देशको खबर

सीएनएनसहित तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश दिन अदालतको आदेश

काठमाडौं । अमेरिकी संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई ह्वाइट हाउस प्रवेशको अनुमति पुनः दिन आदेश दिएको छ । अमेरिकी जिल्ला न्यायाधीश टिमोथी केलीले बिहीबार यस्तो आदेश दिएका हुन् । ट्रम्प प्रशासनले तीन सञ्चारमाध्यमको ह्वाइट हाउस प्रवेश रोक्�. . .


तलेजु भवानी मन्दिरमा कुमारी पूजा, बालिकाहरूको उल्लेख्य सहभागिता

काठमाडौं । परम्परागत पहिरनमा सजिएका सयौं बालिका बिहीबार काठमाडौं दरबार स्क्वायरमा भेला भए । उनीहरूलाई कुमारी अर्थात् जीवित देवीको प्रतीकका रूपमा पूजा गरियो । वर्षाबीच पनि बालिकाहरूको सहभागितामा गरिएको वार्षिक कुमारी पूजाले नेपालको सदियौं पुरानो धार्मिक तथा सांस्कृतिक परम्परालाई सार्वजनिक रूपम�. . .


भारी वर्षाको सम्भावना, इलाममा राति सवारी आवागमन बन्द

इलाम । जल तथा मौसम विज्ञान विभागले भारी तथा अति भारी वर्षाको सम्भावना औँल्याएसँगै जिल्ला प्रशासन कार्यालय इलामले जिल्लाका प्रमुख सडकमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा जारी सूचनाअनुसार २०८३ असोज ८ गते बेलुकादेखि असोज ११ गते बिहानसम्म �. . .


आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व र सहभागिता सुनिश्चित गर्नुपर्छ : मन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीहरूको नेतृत्व र सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छन् । तेस्रो एसिया–प्रशान्त क्षेत्रका अपाङ्गता भएका आदिवासी महिला तथा किशोरीहरूको क्षेत्रीय भेला–२०२६ लाई सम्बोधन गर्दै मन्त्री चौधरीले आदिवा�. . .


बाढी प्रभावित बालबालिका र जोखिममा रहेका नागरिकको संरक्षणमा सरकार गम्भीर छ : मन्त्री बादी

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, संरक्षण र पुनस्र्थापनाका साथै जोखिममा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा गर्भवती र सुत्केरी महिलाको संरक्षणलाई सरकारले प्राथमिकता�. . .


काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको अन्त्येष्टि हुँदै

काठमाडौँ । वुधबार विहान निधन भएका काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति तथा संरक्षण समितिका अध्यक्ष प्राडा सुरेशराज शर्माको विहीबार दाहसंस्कार गरिदैछ । शर्माको बुधबार साँझ ६ः५० बजे काठमाडौँको ह्याम्स अस्पतालमा निधन भएको काठमाडौँ विश्वविद्यालयले जनाएको छ । शर्माको पार्थिव शरीर श्रद्धाञ�. . .


राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्ने

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्न लागेको हो । राष्ट्र बैंकले ब्याजदरमा बोलकबोलमार्फत निक्षेप संकलन गर्ने जनाएको छ । निक्षे�. . .


फुटबलका ‘ड्राइभर’ दीपेन्द्र धिमालको निधन, उर्लाबारीको फुटबलमा अतुलनीय योगदान

विराटनगर । फुटबलका पूर्वखेलाडी तथा नेपाली फुटबलका अभियन्ता एन्फा का कन्द्रिय सदस्य दीपेन्द्र धिमाल (ड्राइभर) को आज विहान उपचारको क्रममा निधन भएको छ । मोरङको उर्लाबारी नगरपालिका–६ का ५९ वर्षीय धिमालको उपचारका क्रममा आज बिहान निधन भएको परिवारिक स्रोतले जनाएको छ । धिमाल लामो समयदेखि ‘प्यान्क्रियाज’ �. . .


सुनसरीबाट १० लाखभन्दा बढीको पटकासहित दुई जना पक्राउ

विराटनगर। सुनसरीको रामधुनी नगरपालिका–१ झुम्काबाट प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित विस्फोटक पदार्थ (पटका) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त प्रहरी टोलीले स्थानीय ४८ वर्षीय धमु गोस्वामी र २७ व. . .


हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले उठाए आपत्कालीन स्वास्थ्य सेवाको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ज्ञानेन्द्र सिंह महताले आपत्कालीन अवस्थामा गम्भीर बिरामीको उद्धारमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महताले आफ्नै परिवारका सदस्यले भोगेको घटनालाई उदा�. . .


कोशी गाउँपालिकाका नागरिकलाई जीवन विकास सामुदायिक अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा १० देखि ५० प्रतिशतसम्म छुट

सुनसरी। कोशी गाउँपालिकाका नागरिकले जीवन विकास सामुदायिक अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा १० देखि ५० प्रतिशत सम्म छुट पाउने भएका छन्। कोशी गाउँपालिका र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनबीच गाउँपालिका वासीलाई सहज, पहुँचयोग्य तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउ. . .


विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौं । नेपाल बाढी सूचनाका अनुसार आज देशका विभिन्न जिल्लाका स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ । नेपाल बाढी सूचनाले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, ओखलढुंग�. . .