देशको खबर

जेनजी आन्दोलनपछिको तीन महिना मेरो लागि तीन दशक बराबर : रक्षा बम

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले पछिल्ला तीन महिना आफ्नो जीवनका लागि तीन दशक बराबरको अनुभव जस्तै भएको बताएकी छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै संयोजक बमले जेनजी आन्दोलनपछि जानी–नजान�. . .


पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने अदालतको आदेश

काठमाडौं । पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतले आदेश गरेको छ । पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतले गुप्तालाई थुनामा पठाउने आदेश गरेको हो । विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजला�. . .


सर्वसाधारणको नाममा वालेट आईडी बनाई ठगी गर्ने समुह पक्राउ

जनकपुर । धनुषाको विभिन्न स्थानबाट सर्वसाधारणको नाममा वालेट आईडी बनाएर ठगी गर्ने समुहलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलनमार्फत ठगी गर्ने समुहका ६ जना पक्राउ गरेको बारे जानकारी दिएको छ । पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका ९ धारापानी चोकमा मामा भान्जा ट्रे�. . .


नेपाल पर्यटन बोर्डले महादेशपारिका पर्यटकको मनमा नेपालको सकारात्मक छवि निर्माण गरेको छ : मन्त्री सिन्हा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले सीमित बजेटका बाबजुद पनि नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रका सरोकारवालालाई एउटै राष्ट्रिय उद्देश्यअन्तर्गत एकीकृत गर्न सफल भएको बताएका छन् । नेपाल पर्यटन बोर्डको २७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन�. . .


घर फर्किन पाउँदा खुसी लागेको छ : थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले आज घर फर्किन पाउँदा खुसी लागेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित राप्रपा र राप्रपा नेपालको एकता घोषणा सभामा उनले खुसीले होईन अत्यन्तै भारी मनले राप्रपाको घर छोडेर गएको भन्दै आज फर्किदा खुसि लागेको बताए । उनले भने, ‘मलाई आज घर �. . .


भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नविकरण

काठमाडौं। भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स) को प्रतिश्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नविकरण गरेको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत चौविसै घण्टा (अरटिसी) आया�. . .


निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न पाउने वातावरण पाएको छैन : चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शान्ति, स्थायित्व र समृद्धिका लागि निजी क्षेत्रको संरक्षण र मनोबल उच्च बनाउनु आवश्यक रहेको बताएका छन् । शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भदौ २३ र २४ गते भएको जेनजी आन्दोल. . .


भारतको विहारबाट ७ जना नेपालीको उद्यार

जनकपुर । भारतको विहारका विभिन्न स्थानहरुबाट ७ जना मधेश प्रदेशका बालबालिका तथा महिलाको उद्यार गरिएको छ । ५ जना बालक, एक जना बालिका र एक जना महिलाको उद्यार गरी आज जनकपुरधामस्थित मधेश प्रदेश प्रमुख कार्यायलमा उनीहरुको आफ्न्तलाई जिम्मेवारी लगाइएको छ । उद्यार गरिएकोमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ . . .


ईपीएस प्रक्रियामा अन्याय भएको भन्दै विद्यार्थी द्वारा ईपीएस कोरिया शाखा अगाडि आन्दोलन

काठमाडौं । पीडित–केन्द्रित नीति लागूको माग गर्दै ईपीएस विद्यार्थीहरुले आन्दोलन गरेका छन् । बुधबार एउटै व्यक्तिलाई बारम्बार अवसर दिने प्रणाली अन्त्य गरी पीडित–केन्द्रित नीति लागू गर्न माग गर्दै ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखा अगाडि आन्दोलन गरेका हुन् । उ. . .


२७ औँ वर्षमा पर्यटन बोर्डको रणनीतिक फड्कोः नेपाल–आसियान पर्यटन वर्ष २०२६ घोषणा

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले आफ्नो २७ औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने औपचारिक घोषणा गरेको छ । आसियान मुलुकलाई लक्षित गर्दै नेपाललाई दीर्घकालीन र उच्च सम्भावनायुक्त पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित उक्त घोषणा गरिएको हो । बोर्डका कार्य. . .


शिक्षा मन्त्रालयद्वारा विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई १० बुँदे निर्देशन

काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थाहरूलाई १० बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले शिक्षणको गुणस्तर सुधार, पारदर्शिता कायम गर्ने र विद्यार्थीको हित संरक्षण गर्ने उद्देश्यले उक्त नि�. . .


राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि २५ अर्ब रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गर्ने भएको छ । बैंकले सार्वजनिक सूचना जारी गर्दै उक्त ऋणपत्रका लागि बोलकबोल प्रक्रिया मार्फत लगानीकर्ताबाट प्रस्ताव आह्वान गरेको हो । यसअघि गत सोमबार मात्रै राष्ट्र बैंकले २५ अर्ब रु. . .