सम्पूर्ण समाचार

मोरङमा जेनजी आन्दोलनका नाममा तोडफोड गर्ने पक्राउ, म्याद थप्ने तयारी

विराटनगर । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयहरु तोडफोड गर्ने, आगजनी गर्ने, हतियार लुटपाट गर्ने, प्रहरीमाथि धम्क्याउने र हुलहुज्जत गर्ने केहि व्यक्तिलाई मोरङ प्रहरीले नियन्त्रणमा लिइएको छ । मोरङ प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी कोपिला चुडाँलका अनुसार अहिले म्याद थप ग�. . .


आज सुनचाँदीको मूल्य सामान्य घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन ५ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँ�. . .


भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू

काठमाडौं । सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता (कोड)लाई परिमार्जन गरी लागू गरेको छ । पुरानो कोडमा रहेका प्रावधान अव्यावहारिक र अन्तर्राष्ट्रिय मानकसँग मेल नखाने, डिजाइन गणनामा जटिलता र निर्माणमा अनावश्यक खर्च बढाउने जस्ता व्यवस्थालाई परिमार्जन गरिएको छ । परिमार्जित रा�. . .


विश्व मधुमेह दिवस २०२५ को अवसरमा विराटनगरमा डायबिटीज एण्ड इन्डोक्राइनोलोजी एसोसिएसन नेपाल (डिन) द्वारा र्‍याली आयोजना

विराटनगर, नेपाल – कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) – विश्व मधुमेह दिवसको अवसरमा आज बिहान डायबिटीज एण्ड इन्डोक्राइनोलोजी एसोसिएसन नेपाल (डिन) ले विराटनगरमा "डिन र्‍याली" नामक जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। इन्डोक्राइनोलोजिस्ट डा. प्रताप रोयको पहलमा, समर्पित डाक्टरहरू र समुदायका सहभागीहरूको स. . .


मधेशका पाँच सांसद पदमुक्त गर्ने सभामुखको निर्णय उपसभामुखद्वारा बदर

जनकपुर । मधेश प्रदेश सभाका पाँचजना सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय उपसभामुख बबिता कुमारी राउतले बदर गरिदिएकी छन्। सभामुखविरुद्ध महाभियोग दर्ता भइसकेको अवस्थामा उनले अधिकार दुरुपयोग गर्दै पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको उपसभामुखको आरोप छ। सभामुख मण्डलले लगातार �. . .


३५ उद्योग तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता

काठमाडौं । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइन संरचनाबाट विद्युत उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् । यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका छन् । यसरी, नेपाल विद्युत प्राधिकरणले ३५�. . .


मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाभियोग दर्ता

जनकपुर । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाभियोग दर्ता गरिएको छ । सभामुख मण्डलले पदिय मर्यादा विपरित काम गरेको भन्दै ७ दलका ६४ जना सांसदले मधेश प्रदेश सभामा महाभियोग दर्ता गराएका छन् । महाभियोग दर्ता गराउनेमा जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्ट�. . .


विराटनगरको एक अर्ब क्षति, कागजात जुटाउन मुस्किल

विराटनगर । गत भर्दौ २४ गते जेनजी नामको आन्दोलनमा भएको आगजनीबाट विराटनगर महानगरपालिकाको मात्रै एक अर्ब हाराहारी क्षति भएको छ । भौतिक संरचना र अन्य जिन्सी सामान समेत जल्दा यो क्षति बेहोर्नु परेको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाका अनुसार भौतिक संरचनातर्फ २३ करोड ३७ लाख ५८ हजार २३४ रुपै. . .


कोशी अस्पताल विराटनगरमा बिमाको सर्भर डाउन, प्रतिक्षामै घण्टौँ लाइन बस्छन् सेवाग्राही

सोनु साह विराटनगर । कोशी अस्पताल विराटनगरमा बिमाको सर्भर बारम्बार डाउन हुने समस्याले विरामी र उनीहरूका आफन्तहरू घण्टौँ लाइनमा पर्खिन बाध्य भएका छन् । अस्पतालमा औषधी लिनेदेखि सामान्य चेकजाँच गर्न समेत घण्टौँ समय लाग्ने गरेको सेवाग्राहीको गुनासो छ । सेवाग्राहीको भनाइअनुसार बिहान ८ बजेदेखि लाइनमा �. . .


कोशीका पूर्व अर्थमन्त्री इन्द्र आङ्बो चढ्ने सरकारी गाडीको ठक्करबाट एकजनाको मृत्यु

विराटनगर । कोशी प्रदेश सांसद एवं नेपाली कम्युनिष्ट पार्टीका नेता इन्द्रबहादुर आङ्बोले प्रयोग गर्दै आएको प्रदेशसभाको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । तत्कालिन नेकपा माओवादी संसदीय दलका नेता आङ्बोले चढ्दै आएको कोशी प्रदेशसभाको को १ झ ६५० नम्बरको स्कोरपिओ गाडीले बिहीबार ग्रामगान गाउँपालिका–�. . .


‘११ दल नेपाली कम्युनिष्ट पार्टीमा मिल्नु भनेको ओली र सिद्धान्तको विरोध गर्नु हो’

काठमाडौं । नेकपा एमालेका पोलिटव्युरो सदस्य सूर्य थापाले ११ पार्टीहरुको मिसिनुको उद्देश्य केपी ओली र सिद्धान्तको विरोध गर्नु मात्र रहेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा आयोजित सञ्चारकर्मीहरूसँगको संवाद कार्यक्रममा बोल्दै उनले समाजवादी र माओवादी बाहेक अरु पार्टी शून्य रहेको भन्दै हामी यत्ति�. . .


मुलुकमा सुशासन दिन सकिएन भने विद्रोहको खतरा छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले हालको सरकार असामान्य स्थितिपछि गठन भएकाले विधिको शासनको वहालीसँगै स्थितिलाई सामान्यकरण गर्न लागेको बताएका छन् । बिहीबार बसेको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले सरकारको उद्देश्य नै चुनावलाई स्वतन्त्र र भयरहित बनाउने भएकाले स�. . .