सम्पूर्ण समाचार

आशा जगाउँदै विराटनगर : विद्यार्थीलाई छात्रवृत्तिको अवसर, स्थानीय सरकारको पहल

विराटनगर । काठमाडौं महानगरपालिकाले निजी विद्यालयले दश प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति मार्फत निःशुल्क शिक्षा प्रदान गर्ने कार्यक्रम सञ्चालनमा ल्याएपछि त्यसको प्रभाव विराटनगरमा समेत विस्तार भएको छ । विराटनगर महानगरपालिकाले गत शैक्षिक सत्रदेखि यो कार्यक्रम कार्यन्वयनमा ल्याएको छ ।. . .


वर्ष २०८१ः स्वास्थ्य क्षेत्रमा उपलब्धि, विवाद र क्षति

बुनु थारु/रासस काठमाडौँ । विसं २०८१ मा स्वास्थ्य क्षेत्रले केही उपलब्धि, विवाद र वैदेशिक सहायता अनुदान कटौतीको असर बेहोर्नुपर्‍यो । यस वर्ष स्वास्थ्य बिमाको चर्चासँगै वरिष्ठलाई पन्छाएर कनिष्ठलाई स्वास्थ्य सचिव नियुक्ति गरिएको विषय विवादमा रूपमा देखियो । पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुन. . .


आशा जगाउँदै विराटनगर : स्वास्थ्यमा घरमै सुविधा, वडामा शिविर

विराटनगर । स्थानीय सरकार नागरिकका लागि नजिकको मानिन्छ । नागरिकसँग दैनिक जोडिने स्थानीय सरकारले नागरिकका घरमै पुगेर दिने सेवामा स्वास्थ्य पर्दछ । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षमा ८० वर्षमाथिका नागरिकलाई घरमै पुगेर निःशुल्क उपचार र औषधी वितरण गर्दै आएको छ । उनीहरुको प्राथमिक स्वास्थ्य स्. . .


जुड़ शितलको अवसरमा मधेश प्रदेशमा सार्वजनिक विदा

जनकपुर । मधेश प्रदेश सरकारले जुड़ शितलको अवसरमा सार्वजनिक विदा दिने भएको छ । मधेश प्रदेश सरकार अन्तर्गतको गृह संचार तथा कानून मन्त्रालयले आज एक सूचना जारी गर्दै मधेस प्रदेशमा मनाइने जुड़ शितल (सिरुवा) पर्वलाई लिएर वैशाख २ गते सार्वजनिक विदा दिएको जानकारी गराएको छ । २०८१ चैत २२ गते २०८२ सालमा दिइने थप. . .


प्रादेशिक बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई

विराटनगर । मोरङ कोशी प्रदेश स्तरिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ । बहिरा क्रिकेट संघ मोरङको आयोजनामा विराटनगरको गिरिजाप्रसाद क्रिकेट मैदान भापा वैजनाथपुरमा आज भएको फाइनल खेलमा सुनसरीलाई ७ विकेटले पराजित गर्दै मोरङले उपाधि जितेको हो । ९९ सय रनको सामान्य लक्ष्य पछ्याएको मोरङले . . .


आशा जगाउँदै विराटनगर जाइकाको लगानी, नागरिकले पीउने छन् शुद्ध खानेपानी

विराटनगर । विराटनगरमा नयाँ वर्षसँगै स्थानीयमा शुद्ध पानी खान पाउने आशा पुरा हुने देखिएको छ । जाईकाले खानेपानी आपूर्तीका लागि पाईप विस्तार कार्य भईरहेको छ । स्थानीयले शुद्ध पानी छिट्टै घर घरमै आउँछ भन्ने आसा राखेका छन् । पछिल्लो पटक विराटनगरका महानगरका प्रमुख नागेश कोइरालाको कार्यकक्षमै धाराबाट �. . .


नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही

सिबी अधिकारी/रासस काठमाडौँ । नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ । वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक शैक्षिक बिदाका कारण अभिभावक आफ्ना सन्ततिलाई लिएर आन्तरिक पर्यटन प्रवद्र्धनमा निस्किएका छन् भने सरकारी कर्मचारीको पनि वार्षिक बिदा सक्नु�. . .


एसइई दिएर बसेका विद्यार्थीका लागि नि:शुल्क ब्रिज कोर्षको कक्षा सञ्चालन गर्दै विराटनगरको एभरेष्ट स्कुल

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै निशुल्क ब्रिज कोर्षको कक्षा सञ्चालन गर्ने भएको छ । आगामी वैशाख ७ गतेदेखि सुरु हुने ब्रिज कोर्षमा एभरेष्ट स्कुलका विद्यार्थीसँगै अन्य विद्यालयबाट एसइई दिएका करिब तीन सय विद्यार्थीलाई नि:शुल्क .कक्षा . . .


लागुऔषधसहित १७ जना पक्राउ

काठमाडौँ । लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट १७ जना पक्राउ परेका छन् । काठमाडौँ, ललितपुर, मकवानपुर, सुनसरी, कैलाली, तेह्रथुमलगायत जिल्लाबाट प्रतिबन्धित लागुऔषधसहित १७ जना पक्राउ परेका हुन् । काठमाडौँ महानगरपालिका–१३ बाफलबाट नागार्जुन नगरपालिका–७ हसनटार बस्ने लमजुङ बेँसीसहर नगरपालिका–२ घर भ�. . .


जात्रामय भएको छ भक्तपुर, नौदिने बिस्काको महिमा के छ ?

रमेश गिरी/रासस भक्तपुर । नयाँ वर्षको आगमनलाई देशभर स्वागत गरिरहँदा भक्तपुर भने यतिखेर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने बिस्काः अर्थात् बिस्केट जात्राले यतिखेर स्वदेशी तथा विदेशी पर्यटकलाई समेत आकर्षित बनाएको छ । यहाँका नेवार समुदायले भव्य रुपमा बिस्काः जात. . .


जनकपुरमा सरकारविरुद्ध प्रदर्शन, दुर्गा प्रसाई रिहाइको माग

जनकपुर । जनकपुरधाममा नेपाल सरकारविरुद्ध विरोध प्रदर्शन गरिएको छ । गत चैत्र १५ गत्ते काठमाडौंको तीनकुनेमा घटेको घटनामा सरकार स्वयम जिम्मेवार रहेको आरोप लगाउँदै जनकपुरधाममा सरकारकविरुद्ध विरोध प्रदर्शन एवम जुलुस निकालिएको हो । आज(आइतबार) नेपाल राष्ट्रवादी नागरिक समाज, धनुषाले जनकपुरधाममा सरकारव. . .


मधेश प्रदेश सभाको चौथो अधिवेशन अन्त्य, यस्ता छन् उपलब्धिहरु

जनकपुर । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गरेकी छन् । प्रदेश प्रमुखको कार्यालयले आइतबार एक सूचना जारी गर्दै प्रदेशसभाको चालु चौथो अधिवेशन चैत ३० गते राति १२ बजेदेखि लागु हुने गरी अन्त्य गरिएको जानकारी गराइएको छ । यस्ता छन् चौथो अधिवेशनमा उपलब�. . .