सम्पूर्ण समाचार

स्कुटर दुर्घटनामा एकको मृत्यु

दाङको दूधरासमा रा४प ४९७३ नं को स्कुटर दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १८ का ३५ वर्षीय मधुसुदन चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनुभयो । स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको राप्ती प्र�. . .


BREAKING NEWS: प्रदेश एकका मुख्य मन्त्रीद्वारा राजीनामा घोषणा

प्रदेश एकका मुख्य मन्त्री भीम आचार्यले राजीनामा घोषणा गर्नु भएको छ । उहाँले राजिनामालाई औपचारिकता दिन प्रदेश प्रमुख कार्यालय जाने योजना रहेको जानकारी प्राप्त भएको छ । थप विवरण अपडेट गर्ने छौं ।. . .


बाढीमा ज्यान गुमाएका परिवारलाई महानगरको ५० हजार आर्थिक सहयोग

विराटनगर । बाढीले बगाएर मृत्यु भएकाविराटनगर–१ का २१ वर्षीय सञ्जित कामतकाआफन्तलाई काजकिरियाखर्चका लागिविराटनगर महानगरपालिकालेआइतबार ५० हजारको चेक प्रदान गरेको छ । महानगरपालिका अन्तर्गतको विपद समितिको बैठकबाट विराटनगरमा कात्तिक २ र ३ गते परेको अविरल वर्षाका कारण आएको बाढीबाट मृत्यु भएका विराटन�. . .


विराटनगर रानीबाट चाँदी सहित एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका १५ स्थित रानीको १ नम्बर ढाटबाट चाँदी सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका ५ का २६ बर्षीय रबिन ठाकुर रहेका छन् । आईतबार बेलुका ६ बजे लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई बिना बिलको ५६० ग्राम चाँदीका गरगहना सहि�. . .


रातको समयमा मापसे गर्दै प्रहरीको बर्दी च्यात्ने ४ जना युवा विराटनगरबाट पक्राउ

विराटनगर । विराटनगर–४ नोबेल शिक्षण अस्पतालअगाडि रातको समयमा ड्युटीमा खटिएका नेपाल प्रहरीको युनिफर्म च्यातेको आरोपमा चार युवा पक्राउ गरेका छन् । पक्राउ परेका युवाले मदिरा सेवन गरि होहल्ला गर्दै आइतबार राती १ बजेर १५ मिनेटको समयमा प्रहरीलाई हातपात गर्दै बर्दी च्यातिदिएको आरोप छ । पक्राउ पर्नेमा व. . .


प्रदेश १ : संसद फेश गर्ने मुख्यमन्त्री आचार्यको तयारी

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज बस्न गईरहेको प्रदेशसभा बैठक ‘फेस गर्ने’ तयारी गरेका छन् । दलका नेताहरुसँग केहीबेर अघि आफ्नै निवासमा बसेको बैैठकमा छलफल तथा परामर्श गर्दै मुख्यमन्त्री आचार्य संसद फेश गर्ने निष्कर्षमा पुगेका हुन् । आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने अ�. . .


एक अर्ब ६६ करोड रुपियाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले रु एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ९१ दिन अवधिको रु १० करोड बराबरको र ३६४ दिन अवधिको रु एक अर्ब ५६ करोडको गरी कूल रु एक अर्ब ६६ करोडको ट्रेजरी बिल सो. . .


सडक दुर्घटनामा युवकको मृत्यु

तनहुँको व्यास नगरपालिका–१ गल्वुवेशीस्थित भित्री सडकखण्डमा आइतबार राति भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीय रोशन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गल्वुबेँसीबाट भादगाउँतर्फ जाँदै गरेको को१झ ४० नंको विद्युत्को गाडी र विपरीत दिशाबाट आउँदै. . .


राहदानी बनाउनेको लर्को

गोरखापत्र समाचारदाता काठमाडौँ । राहदानी बनाउनेको भीड आइतबार हालसम्मकै उच्च बनेको छ । आइतबार पाँच हजार जनाले राहदानी बनाउनका लागि आवेदन भर्नका लागि टोकन लिएका थिए । परराष्ट्र मन्त्रालयको प्रमुख अङ्गका रूपमा रहेको राहदानी विभागमा आइतबार झिसमिसे नहुँदै राहदानी बनाउनेको लाम सुरु भएको थियो । जुन �. . .


अझै पाँच सडक खुल्न सकेनन्

कात्तिक पहिलो साता आएको बाढीका कारण अवरुद्ध सडकमध्ये अझै पाँच सडक खुल्न सकेका छैनन् । गत असोज ३१ देखि यही कात्तिक ३ गतेसम्म परेको वर्षाका कारण १२ सडक अवरुद्ध भएकामा सात खुलिसकेका छन् । पछिल्लो वर्षाले खुल्न बाँकी सडकमा मनाङको डुम्रे–बेँशीसहर–चामे सडक रहेको छ । सो सडक अहिले पनि निगालाघारी, खोत्रो र द. . .


तीनलाख ३४ हजार मूल्य बराबरको पटका नष्ट

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले तीनलाख ३४ हजार ८०० मूल्य बराबरको बारुदजन्य पटका नियन्त्रणमा लिएर नष्ट गरेको छ । विभिन्न मिति र स्थानबाट बरामद पटका जिल्ला प्रहरी कार्यालय मोरङको प्राङ्गणमा आज नष्ट गरिएको हो । प्रहरीले किङ्ग कोब्रा ७४ बण्डिल, फलझरी २९ बण्डिल, बुलेट ९८ प्याकेट, ग्राउण्ड चक्र ५�. . .


औद्योगिक करिडोरमा बाढीले साढे दुई अर्ब बराबरको क्षति

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरमा कार्तिक पहिलो साता वर्षापछिको बाढीले दुई अर्ब ४७ करोड १८ लाख ९८ हजार बराबरको क्षति गरेको छ । उद्योग संगठन मोरङले सार्वजानिक गरेको औद्योगिक क्षेत्रमा बाढी पछिको प्रभाव मूल्याकंन प्रतिवेदन अनुसार करिडोरका ४१ उद्योग बाढीको चपेटामा परेका हुन् । बाढीबाट प्रभा�. . .