सम्पूर्ण समाचार

ताप्लेजुङका आठ स्थानीय तहमा मतगणना जारी

ताप्लेजुङ । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङ जिल्लाका आठ स्थानीय तहमा मतगणना जारी छ । नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिका–७ याङमा, गोला घुन्सा र ग्याप्लाको मतदान केन्द्रको मतपेटिका आउन बाँकी रहेकाले त्यहाँको मतगणना बाँकी रहेको त्यहाँको निर्वाचन अधिकृतको कार्यालयले जनाएक�. . .


सर्लाहीको बरहथवा नगरपालिका-१७ मा पुनः मतदान हुने

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१७ मा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी दिवाकर भूजेलले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन अधिकृतको कार्यालय बरहथवाले सर्बदलीय बैठक राखेर त्यहाँ मतदानक�. . .


पोखरा महानगरपालिकामा मतगणना सुरु

कास्की । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा मतगणना सुरु भएको छ । पोखरा महानगरमा शनिबार अपराह्न ४ः१५ बजेदेखि मतगणना सुरु भएको हो । बिहान बसेको सर्वदलीय बैठकले दिउँसो २ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरे पनि दुई घण्टा ढिलो गरी गणना सुरु भएको हो । पोखरा–१२ बाट अहिले गणना सुरु गरि�. . .


स्थगन भएका मतदान केन्द्रको सङ्ख्या ७९ पुग्यो

काठमाडौं । यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ७९ पुगेको छ । निर्वाचन आयोगले गएराति २२ः०० बजेसम्म विभिन्न १६ जिल्लाका २८ पालिकाका ४३ मतदान स्थलका ७४ वटा केन्द्रमा स्थगन भएको विवरण सार्वजनिक गरेकोमा हालसम्म निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त सूचनाका �. . .


युएईको राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद निर्वाचित

युएईका लामो समयदेखि डिफ्याक्टो शासक शेख मोहम्मद बिन जायद अल नाह्यान शनिबार राष्ट्रपतिमा निर्वाचित भएका छन् । पूर्व नेता शेख खलिफाको मृत्युको एक दिन पछि उनी सो पदमा निर्वाचित भएका हुन् । शेख मोहम्मद संघीय सर्वोच्च काउन्सिलबाट निर्वाचित भएको समाचार एजेन्सीले उल्लेख गरेका छन् । रासस / एएफपी. . .


भारतमा कोरोनाका एक दिनमा दुई हजार ९५८ कोरोना सङ्क्रमित

भारत २४ घण्टाको समयावधी अर्थात शुक्रबार मधयरातिसम्म दुई हजार ८५८ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख १९ हजार ११२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार बिहान जानकारी दिएको छ । विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पु�. . .


झापामा मतदाता बढे पनि मतदान गर्नेको सङ्ख्या घटे

झापा । झापामा मतदाता बढे पनि मतदान गर्नेको सङ्ख्या घटेको पाइएको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा झापामा ७०.४८ प्रतिशत मत खसेको छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा झापामा ७३ दशमलव ७ प्रतिशत मत खसेको थियो । विसं २०७४ मा झापामा पाँच लाख १० हजार २१६ मतदाता रहेका थिए । जसमध्ये तीन लाख ७२ . . .


डडेल्धुरामा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

काठमाडौं । डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको र अर्का एक घाइते भएका छन् । भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१ ढुनढुनेमा शनिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु भएको हो । डोटीको आदर्श गाउँपालिका घर भई तराईतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना . . .


विराटनगरको मेयरमा सत्ता गठबन्धन अगाडि : १२८२ गन्दा कोईरालालाई ४१९ मत

विराटनगर । स्थानीय तहका जनप्रतिनिधी निर्वाचित गर्नका लागि भएको निर्वाचनमा प्राप्त मतपरिणाम अनुसार विराटनगर महानगरपालिकामा नेपाली कांग्रेस अगाडि देखिएको छ । दिउँसो ४ बजेर ३५ मिनेटको बजेको प्राप्त परिणाम अनुसार विराटनगरको मेयरमा नेपाली कांग्रेसको तर्फबाट नागेश कोईरालाले ४१९ मत प्राप्त गरी अग्र �. . .


मोरङको जहदामा कांग्रेस अगाडि : १ हजार ३८६ मत गन्दा कांग्रेसलाई ५०२

विराटनगर । स्थानीय तहका जनप्रतिनिधी निर्र्वाचित गर्नका लागि भएको निर्वाचनमा प्राप्त मतपरिणाम अनुसार मोरङको जहदामा नेपाली कांग्रेस अग्रता लिएको छ । दिउँसो ४ बजेको प्राप्त परिणाम अनुसार १ हजार ३८६ मत गणना गर्दा जहदा गाउँपालिकाको अध्यक्षमा कांग्रेसले ५०२ मत प्राप्त गरेको हो । कांग्रेसपछि नेकपा एमा�. . .


मोरङको उर्लाबारीमा नेकपा एमालेको अग्रता : ११०२ मत गन्दा प्रमुखमा ४२५, उपप्रमुखमा ४४३

विराटनगर । स्थानीय तहका जनप्रतिनिधी निर्वाचित गर्नका लागि भएको निर्वाचनमा प्राप्त मतपरिणाम अनुसार मोरङको उर्लाबारीमा नेकपा एमालेले अग्रता लिएको छ । दिउँसो ४ बजेको प्राप्त परिणाम अनुसार १ हजार १०२ मत गणना गर्दा उर्लाबारीको प्रमुखमा नेकपा एमालेले ४२५ मत प्राप्त गरि अग्रता हाँसिल गरेको हो । उर्लाबा�. . .


मोरङको केराबारीमा एमालेको अग्रता

विराटनगर । मोरङको केरावारीमा एमालेका सुमन मिरिङचिङले १ सय ८७ मत प्राप्त गर्दै सुरुवाती अग्रता लिएका छन् । काँग्रेसका रोहित कार्कीले १६७ मतसहित पछ्याईरहेका छन् । उपमेयरमा एकीकृत समाजवादीका सुभ्रदा राईले १७६ मत प्राप्त गरेकी छिन् । एमालेकी मनमाया मगरको १ सय ७८ मत छ ।. . .