देशको खबर

नेपाली प्रतिनिधिमण्डलद्वारा दुबईको तडवीर सेन्टरको अवलोकन

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा युएई आउने श्रमिकको सेवा, सर्त र सुरक्षाबारे सरकारी अधिकारी तथा सरोकारवालाबाट जानकारी लिएको छ । प्रतिनि. . .


स्थानीय निर्वाचनलाई उत्सवका रूपमा लिँदै सक्रिय सहभागिता जनाउन उपराष्ट्रपतिको आग्रह

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रत्यक्ष मतदानद्वारा आफ्नो सरकार आफैँ बनाउने स्थानीय तहको निर्वाचनलाई उत्सवका रूपमा लिन आग्रह गर्नुभएको छ । ‘रङहरुका पर्वका रूपमा मनाइने नेपालीको लोकप्रिय चाड यस वर्षको फागु पूर्णिमा (होली पर्व) का अवसरमा शुभकामना दिँदै उहाँले स्थानीय निर्वाचनमा सक्रिय. . .


राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई सुदृढ तुल्याउँदै लैजानुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिको स्वीकृत कार्ययोजनालाई समयमै प्रभावकारी कार्यान्वयनमा ल्याई राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई सुदृढ गर्दै लैजान आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री देउवा�. . .


सरकारी छाप किर्ते गर्ने कार्यमा संलग्न १२ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१२ त्रिपुरेश्‍वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने प्रलोभन देखाई ठगी गरेको अभियोगमा १२ जनालाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोंगबु मिलन टोल बस्. . .


पछिल्लो २४ घण्टामा देशभरी ८२ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभरी थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ८२ जनामा संक्रमण पुष्टि भएको हो । ६ हजार १ सय ७५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । ४ हजार ७ सय ९० जनाको पिसिआर गर्दा ४१ र १ हजार ३ सय ८५ जनाको एन. . .


मन्त्री आले र नेपालका लागि अमेरिकी कार्यबाहक राजदूतबीच भेट

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत म्यानुयल मिक्यालरले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबारस्थित मन्त्रालयमा भएको सो भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको मन्त्री आलेको सचिवालयले जनाएको छ। भे. . .


फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ। आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर . . .


अख्तियारमा स्थानीय तहका उजुरी धेरै दर्ता

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन्। बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र भएका नेपालगञ्ज कार्यालयमा विभिन्न २४ विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबभन्दा बढी बाँकेका स्थानीय तहका उजुरीहरू रहेको अख्तियार दुरूपय�. . .


जहाजको पर्खाइमा बागलुङको बलेवा विमानस्थल

बाग्लुङ । लामो समयदेखि बन्द रहेको विमानस्थल सञ्चालनमा आउने आश पलाएको छ । २८ वर्षदेखि नियमित उडान हुन नसकेको बागलुङको बलेवा विमानस्थलको धावन मार्ग कालोपत्रसँगै अब विमानस्थलमा कहिले जहाज उड्ला भन्ने आशामा छन् यहाँका स्थानीयवासी । विसं २०७७ फागुनमै कालोपत्र सक्ने गरी नागरिक उड्डयन प्राधिकरणले ठेक्. . .


जंगली जनावर मार्नका लागि राखिएको पासोमा परेर एक जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार राति गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जनावर मार्नका लागि भरूवा बन्दुकको पासो थापेका गन्यापधुरा–४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयक�. . .


तनहुँको शुक्लागण्डकीमा वडाबाटै राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले वडाबाटै राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु गरेको छ । सर्वसाधारणको सहजताका लागि स्थानीय तहका वडाबाटै दर्ता थालिएको हो । यसअघि जिल्ला प्रशासन कार्यालयबाट मात्रै परिचयका लागि विवरण दर्ताको काम हुँदै आएको थियो । त्यस्तै व्यास नगरपालिकाले पनि वडाबाटै दर्ता. . .


अवैध लागूऔषध सहित पक्राउ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा ५ स्थित रामजानकी सामुदायिक वनको घिमिरे डाँडा भन्ने स्थानबाट करिब १ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने १९ वर्षीय कुशल गिरी समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएक�. . .