निर्वाचन

चासोका साथ हेरिएका ६ महानगरपालिकाको मतगणना आजबाटै प्रारम्भ हुँदै

विराटनगर बैशाख ३१ , चासोका साथ हेरिएका ६ महानगरपालिकाको मतगणना आजबाटै प्रारम्भ हुँदैछ । शुक्रबार रातिबाट नै मतगणना गर्ने तयारी गरे पनि महानगरपलिकाको मतगणना आजबाट सुरु गर्नेगरी सर्वदलीय बैठकबाट सहमति जुटेको हो । काठमाडौं महानगरपालिकाको मतगणना बिहान ८ बजेबाट राष्ट्रिय सभागृहमा सुरु हुँदैछ । त्यस�. . .


विराटनगरमा आज बिहान ८ बजेबाट मतगणना हुने

विराटनगर बैशाख ३१ , विराटनगर महानगरपालिकामा आज बिहान ८ बजेदेखि मतगणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ । शुक्रबार अबेर बसेको बैठकले मतगणना शनिबार गर्ने निर्णय गरेको हो । विराटनगरकको आदर्श स्कुलमा मतगणना  गरिने छ । विराटनगर महानगर पालिकामा जम्मा मत ८९ हजार ८ साय ९६ मत खसेको छ ।. . .


मनाङबाट सुरु भयो मतगणना

मनाङ । हिमालीपारिको जिल्ला मनाङमा मतगणना सुरु भएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लाका सबै गाउँपालिकाको मतगणना कार्य सुरु भएको जानकारी दिनुभयो । मनाङमा चार गाउँपालिका रहेका छन् । जिल्लाको नासोँ गाउँपालिकामा राति करिब ८ बजेदेखि नै पहिलो मतगणना कार्य सुरु भएको हो । त्�. . .


बुढीगंगामा ७८.८२ प्रतिशत खस्यो मत

विराटनगर । बुढीगंगा गाउँपालिकामा ७८.८२ प्रतिशत मत खसेको छ । २८ हजार १ सय ५९ मतदाता रहेको पालिकामा ७८.८२ प्रतिशत मत खसेको जानकारीमा आएको छ । निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा , मोरङले ७८.८२ प्रतिशत मात्रै मत खसेको जनाएको छ । बुढीगंगाको ३७ पदका लागि भएको निर्वाचनमा कुल २२ हजार १ सय ९५ जनाले मतदान गरेका . . .


विराटनगरमा ६७.३५ प्रतिशत खस्यो मत

विराटनगर । स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदानमा विराटनगर महानगरपालिकामा कुल ६७.३५ प्रतिशत मत खसेको छ । विराटनगरको ९७ पदका लागि भएको निर्वाचनमा कुल ८९ हजार ६ सय ७८ जनाले मतदान गरेका हुन् । विराटनगरमा कुल १ लाख ३३ हजार १४२ जना मतदाता छन् । सुरक्षाकर्मीहरुको बाक्लो उपस्थितिमा अहिले १९ वटै . . .


दार्चुलाकाे तिङ्करमा मतदान सकियो

दार्चुला । व्यास गाउँपालिका–१ को तिङ्करमा मतदान सकिएको छ । चीनको सीमा नजिकै रहेको तिङ्कर गाउँमा मतदान सकिएको हो । तिंकरमा १३६ जनाले मतदान गरेका छन् । मतदान गर्नेमा ७३ पुरुष र ६३ महिला मतदाता छन् । तिङ्करमा मतदान सकिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले जानकारी दिनुभय�. . .


विराटनगरमा ८० हजारको हाराहारीमा खस्यो मत

विराटनगर । विराटनगरमा ६० प्रतिशत मत खसेको छ । एकलाख ३३ हजार १४२ मतदाता रहेको महानगरमा ६० प्रतिशत मत खसेको प्रारम्भिक रिपोर्ट छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कश्यप अधिकारीका अनुसार प्रारम्भिक रिपोर्टमा ६० प्रतिशत मात्रै मत खसेको छ । महानगरमा ८० हजारको हाराहारीमा मतदान भएको जना�. . .


मोरङमा ६५ प्रतिशत मतदान, कुन पालिकामा कति प्रतिशत

विराटनगर । मोरङमा ६५ प्रतिशत मत खसेको छ । प्रारम्भिक तथ्यांक अनुसार मोरङमा ६५ प्रतिशतको हाराहारीमा मात्रै मत खसेको हो । जिल्लाका १७ स्थानीयतहमा ७ लाख १५ हजार २२३ मतदाता रहेका छन् । निर्वाचन आयोग कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीका अनुसार जिल्लाको प्रारम्भिक विवरणमा ६५ प्रतिशत मत खसेको छ । विराट. . .


दाङमा १०४ वर्षिया बृद्धाद्वारा मतदान

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत दाङको राप्ती गाउँपालिका–३ मा १०४ वर्षीया ज्येष्ठ नागरिक कमला शर्माले मतदान गरेकी छन् । शर्माले राप्ती–३ मसुरियाको नवज्योती आधारभूत विद्यालय श्रीचौर मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनले ७० वर्षका छोरा गोविन्द शर्माको सहयोगमा मतदान गरेकी हुन् ।. . .


भक्तपुरमा ६५ प्रतिशत मत खस्यो

भक्तपुर । भक्तपुरमा स्थानीय तह निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । दिउँसो ३ बजेसम्म भक्तपुर जिल्लाभर करिब ६५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो । बेलुका ५ बजेसम्म मतदान समय निर्धा�. . .


रसुवामा ६० प्रतिशत मतदान

रसुवा । वर्षाका कारण स्थानीय तहको मतदानमा केही असर पारेको छ । उत्तरी रसुवामा आज दिउँसो केहीबेर हल्का वर्षाका कारण मतदानस्थलमा असर परे पनि मतदान निरन्तर रूपमा अगाडि बढिरहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताउनुभयो । अहिले २:३० बजेसम्म ६० प्रतिशत मतदान भएको उहाँले जानकारी दिनुभयो । जिल्ल�. . .


मोरङमा ३ः३० बजेसम्म ५५ प्रतिशत मत खस्यो, विराटनगरमा ५३ प्रतिशत

विराटनगर । मोरङमा ५५ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगको कार्यालय विराटनगरका अनुसार ३ः३० सम्ममा ५५ प्रतिशत मत खसेको हो । जिल्लाका १७ पालिकामा औसतमा मत खसिरहेको छ । विराटनगरमा बिहान भीड देखिएका मतदान केन्द्र दिउँसोपछि सुनसान जस्ता देखिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम�. . .