प्रेम देवान बिराटनगर । विराटनगर ८ असोक चौककी ३० बर्षीया उषा भुजेल ९ महिनाकी गर्भवती छिन् । उनलाई आफ्ना श्रीमान् शिवहरी पासवानले तीन महिना अगाडीदेखि छोडर वेपत्ता भएका छन् । गर्भवती अवस्थामा रेखदेख गर्नुपर्ने बेलामा अर्काकी श्रीमती लिएर पासवान भागेका हुन् । एघार वर्ष अगाडी अन्तर जातिय विवाह गरेकी उष�. . .
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले जिल्लाका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन थालेको छ । निःशुल्क रगत पाएपछि बिरामीलाई सहज भएको छ । रेडक्रस र जिल्लाका सातैवटै स्थानीय तहबीच आफ्नो पालिकाभित्रका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको छ । सोही सम्झौता �. . .
विराटनगर । सुनसरीको गढी गाउँपालिकास्थित चौधरी ग्रुपको चाउचाउ फ्याक्ट्रीमा कार्यरत मजदुरहरु आन्दोलनमा ओर्लिएका छन् । सम्झौता बमोजिमको प्रोत्साहन भत्ता नपाएको भन्दै उद्योगमा २ वर्षदेखि कार्यरत मजदुरहरुले आन्दोलन थालेका हुन् । बिहीबार बिहानैदेखि उद्योगको मुलद्वारमा धर्ना दिएर बसेका उनीहरुले सम. . .
विराटनगर । गाँजासहित पक्राउ परेर प्रहरी नियन्त्रणमै ज्यान गुमाएका भीम कामत मृत्यु प्रकरणको निष्कर्ष आईतबार आउने भएको छ । धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कामतको भिसेरा रिपोर्ट आएपछि छानबिनका अन्तिम चरणमा पुगेको हो । आज दिउँसो १ बजेको बैठकमा आवश्यक छलफल गरि छानबिन समितिले आ�. . .
विराटनगर । कार्तिक पहिलो साता लगातारको वर्षापछि आएको बाढीले मोरङका चारवटा पुलमा क्षति पु¥याएको छ । विराटनगर महानगरपालिकासँग कटहरी र जहदा गाउँपालिकालाई जोड्ने तीनवटा र राष्ट्रिय राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी र बेलबारी सीमामा पर्ने चिसाङ्ग खोलाको पुलमा क्षति पुगेको हो । मोरङका प्रमुख जिल्ला �. . .
विराटनगर । नेकपा एमाले मोरङको ७ वटा पालिका नेतृत्व चयन अझै हुन सकेको छैन । राज्य पुर्नसंरचनापछिको पालिकास्तरमा भएको प्रथम अधिवेशनबाट १० वटा स्थानीय तहमा नेतृत्व चयन भएपनि बाँकी ७ वटाको अविधेशन हुन नसकेको हो । एमालेले कात्तिक ९ गते देशव्यापी पालिका अधिवेशन गर्ने निर्णय गरेको थियो । अधिवेशन भएका १२ म�. . .
विराटनगर । अख्तियारमा दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका कारण विराटनगर–९ मेनरोडस्थित बी प्लटमा निर्माणाधिन पार्क अलपत्र परेको छ । गुणस्तरहीन काम गरिएको भन्दै अख्तियारमा परेको उजुरीका कारण ८० प्रतिशत निर्माण सम्पन्न पार्कले पुर्र्णता पाउन नसकेको हो । अख्तियारमा उजुरी परेपछि पार्कको गुणस्त. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५५७ जनाको पीसीआर परीक्षण गर्दा ७० र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २८, झापामा २१, सुनसरीमा २० र इलाममा १ �. . .
विराटनगर । महानगर र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा २५ तल्लाको व्यापारिक कमप्लेक्स बन्ने भएको छ । विराटनगर वडा न.९ मा रहेको गुद्रिबजार क्षेत्रमा रहेको १४ कट्ठा जग्गामा उक्त व्यापारिक कमप्लेक्स बन्न लागेको हो । बुधबार विराटनगर महानगरमा आयोजित एक कार्यक्रमका बीच विराटनगर महानगर र प्रदेश सरकार प्. . .
विराटनगर । विराटनगर–८ मा एक महिलालाई बोक्सीको आरोपमा कुटपिट गरिएको छ । चारजना पुरुष मिलेर महिलालाई बोक्सी आरोपमा कुटपिट गरेको पीडितले बताएकी हुन् । स्थानीय मुस्तकिम मियाँ, सगिर मियाँ, कविर मियाँ र हविबुल मियाँले महिलालाई बोक्सी आरोपमा कुटपिट गरेपनि प्रहरीले कारवाही नगरेको पीडितको आरोप छ । गत असोज १. . .
विराटनगर । इलाका प्रहरी कार्यालय रानीले विराटनगर–१८ भेडियारीबाट स्रोत नखुलेको ८ लाख २० हजार रुपिँयासहित एकजनालाई नियन्त्रणमा लिइएको छ । को.२९ प ८६४० नम्बरको स्कूटरमा सवार झापा बिर्तामोड–३ का उमेश साहले बोकेको रकमको स्रोत नखुलेपछि उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले नेपाली नगद रु १००० को ३३५ था�. . .
विराटनगर । एक जनाको मृत्यु र ६ जना घाइते हुने गरि विराटनगर–४ आयल निगमस्थित बुधबार साँझ भएको दुर्घटना कारले ओभरटेक गर्दा भएको खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कारले ओभरटेक गर्न खोज्दा ट्रकमा ठोक्किएर दुर्घटना भएको खुलेको हो । बुधबार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ नम्बर�. . .