सम्पूर्ण समाचार

विश्वका १६४ देशबाट आउँछन् नेपालमा मालसामान

काठमाडौं । आर्थिक वर्ष २०७८-७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट रु १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो । तथ्याङ्कअनुसार उक्त अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । एक वर्षको अ�. . .


भारतमा १६ हजार ८ सय ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि

बितेका २४ घण्टामा देशका विभिन्न भागमा १६ हजार आठ सय ६६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । भारतमा लगातार तीन दिनसम्म सङ्क्रमितको सङ्ख्या २१ हजारभन्दा माथि पुगेको थियो । हिजो २० हजार नाघेको समाचार बाहिर आएको थियो भने आज १६ हजार ८ सय . . .


मलेसियामा एक दिनमा दुई हजार भन्दा बढी सङ्क्रमित

आइतबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा दुई हजार सात सय २० जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट पीडितको सङ्ख्या ४६ लाख ५१ हजार छ सय ५१ पुगेको छ भने ३५ हजार नौ सय १४ जनाले ज्यान गुमाएका छन् । . . .


नदीमा बस खस्दा केन्यामा २४ जनाको मृत्यु

नदीमा बस खस्दा केन्यामा आइतबार कम्तीमा २४ जनाको मृत्यु भएको छ । राजमार्गमा कुदिरहेका बेला आइतबार बेलुका बस नदीमा खसेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । घटना भएको थाहा पाउने वित्तिकै सुरक्षाकर्मी, उद्धारकर्ता र स्थानीय बासिन्दा घटनास्थलमा पुगेर उद्धारमा खटिएको केन्या रेडक्रस सोसाइटीले जन�. . .


प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा उक्त विधेयक गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाको सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्न�. . .


झापामा एक हजार ९८८ उद्योग दर्ता

बनियानी । झापामा आर्थिक वर्ष २०७८-७९ मा एक हजार ९८८ उद्योग दर्ता भएका छन् । जिल्लामा वार्षिक उत्पादन क्षमता रू पाँच अर्ब १० करोड ५२ लाख ७७ हजार उत्पादन क्षमताका एक हजार ९८८ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिनुभयो । दर्ता भएका उद्योगमध्ये सबैभन�. . .


नागरिकताका विषयमा राष्ट्रिय सहमतिबाटै अघि बढ्ने : मन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नागरिकताको विषयमा सरकारले राष्ट्रिय सहमति बनाएरै अघि बढने बढाउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उहाँले नागरिकतासम्बन्धी विधेयक ढिलाइ हुँदा साढे छ लाख नेपाली नागरिकताबिहिन भएको हुँदा छिटो सहमति जुटाएर विधेयक अघि बढाउनुपर्ने बताउनुभयो । “नयाँ विधेयकमा �. . .


पेट्रोलियम पदार्थको आयातमै बाहिरियो तीन खर्ब २० अर्ब

काठमाडौं । बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ । एक विवरणअनुसार एक वर्षको अवधिमा रु सवा तीन खर्ब बढी नेपाली बाहिरिएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आव २०७८÷७९ को तथ्याङ्कअनुसार नेपालले भारतबाट रु तीन ख�. . .


राहदानी विभागले सञ्चालनमा ल्यायो ‘नेपाल इ–पासपोर्ट’ मोबाइल एप

काठमाडौं । राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै ‘नेपाल इ–पासपोर्ट’ नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ। अब मोबाइलबाट नै राहदानीबारे जानकारी लिन सकिने भएको छ । राहदानी विभागको 'नेपाल ईपासपोर्ट' नामक मोबाइल एपबाट राहदानी सम्बन्धी विवरण हेर्न सकिने राहदानी विभागले जनाएको छ । उक्त ए�. . .


विराटनगर–१८ बुधनगरसम्म रेलमै आए भारतीय रेल्वेका कर्मचारी

विराटनगर । भारतको बथनाहा–मोरङको कटहरीसम्म विस्तार रेलमार्ग अन्तर्गत विराटनगर–१८ आईसीपीसम्मको ७ किलोमिटर दुरीमा आइतबार बिहान रेलको परीक्षण गरिएको छ । उद्योग संगठन मोरङमा आयोजित छलफलमा सहभागी हुन भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजल मेनेन्जर एस.के.चौधरी रेल चढेर आईसीपीको नेपाल कष्टम यार्डसम्म आए�. . .


राप्ती हाइड्रोको आईपीओ बाँडफाँड

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म जारी गरेको कुल २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर सोमबार बाँडफाँड भएको हो । गोलाप्रथाबाट भएको आईपीओ बाँडफाँडमा २ लाख १७ हजार ६९४ जना आवेदकले जनही १० कित्ताका दरले कम्पनीको स�. . .


बढ्यो नयाँ स्वरुपका प्रकोपको जोखिम

काठमाडौं । यस वर्षको मनसुनको शुरुआती चरण असार २ गते राति ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका-७ खेवाङमा भारी वर्षाका कारण पहिरो जाँदा दुई जनाले ज्यान गुमाए भने ७५ परिवार विस्थापित भए । त्यस दिनको वर्षा सम्झँदै प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले भन्नुभयो, “जिल्लाको धेरै स्थानमा पानी परे पनि सो क्ष. . .