सम्पूर्ण समाचार

आईसीपीसम्म कार्गो रेलका लागि कुटनीतिक पहल गरिदिन मन्त्रीसँग विराटनगरका उद्योगीको आग्रह

विराटनगर । विराटनगरका उद्योगीले आईसीपीसम्म कार्गोरेल ल्याउने विषयमा भारत सरकारसँग पहल गरिदिन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडुसँग आग्रह गरेका छन् । मोरङ व्यापार संघमा मंगलबार आयोजित छलफल तथा भेटघाट कार्यक्रममा उद्योगीहरुले कुटनीतिक पहलमार्फत आईसीपीसम्म कार्गोरेल ल्याउने . . .


एटिएम फुटाउँदै गरेको अवस्थामा दुई जना पक्राउ

पर्सा । वीरगंज महानगरपालिका-८ स्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुरसिमरा उपमहानगरपालिका-५ ठेगाना भएका २५ वर्षीय अजय चौधरी र बारा कलैया उपमहानगरपालिका ठेगाना भएका २७ वर्षीय राजकपुर चौधरी रहेका छ�. . .


प्रदेश १ मन्त्रिपरिषद् बैठक सम्पन्न ,नाम परिवर्तन गर्नेलगायत ६ निर्णय

विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारअन्तर्गतका अस्पताल तथा आयुर्वेद औषधालयहरूको नाम संशोधन गर्नेलगायत केही कार्यविधि एवं निर्देशिका स्वीकृत गर्ने निणर्य गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ६ वटा विषयमा निणर्य गरेको छ । आन्तरिक म�. . .


राष्ट्रपति भण्डारीद्वारा चार देशका राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा स्पेनमा शर्मिला पराजुली ढकाल, रुसी महासंघमा मिलनराज तुलाधर र डेनमार्कमा प्रा. डा. र�. . .


झापामा दुई बालिका बलात्कृत

झापा । झापामा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हल्दीबारी गाउँपालिका–२ बस्ने ३० वर्षीय ईन्द्रजीत मण्डललाई सोमबार राति पक्राउ गरेको छ । मण्डलले ती बालिकालाई ललाई फकाई पटकपटक बलात्कार गरेको र पीडितको स्वास्थ्य परीक्षण गराउँदा गर्भ समेत रहेको प्रहरील�. . .


अमेरिकामा एक करोड ४० लाख बढी बालबालिकालाई कोरोना सङ्क्रमण

अमेरिकामा कोरोना भाइरसको प्रकोप सुरु भएदेखि यता एक करोड ४० भन्दा बढी बालबालिकालाई कोरोना सङ्क्रमण भएको पाइएको छ । यहाँको अमेरिकन एकेडमी अफ पेडियाट्रिक्स (एएपी) र बाल अस्पताल संस्थाले सो कुराको जानकारी दिएको बताइएको छ । उक्त संस्थाहरुले गएको ४ हप्तामा मात्र यहाँ कम्तीमा पनि तीन लाख ११ हजार जना बालबाल�. . .


अध्यक्ष दाहाल साउन २१ गते जापान जाने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' जापान जाने भएका छन् । जापान स्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन् प्रचण्ड जापान जान लागेको हुन् । प्रचण्डका स्वकिय सचिव रमेश मल्ल अनुसार उनी साउन २२ गते गते नेपाली जनप्रगतिशील मञ्चको अन्तरक्रिया कार्यक्रममा �. . .


स्रोत नखुलेको नगद सहित पक्राउ

धनुषा । जनकपुर उपमहानगरपालिका-१२ कुवाँबाट स्रोत नखुलेको नगद २३ लाख ८९ हजार ४ सय ८० रूपैयाँ सहित भारत घर भएका १९ वर्षीय अब्दुल समीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका-२५ लोहनाबाट जनकपुरतर्फ आउँदै गरेको बिआर ३२ एजे ०१७० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी हनुमाननगरबाट खटिएक�. . .


चलचित्र विकास बोर्डको अध्यक्षमा केसी नियुक्त

काठमाडौं । नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । नेकपा एमालेमा रहेका केसी केही समयअघि मात्रै नेपाली कांग्रेस प्रवेश गरेका थिए । केसी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनय. . .


एसईई नतिजा बुधबार सार्वजनिक गर्ने तयारी

काठमाडौं ।  २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक गर्ने तयारी भएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको छ । साउन पहिलो हप्ता नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि रुजुको काम नसकिएकाले दोस्रो हप्ता धकेलिएको हो । विगतका �. . .


नवौँ राष्ट्रिय खेलकुद : सुरु भयो पोखरामा तयारी

कास्की । गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरिएको छ । कोरोना महामारी र पछिल्लोपटक स्थानीय तह निर्वाचनका कारण पटक–पटक मिति सर्दै आएको राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेश र मुख्यगरी पोखरामा आयोजना हुने निश्चित भएपछि तयारी�. . .


डिएसपी पंजीयारले गरे श्रीमतीको जन्मदिनमा आश्रमलाई सहयोग

विराटनगर । वडा प्रहरी कार्यलय विराटनगर (क) का प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजीयार थारुले श्रीमतीको जन्मदिनको अवसरमा बृद्धा आश्रमलाई सहयोग उपलब्ध गराएका छन् । श्रीमती सिमा पंजियारको जन्मदिनको अवसर पारेर बिराटेश्वर बृदा आश्रमलाई १४ हजार २०२ रुपिँया सहयोग उपलब्ध गराएका हुन् । आश्रममा “मुष. . .