सम्पूर्ण समाचार

सिंगल चार्जमा ४२० किमी चल्ने एड्भेन्चर बाइक

इटालियन इलेक्ट्रिक बाइक निर्माता कम्पनी इनर्जिकाले नयाँ एडभेन्चर मोटरसाइकल एक्सपेरिया अन्तर्राष्ट्रिय बजारमा ल्याएको छ । यो बाइकको विशेषता भनेको एक पटक चार्जमा ४२० किलोमिटरको दूरी तय सक्नु हो । यसको अर्थ यो बाइक अहिलेसम्मकै सबैभन्दा बढी रेन्ज दिने बाइक हो । इनर्जिका एक्सपेरिया बाइकमा २२.५ किलोवा�. . .


प्रधानाध्यापकबाट कुटिएकी शिक्षिकाको थप उपचार विराटनगरमा

खोटाङ । प्रधानाध्यापकको कुटाइबाट घाइते बनेकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता प्राथमिक विद्यालयकी शिक्षिका गोमा कार्कीलाई थप उपचारका लागि अन्यत्र सिफारिस गरिएको छ । आर्थिक पारदर्शिताको विषयमा विवाद हुँदा प्रधानाध्यापक लक्ष्मी पौडेलले कुटपिट गरेपछि घाइते बनेकी शिक्षिक�. . .


इलाम जिसस प्रमुखमा राई निर्वाचित

मङ्गलबारे । जिल्ला समन्वय समिति इलामको प्रमुखमा एमालेका उम्मेदवार जयप्रकाश राई विजयी हुनुभएको छ । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार चित्रकला बराइली निर्वाचित हुनुभएको छ । प्रमुखमा निर्वाचित राईले नेपाली कांग्रेसका विमल वैद्यलाई हराउँदै विजयी हुनुभएको हो भने उपप्रमुखमा एकीकृत समाज�. . .


कांग्रेसले गरेका कामको प्रचार हुन सकेन : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसकै कारण तनहुँ जिल्लामा उल्लेख्य विकास भए पनि प्रचार गर्न नसकिएको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–११ रानीगाउँमा आज आयोजित युवा अग्रजहरूसँगको भेटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले गरेको विकासलाई प्रचार गर्न नसक्. . .


आगलागीमा परेर एक वृद्धाको मृत्यु

गोरखा । गोरखामा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ । सहिद लखन गाउँपालिका–७ जामुनेकी ६९ वर्षकी केशरीमाया वस्तीको आगलागीमा परेर गए राति मृत्यु भएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो । घरभित्रको खाना पकाउने ग्यास सिलिण्डर विस्फोट भएर आगलागी हुँदा वस्तीको मृत्यु भएको उहाँले बताउनुभयो । गए. . .


कस्तो रहला आउँदो साताको मौसम ?

काठमाडौं । साताको सुरुआतमा प्रदेश नं १, मधेस प्रदेश, बागमती तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावाना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार पहाडी भू–भागमा साताको सुरुआतमा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रद�. . .


पछिल्लो २४ घण्टामा देशभर १४ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १४ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ५ सय ३४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ६५ हजार २ सय ७८ जनाले खोप लगाएका छन्। हाल देशभर कोरोना�. . .


किसानद्वारा दुई गाडी मल नियन्त्रणमा

विराटनगर । रासायनिक मलको हाहाकार भएको अवस्थामा धुनिवेशी नगरपालिका–६ धार्केमा दुई ट्रकमा ल्याइएको रासायनिक युरिया मल स्थानीय किसानले नियन्त्रणमा लिएका छन् । भारतबाट भन्सार छलि गरेर ल्याइएको भनिएको मल धार्केमा किसानले नियन्त्रणमा लिएका हुन् । भन्सार छलि गरेर ल्याइँदै गरिएका दुई ट्रक मल राजस्व वि�. . .


बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्नुस् : मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्न आग्रह गर्नुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ र मर्चेन्ट बैंकर्स एशोसिएसन अफ नेपालद्वारा आज सुर्खेतमा आयोजित प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रममा उहाँले आफूसँग भएको स्रोतलाई मात्र परिचालन गर्. . .


इक्वेडरका तीन प्रदेशमा संकटकाल घोषणा

इक्वेडरका तीन प्रदेशमा शुक्रबार सङ्कटकाल घोषणा गरिएको छ । राष्ट्रपति गुयलेरमो लासोले एन्डीज क्षेत्रमा पर्ने तीन प्रदेशमा कम्तीमा ३० दिनका लागि भन्दै सङ्कटकालको घोषणा गर्नु भएको हो । उहाँका अनुसार पिचिन्चा, इम्बाबुरा र कोटोपाक्सीलाई थप हिंसा हुन नदिनका लागि सङ्कटकाल घोषणा गर्नु परेको हो । पछिल्. . .


चीनको गुआङ्सीमा भीषण वर्षाका कारण दुईजनाको मृत्यु, दुई बेपत्ता

दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको एक भागमा भारी वर्षाका कारण दुई जनाको मृत्यु हुननाको साथै अन्य दुई बेपत्ता भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । स्थानीय मौसम विभागले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म लिउझाउ शहरअन्तर्गत रहेको रोङ्शुई मियाओ स्वायत्त काउन्टी र रोङ्गन क�. . .


जिसस नवलपुरमा एमाले विजयी

कावासोती । जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा नेकपा (एमाले) विजयी भएको छ । आज सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुख तथा सातै सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । जिसस प्रमुखमा बाबुराम विश्वकर्मा र उपप्रमुखमा शकुन्तला लम्साल विजयी हुनुभएको छ । सदस्यमा एमालेकै पिनकु. . .