको आम्दानीको स्रोतका रूपमा रहेको चौँरीपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ । चरन क्षेत्रको अभाव तथा नयाँ पुस्ताको रोजाइमा नपर्दा यो व्यवसाय सङ्कटमा पर्दै गएको हो । यहाँका किसानलाई अहिले मुख्यरूपमा चरन क्षेत्रको चिन्ता थपिएको छ । चौँरीका लागि खुल्ला चरन क्षेत्र. . .


विपतपछि आश्रयस्थल बनेको श्रीलङ्का टापु

विराटनगर । सप्तकोसी नदीले धार परिवर्तन गरेपछि बनेको श्रीलङ्का टापु अहिले गरिब एवं विपत्र परिवारका लागि आश्रयस्थल बनेको छ । विसं २०४५ अघि सप्तकोसी अहिले भनिएको श्रीलङ्का टापु क्षेत्रबाट बग्ने गरेको थियो । सिरानतर्फ बेलका नगरपालिकाको डुम्रीबोटे लाहुरीखोँच हुँदै दक्षिणतर्फ बग्ने सप्तकोसी अहिले आए. . .


नेप्से परिसूचक उच्च अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४३.३५ अङ्कले घटेर दुई हजार ६२.८० अङ्कमा सीमित भएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ८.६८ अङ्कले ओरालो लागेर ३९७.४३ मा कायम भएको छ । क�. . .


विचार नमिल्ने दलसँग गठबन्धन हुदैनः नेम्बाङ

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकारले नागरिकका समस्यामा ध्यान दिन नसकेको आरोप लगाउनुभएको छ । पाँचथरको फिदिममा आज प्रेस चौतारी पाँचथरले गरेको पत्रकार सम्मेलनमा उहाँले सो आरोप लगाउनुभएको हो । यस्तै उहाँले आगामी मङ्सिर ४ गते प्रदेश र सङ्घीय. . .


मधेस प्रदेशमा घट्दैछ विद्युत् चुहावट

जनकपुरधाम । मधेस प्रदेशमा आर्थिक वर्ष २०७८÷७९ मा दुई दशमलव ६९ प्रतिशत विद्युत् चुहावट घटेको छ । विद्युत् चुहाबट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको विलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् रिडिङमा सुधारलगायत प्राधिकरणको प्रणाली सुदृढिकरण भएसँगै निरन्तर विद�. . .


प्रत्यक्षतर्फ ५० प्रतिशत महिला उम्मेदवारीको सुनिश्चितता हुनुपर्नेमा जोड

काठमाडौं । सांसदहरुले आगामी प्रदेश तथा सङ्घीय निर्वाचनमा प्रत्यक्षतर्फ ५० प्रतिशत महिला उम्मेदवारीको सुनिश्चितता हुनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत भएको आगामी निर्वाचनमा समानुपातिक समावेशी सहभागिताको सुुनिश्चितता गराउने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ता�. . .


भारतमा तेह्र हजार भन्दा कम कोरोना सङ्क्रमित

भारतमा एक दिनमा १३ हजार भन्दा कम कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १२ हजार ७५१ नयाँ सङ्क्रमित भएका हुन् । हिजो प्रकाशित तथ्याङ्कअनुसार आइतबार यहाँ १६ हजार १६७ व्यक्ति सङ्क्रमित भएका थिए । यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चा�. . .


संसदीय समितिमा हेरफेर

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका विभिन्न समितिमा सांसद सदस्यहरुको नाम हेरफेर गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिभिसभा नियमावली २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिमा सदस्यहरुको नाम हेरफेर गर्नुभएको हो । उक्त प्रस्तावित हेरफेरमा बैठकले सहमति जनाए. . .


जापानमा आणविक बम विष्फोटको ७७ औँ वार्षिकोत्सव

जापानको नागासाकी सहरमा मंगलबार अमेरिकी आणविक बम आक्रमणको ७७औँ वार्षिकोत्सव मनाइएको छ । आज सो समारोहको स्मरणमा विभिन्न अन्तर्राष्ट्रिय समुदायले जापानलाई आफू पीडितको रुपमा मात्र नलिन आग्रह गरेको छ । मङ्गलबारको वार्षिक समारोहमा जापान सरकारले कोभिड–१९ का प्रतिबन्धहरू खुकुलो बनाएर थप मानिसहरूलाई उप�. . .


डा केसीद्वारा इलाम अस्पतालबाट सेवा सुरु

डाक्टर गोविन्द केसीले इलामबाट स्वास्थ्य सेवा सुरु गर्नुभएको छ । इलाम अस्पतालमार्फत उहाँले हाडजोर्नीको सेवा दिन सुरु गर्नुभएको हो । सोमबारदेखि उहाँले २० दिनसम्म नियमित सेवा प्रवाह गर्नुहुने जनाइएको छ । सहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफू इलाममा . . .


चाडपर्वको निर्णय गर्दै स्थानीय सरकार

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा साउन २७ गते शुक्रबार एकैदिन पर्ने निर्णय गरेको छ । नेपालीहरूको धर्म, संस्कृति मूल्य, मान्यता र परम्पराको संवाहक र निर्देशक कार्यतालिका पात्रोलाई मानिन्छ ।सामान्यतया तिथि, बार, नक्षत्र, योग, करण यी पाँच विष�. . .


संखुवासभामा १९ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा पक्राउ

संखुवासभा । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चैनपुर नगरपालिका-९ पिलुखोला बस्ने २१ वर्षीय दिपक शेर्पालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मादी नगरपालिका-६ पुलुङस्थित सामुदायिक जंगलमा दिपकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट प�. . .