देशको खबर

विराटनगरका डीपीएस विद्यालयका विद्यार्थीले मनाए संविधान दिवस

विराटनगर । संविधान दिवसको अवसरमा दिल्ली पब्लिक स्कुल (डीपीएस) विराटनगरमा राष्ट्रिय एकता, देशप्रेम र संविधानको महत्व झल्काउने कार्यक्रम तथा परेड आयोजना गरिएको छ। विद्यालयका प्रधानाचार्य टी. एन. भण्डारी र प्रिस्कुल जोन हेड अर्चना दुगरको उपस्थितिमा आयोजित कार्यक्रममा बालबालिकाले सहभागिता जनाएका थिए�. . .


‘नसा हैन -आसा रोजौ’ भन्ने सन्देशसहित विराटनगर जेसीजको तालिम सप्ताह सुरु

विराटनगर। लागुऔषधको लतमा फसेको जीवन अन्त्य होइन, सही साथ र अवसर पाए नयाँ सुरुवात सम्भव छ भन्ने सन्देशसहित विराटनगर जेसीजले तालिम सप्ताह २०२६ सुरु गरेको छ। सप्ताहअन्तर्गत पहिलो कार्यक्रम ‘Re-Start Re-Build Rise’ शनिबार दुर्गा चौकस्थित नवज्योति पूर्वाञ्चल पुनःस्थापना केन्द्रमा सम्पन्न भयो। कार्यक्रममा लागुऔष�. . .


संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ बनाउन मुख्यमन्त्री कार्कीको आह्वान

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको पूर्ण कार्यान्वयन गर्दै लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन सबै पक्षलाई आह्वान गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले नेपाली जनताको लामो संघर्ष र बलिदान. . .


संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संविधानले परिकल्पना गरेको विविधताबीचको एकता, विभेद तथा असमानताको अन्त्य, सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । संविधान दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री शाहले संविधानको अ�. . .


संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नागरिक स्वतन्त्रता, कानुनी शासन, समावेशी तथा समानुपातिक प्रतिनिधित्व र सामाजिक, सांस्कृतिक तथा आर्थिक रूपान्तरणका लागि महत्वपूर्ण आधार निर्माण गरेको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विद�. . .


संविधान नागरिकको जीवनमा परिवर्तन ल्याउने आधार बन्नुपर्छ : सोविता गौतम

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संविधानको शक्ति संविधानका अक्षरमा मात्र सीमित नभई नागरिकको दैनिक जीवनमा देखिने परिवर्तनसँग जोडिनुपर्ने बताएकी छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री गौतमले २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई नेपाली ज�. . .


आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज संविधान दिवस मनाइँदै छ । आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी संविधान दिवस मनाउँन लागेको हो । २०७२ साल असोज ३ गते संविधानसभामा राष्ट्रपतिबाट संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्षको असोज ३ गते यो दिवस मनाइने गरिन्छ ।. . .


लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध ५ गतेदेखि पत्रकार महासंघ आन्दोलनमा

काठमाडौं । नेपाल पत्रकार महासंघले लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गर्दै आएको रकममा गरिएको कटौतीको विरोधमा असोज ५ गतेदेखि देशव्यापी आन्दोलन गर्ने भएको छ । महासंघका महासचिव रामप्रसाद दाहालले शुक्रबार बसेको सरोकारवालासहितको बैठकले माग पूरा नभए असोज ५ गते सोमबारदेखि विभिन्न कार्य�. . .


मोरङको जहदाबाट रसुवागढीका बाढीपीडितका लागि २०० बोरा राहत सामग्री पठाउदै

विराटनगर । मोरङको जहदा गाउँपालिकाबाट रसुवागढीका बाढीपीडितका लागि २०० बोरा राहत सामग्री पठाइने भएको छ। जहदा गाउँपालिकावासीको सहयोग र स्थानीय युवाको पहलमा संकलन तथा व्यवस्थापन गरिएको राहत सामग्री शुक्रबार बेलुका ७ बजे जहदा–५ स्थित लक्ष्मिनिया चोकबाट रसुवागढीतर्फ पठाइनेछ। प्रत्येक बोरामा करिब �. . .


जेनजी सांसदलाई प्रधानमन्त्रीको सुझाव : राजनीतिलाई पेसा बनाउने होइन्,‘साइड बिजनेस पनि गर्नुस्’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले जेनजी पुस्ताका सांसदहरूलाई राजनीतिसँगै आफ्नो व्यक्तिगत व्यवसायसमेत गर्न सुझाव दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको जेनजी सांसदहरूसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो सुझाव दिएको सांसद केपी खनालल�. . .


विराटनगर इन्टरनेसनल कलेजद्वारा २६ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

विराटनगर । विराटनगर इन्टरनेसनल कलेजले शैक्षिक प्रदर्शन, सकारात्मक आचरण र नियमित उपस्थितिका आधारमा २६ जना विद्यार्थीलाई एएए (एकेडेमिक, एटिट्युड र अटेन्डेन्स) छात्रवृत्ति प्रदान गरेको छ। विराटनगर–५ स्थित कलेजमा आयोजित कार्यक्रममा विभिन्न समूहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो। कार्यक्. . .


स्वास्थ्य बीमाअन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थाले प्रदान गरेको सेवाबापत २०८३ जेठ महिनाको १ अर्ब ४५ करोड ४६ लाख ९१ हजार २२ रुपैयाँ ८६ पैसा भुक्तानी गरिएको छ। स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको विवरणअनुसार जेठ महिनामा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गरेका विभिन्न स्व�. . .