सम्पूर्ण समाचार

मैदानमा पानी जमेका कारण विराटनगरमा जारी भेट्रान्स फुटबलको फाईनल खेल स्थगित

विराटनगर । विराटनगरमा जारी मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको रात्रिकालिन फाइनल खेल स्थगित भएको छ । शुक्रबार दिउँसो भारी बर्षा भएका कारण विराटनगर स्थित सहिद रङ्गशालाको मैदानमा पानी जेमको कारण देखाउदै आयोजकले आज राती हुने खेल स्थगित गरेको हो । फाईनल खेलमा मोरङको जहदा भेट्रान र सिद्�. . .


मधेस प्रदेशका मुख्यन्यायाधिवक्ताद्वारा राजीनामा

जनकपुरधाम । मधेस प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री लालबाबु राउतलाई उहाँले आज आफ्नो राजीनामा पत्र बुझाउनुभएको हो । निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले पदबाट राजीनामा दिइएको र जनता समाजवादी पार्टीमा प्रवेश गर्न लागेको मुख्य न्यायाधिवक्�. . .


इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकता हुन्छ : अध्यक्ष नेपाल

विराटनगर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीसित मात्र होइन, मुलुकका सबै इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकताका सम्बन्धमा कुराकानी चलिरहेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री नेपालले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मुलुकका सबै सच्. . .


राष्ट्रपति भण्डारीद्वारा पाँडेप्रति श्रद्धाञ्जलि

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी काजी कालु पाँडे काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानद्वारा काजी तुलाराम पाँडेको स्मृतिमा आज यहाँ आयोजित स्मृतिसभामा उपस्थित भई उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । काठमाडौँको वसन्तपुरमा आयोजना गरिएको काजी तुलाराम पाँडेको २५४औँ स्मृतिसभामा राष्ट्र�. . .


सुनसरीमा दुर्घटनामा परी दुई प्रहरीको मृत्यु

इनरुवा । सुनसरीको कोसी गाउँपालिका–१ मा आज दुर्घटनामा परी दुई प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी सप्तकोसी नगरपालिका–३ का प्रहरी हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरी सहायक हवल्दार प्रकाश गोजेवार रहेका छन् । सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार पश्चिमबाट पूर्वतर्फ �. . .


विप्लव समूह परित्याग गरी कांग्रेस प्रवेश

काठमाडौं । नेकपा विप्लव समूहका एक दर्जन नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँहरूलाई कांग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराउनुभएको हो । नेकपा विप्लव समूहका वैकल्पिक केन्द्रीय सदस्य एवं बैतडी इन�. . .


विराटनगरको ‘शान्ति युवा क्लव’ को १० हप्ते वृक्षारोपण अभियान

विराटनगर । विराटनगर ११ मा रहेको शान्ति युवा क्लबले १० हप्ते वृक्षारोपण कार्यक्रम अन्तर्गत आज शनिबार पनि निरन्तरता दिएको छ । गत भदौ ११ गते शनिबारदेखी थालेको वृक्षारोपण कार्यक्रमलाई आज दोस्रो साता पनि विभिन्न रुखका विरुवाहरु रोपेर अभियानलाई निरन्तरता दिएको हो । यस अघि विराटनगर १३ मा अवस्थित पुर्वा�. . .


जर्मनीको निर्यातमा ह्रास, आर्थिक मन्दीको डर

जर्मनीको निर्यात चार महिनामा पहिलो पटक जुलाईमा घटेको शुक्रबार प्रकाशित सरकारी तथ्याङ्कले देखाएको छ । सङ्घीय तथ्याङ्क एजेन्सी (डेस्टाटिस)को मौसमी समायोजित तथ्याङ्कअनुसार जर्मनीले अगष्टमा देशले एक सय ३१ दशमलव तीन अर्ब युरो अर्थात् एक सय ३१ दशमलव चार अर्ब अमेरिकी डलर बराबरको सामान निर्यात गरेको छ, जु. . .


उदयपुर घटना : हत्यामा संलग्न बस्नेत भाग्दै गरेको अवस्थामा पक्राउ

उदयपुर । उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीस्थित गोवाटार गाबिङखोलाका ४३ वर्षीय नरबहादुर बस्नेत भाग्दै गरेको अवस्थामा पक्राउ परेका छन् । आफ्नै वंशजका तीन जनाको हत्या गरेर भाग्दै गरेका उनलाई प्रहरीले गए राति पक्राउ गरेको हो । शुक्रबार दिउँसो पारिवारिक विवाद भएपछि बेलका नगरपालिका–७ मैनामैनीका ३३. . .


जहदामा ३५ वर्षीया महिलामाथि बलात्कार आरोपमा दुईजना पक्राउ

विराटनगर । मोरङको जहदा गाउँपालिका–७ मा २ जना युवाले महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । बिहीबार राति १० बजे अन्दाजी ३५ वर्षीया महिलालाई चिनजानकै युवाले करणी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । राति १० बजे घरबाट काम छ भन्दै बोलाएका युवाले घर नजिकै खेतमा लगेर सामूहिक बल�. . .


विराटनगर–१४ मा किशोरीलाई नियन्त्रणमा लिएर सामूहिक बलात्कार

विराटनगर । विराटनगर–१४ स्थित नहरमा बिहीबार राति १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । विराटनगर जतुवामा पाँचजनाको समूहले किशोरीमाथि सामूहिक बलात्कार गरेका हुन् । बर्थडेबाट फर्किएर आफ्नै केटा साथीसँग गफ गरेर बसिरहेका बेला मादक पदार्थ सेवन गरेका समूहले किशोरीलाई कुटपिट गरी जिल्ला सामूहि�. . .


वीरगञ्ज विकास प्राधिकरण गठन गर्ने निर्णय

वीरगञ्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज विकास प्राधिकरण गठन गर्ने निर्णय गरेको छ । वीरगञ्जको वृहत्तर विकासका लागि प्राधिकरण गठन गर्न लागिएको हो । नगरप्रमुख राजेशमान सिंहका अनुसार नगरकार्यपालिकाको पछिल्लो बैठकबाट वीरगञ्ज विकास प्राधिकरण गठनादेश स्व�. . .