सम्पूर्ण समाचार

जानकी प्लाष्टिक उद्योगमा आगलागी, १० करोड क्षति

जनकपुर । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित जानकी प्लाष्टिक उद्योगमा आज बिहान आगलागी हुँदा करिब १० करोड मूल्य बराबरको क्षति भएको छ । विद्युत् सर्ट भएर आगलागी हुँदा उद्योेगका मेसिन, रसायन, कच्चा पदार्थ, तयार पारिएको मालसमान, फर्निचर तथा लत्ताकपडालगायत समान जलेर नष्ट हुँदा सो परिमाणको क्षति भएक. . .


सन्दर्भ पृथ्वीजयन्ती:‘छ्वालीकला’ मा राष्ट्रनिर्माता

काठमाडौँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आज परेको ३००औँ जन्मजयन्तीका अवसरमा एक जना कलाकारले छ्वालीमार्फत उहाँको योगदानलाई स्मरण गराउनुभएको छ । बाइसे चौबीसे राज्यलाई एकीकरण गरी एउटै राज्य नेपाल बनाउन सफल पृथ्वीनारायण शाहलाई राष्ट्र एकीकरणका नायकका रुपमा बुझ्ने गरिएको छ । त्यसैले राजधानीम�. . .


पछिल्लो २४ घण्टामा थप दुई हजार ४४४ मा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ४४४ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ हजार ३३ को नमूना परीक्षण गरिएको थियो । १० हजार ६४८ ले पीसीआर र चार हजार ३८५ ले एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३१३ कोरोनाबाट निको भएका छन् । यसस. . .


नेप्सेमा उच्च अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ४९.१९ अङ्कले वृद्धि भई दुई हजार ८३४.१३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.३४ अङ्कले बढेर ५२८.८७ मा पुगेको छ । कारोबार भएकामध्ये आज १७० �. . .


हिसान क्रिकेट : शिक्षादीप र अरनिको विजयी हुँदै सेमिफाइनलमा प्रवेश

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङद्वारा आयोजित हिसान क्रिकेटमा शिक्षादीप र अरनिको कलेज विजयी भएका छन् । विराटनगर–१९ बैजनाथपुरस्थित बैजनाथ क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा शिक्षादीप र अरनिको विजयी भई सेमिफाईनलमा प्रवेश गरेका हुन् । मंगलबार भएको पहिलो खेलमा शिक्षा�. . .


प्रदेश १ मा कोरोना संक्रमण दर ११ प्रतिशतले बढ्यो

विराटनगर । स्वास्थ्य सुरक्षाका उपायहरु अबलम्बन नगर्दा प्रदेश नं. १ मा पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गएको छ । हप्तादिन अघिसम्म मात्र ७ देखि ८ प्रतिशतमा रहेको संक्रमण दर पछिल्लो ४ दिनयता बढ्दै गएको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कले यसको पुष्टि गरेको छ । मन्त. . .


उत्तर कोरियाको मिसाइल प्रक्षेपणप्रति जापानी प्रधानमन्त्री गहिरो चिन्ता

जापानी प्रधानमन्त्री फुमियो किशिदाले मङ्गलबार उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र प्रक्षेपणप्रति गहिरो दुःख व्यक्त गर्दै कुनै पनि प्रकारको घटनाका लागि विमान र जहाजको सुरक्षा सुनिश्चित गर्न आफ्ना अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । उत्तर कोरियाले मंगलबार बिहान ब्यालिस्टिक क्षेप्यास्त्र प. . .


तत्काल लकडाउन हुँदैन : मोरङ प्रशासन

विराटनगर । कोभिडको सम्भावित जोेखिम रोकथाम तथा न्युनीकरणलाई प्राथमिकतामा राखेको जिल्ला प्रशासनले मोरङ तत्काल लकडाउन वा निषेधाज्ञा नहुने जनाएको छ । अहिले बन्दाबन्दी गर्ने बिषयमा छलफल समेत नभएको बताउँदै मोरङ प्रशासनले सङ्क्रमण रोकथाम र नियन्त्रण नै प्रमुख प्राथमिकता रहेको जनाएको हो । लकडाउन वा निष. . .


प्रदेश २ राजधानी र नामका लागि पुनः मतदान हुने

जनकपुर । प्रदेश २ को नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पुनः मतदानमै लैजाने दलहरुबीच सहमति भएको छ । दलहरुबीच मतदानका लागि प्रदेशसभामा प्रस्ताव लैजाने सहमतिसँगै प्रदेशसभाको बैठक आगामी माघ २ गते बस्ने भएको छ । बैठकमा विभिन्न दलका प्रदेशसभा सदस्यबाट नाम र राजधानीका लागि आएका प्रस्ताव टेबल गर्ने र माघ . . .


पूर्व राजाद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह सिंहदरबार पश्चिम मूलढोका जानुभई त्यहाँस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको छ । पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीका अवसरमा पूर्व राजा शाहले सालिकमा माल्यार्पण गर्नुभएको हो । पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न प�. . .


विराटनगर भन्सारबाट हुने आयात–निर्यातमा रुट परिवर्तन, सुनसरीको सेतुबन्धबाट बुधबारदेखि मालवस्तु भित्र्याईने

विराटनगर । मीरगञ्ज खोलाको पुल क्षतिग्रस्त भएपछि विराटनगर भन्सार नाकाबाट प्रभावित हुँदै आएको आयात–निर्यात सुनसरीको भीमनगर–सेतुबन्ध (भण्टाबारी) सूचारु हुने गरिने भएको छ । भारतले छ दिनपछि भीमनगर–सेतुबन्ध नाकालाई वैकिल्पक रुपमा प्रयोग गर्न स्वीकृति दिएपछि बुधबारबाट आयात–निर्यात सूचारु हुने भएको हो. . .


मेक्सिकोका राष्ट्रपति अन्ड्र्रेस कोरोनाभाइरसबाट फेरि सङ्क्रमित

मेक्सिकोका राष्ट्रपति अन्ड्रेस मान्युल लोपेज ओर्बाडोर कोरोनाभाइरसबाट फेरि सङ्क्रमित हुनुभएको छ । उहाँ अहिले दोस्रो पटक सङ्क्रमित हुनुभएको राष्ट्रपतिको कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् । उहाँलाई सामान्य लक्षण देखिएको र शंका लागेर परीक्षण गर्दा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको उनी�. . .