देशको खबर

दोलखामा ८३ जनाले फिर्ता लिए उम्मेदवारी

दोलखा । आसन्न वैशाख ३० गतको स्थानीय तह निर्वाचनमा दोलखामा ८३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । दुई नगरपालिका र सात गाउँपालिकामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्रतर्फबाट विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका ८३ ले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी विशाल केसीले जा�. . .


स्याङ्जामा ९२ जनाले फिर्ता लिए उम्मेदवारी

स्याङ्जा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गराएकामध्ये ९२ जनाले फिर्ता लिएका छन् । पाँच नगरपालिका र छ गाउँपालिकामा ५०७ स्थानीय जनप्रतिनिधिका लागि एक हजार ५४७ ले उम्मेदवारी दर्ता गराएकामध्ये ९२ ले फिर्ता लिएका हुन् । निर्वाचनको कार्यतालिका अनुसार शुक्रबार साँझ ५ बजेसम्. . .


सुदूरपश्चिममा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

कैलाली । कैलालीमा माछा मार्ने क्रममा दुई जनाको मृत्यु भएको छ । माछा मार्न कर्णाली नदी किनारमा पुगेर एक्कासी बेहोस भएका टीकापुर नगरपालिका–१ शिवनगरका ५९ वर्षीय शोभराम थारुको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले बताए । यसैगरी ज. . .


नागरिकता नबन्दा ज्येष्ठ नागरिक समस्यामा

पाल्पा । “जवानीमा त मेलापात गरेरै जीवन धानियो, बुढेसकालमा काम गर्न सक्ने तागत छैन, कसरी बाँच्ने हो ?” यस्तो गुनासो पोख्नुहुन्छ ७८ वर्षीया तुलसा पाण्डेय । बुढ्यौली उमेरमा उनलाई आफन्तको स्याहारसुसार, रेखदेख त परै जाओस् बिहान साँझको छाक जोहो गरिदिने कोही छैन । रामपुर नगरपालिका–८ बस्ने पाण्डेयलाई न दिनक. . .


काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उम्मेदवार बालेनले पाए चुनाव चिन्ह ‘लौरो’

विराटनगर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले शनिवार स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिएको हो । स्वतन्त्र उम्मेदवारी दिएका साहको अब आधिकारिक चुनाव चिन्ह लौर�. . .


नवौँ राष्ट्रिय खेलकुद : खेलाडी छनोटको तयारी सुरु

काठमाडौं । गण्डकी प्रदेशमा आगामी जेठ अन्तिम साता तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । आयोजक प्रदेश गण्डकीले प्रतियोगिताका लागि आवश्यक तयारी सुरु गरिएको जनाएको छ । प्रतियोगिताको मिति नजिकिएसँगै गण्डकी प्रदेश खेलकुद परिषद्ले ११ वटै जिल्लामा खेलाडी छनोट सुरु गर्न जिल्ला �. . .


आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबा. . .


प्रदेश १ मा हल्का वर्षाको सम्भावना

विराटनगर । देशमा अहिले स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहने छ । देशको पहाडी भू-भागका केहि स्थानहरूमा अहिले पनि मेघ गर्जन/चट्याङस. . .


हेटौँडामा बर्डफ्लू भेटियो, तीन हजार ४५३ कुखुरा नष्ट

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडाको एक कुखुरा फार्ममा बर्डफ्लू भेटिएको पुष्टि भएपछि आज त्यहाँको तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ । भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीस्थित व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा फा�. . .


अध्यक्ष ओलीले उपाध्यायको निधनप्रति दुःख व्यक्त गरे

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लक्ष्मीभक्त उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेका छन् । शुक्रबार शोक वक्तव्य जारी गर्दै उनले आजीवन कम्युनिष्ट आन्दोलन र पार्टीमा सक्रिय रहँदै योगदान दिने नेतामध्ये अग्रणी रहेका उपाध्यायको निधनबाट कम्युनिष्ट आन्दोलनले पहिलो पुस्ताको पाको, अन�. . .


पछिल्लो २४ घण्टामा देशभर १४ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १४ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ७ सय ७१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १९ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २ लाख ९ हजार ५६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । . . .


स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन पुनः रोकियो

काठमाडौं । पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य पुनः रोकिएको छ । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको ठेकेदारद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौं उपत्यकाको नागरिकले भोग्नुपरेको हाे । पछिल्लो समय यही वैशाख ११ गतेदेख�. . .