देशको खबर

आज राष्ट्रिय शोक मनाइँदै , सार्वजनिक बिदा छैन

रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा सोमबार राष्ट्रिय शोक मनाइँदै छ । मन्त्रिपरिषद् बैठकको निर्णअनुसार बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक मनाउन लागिएको हो । नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा रा�. . .


प्रदेशस्तरीय हस्तलेखन र चित्रकला प्रतियोगितामा ग्रीन पिस स्कुलको सफलता

विराटनगर । विराटनगर–६, मोरङस्थित ग्रीनपिस एकेडेमीका विद्यार्थीले प्रदेशस्तरीय हस्तलेखन तथा चित्रकला प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गरेका छन्। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेशद्वारा आयोजित प्रतियोगितामा विद्यालयका दुई विद्यार्थीले फरक–फरक विध�. . .


बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्न लागेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको १० लाख ४० हजार कित्तामध्ये बाँकी रहेको शेयर तथा. . .


पुँजी बजारलाई बैंक बेस्डबाट मार्केट बेस्ड फाइनान्सिङतर्फ लैजानुपर्छ :अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको पुँजी बजारलाई केवल सेयर तथा धितोपत्र कारोबारको माध्यमका रूपमा नभई उत्पादन, पूर्वाधार, रोजगारी र आर्थिक वृद्धिका लागि दीर्घकालीन पुँजी परिचालन गर्ने प्रमुख माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका छन् । बैंकिङ समाचार डटकमको . . .


३ हजार ९६७ जनाको हवाई उद्धार, प्रभावित क्षेत्रमा खोजी र राहत जारी

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, राहत तथा स्वास्थ्य सेवा सञ्चालनलाई तीव्रता दिएको छ । नेपाली सेनाले आज दिउँसो १ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत पाँच जनाको उद्धार गरेको छ । हालसम्म हवाई उद्धारबाट स्वदेशी ३ हजार ६९२ र विदेशी २७५ गरी कुल ३ हज�. . .


पुँजी बजारलाई आर्थिक विकासको प्रमुख वित्तीय इन्जिन बनाउनुपर्छ : अध्यक्ष पाण्डे

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको पुँजी बजारलाई आर्थिक विकासको प्रमुख वित्तीय इन्जिनका रूपमा विकास गर्नुपर्ने बताएका छन् । बैंकिङ समाचार डटकमको आयोजना तथा नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्स–२०२६’ लाई सम. . .


परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छोबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा महत्वपूर्ण छलफल भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आइतबार सम्पन्न द्विपक. . .


भोटेकोशी विपद्पीडितका लागि रक्तदान, ६० पाउण्डभन्दा बढी रगत सङ्कलन

इनरुवा । भोटेकोशी क्षेत्रमा भएको विपद्का कारण घाइते तथा उपचाररत बिरामीका लागि मधेस युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान कार्यक्रममा ६० पाउण्डभन्दा बढी रगत सङ्कलन भएको आयोजक संस्थाका उत्तम कार्कीले जानकारी दिए। विपद्का समयमा घाइते तथा बिरामीलाई आवश्यक पर्ने रगतको अभाव. . .


रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

काठमाडौं । बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन�. . .


कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति

काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा त्रिभुवन राजपथ (बाइरोड) मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको छ । गएको भाद्र १४ गते त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्ग भत्किँदा इन्धन बोके�. . .


गोरखामा अचानक उर्लियो नाम्रुङ खोला, चार घर बगायो

गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने नाम्रुङ खोलाको बाढीले चार घर र एक पुल बगाएको छ । आज विहान आएको बाढीले चुमनुब्री ४ स्थित नाम्रुङकानुर्वु ओङ्ग्याल (नुर्वु छिरिङ), उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीबाट मानवीय �. . .


भगवानको दर्जा पाएका सिलिगुडीका प्रख्यात न्युरोसर्जन डा. डब्लु. एच.चाङको निधन

काठमाडौँ । उत्तर बङ्गालको स्वास्थ्य सेवामा विशिष्ट योगदान पुर्‍र्याएका प्रख्यात न्युरोसर्जन तथा डा. चाङ्स सुपर स्पेशालिटी हस्पिटलका संस्थापक डा. डब्लु. एच. चाङ को ८२ वर्षको उमेरमा निधन भएको छ। माटिगाडास्थित उनीद्वारा स्थापना गरिएको डा. चाङ्स सुपर स्पेशालिटी हस्पिटल उत्तर बङ्गाल, दार्जिलिङ, कालिम्. . .