देशको खबर

जनताको आवश्यकता सम्बोधननै लोकतन्त्रको संस्थागत : राष्ट्रपति

काभ्रेपलाञ्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका दैनिक आवश्यकता प्रत्यक्ष सम्बोधन हुनु नै लोकतन्त्र संस्थागत गर्ने सबैभन्दा ठूलो माध्यम भएको बताउनुभएको छ । उहाँले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ कानपुरका पुनर्निर्माण गरिएको प्राचीन कालिका मन्दिरको आज उद्घाटन गर्दै नेपाली जनता�. . .


सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध छः सञ्चारमन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको निमित्त प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको ६७ औँ स्थापना दिवसको अवसरमा यहाँ बुधबार आयोजित ‘पत्रकार तथा सञ्चारमाध्यममा कोभिड–१९ को प्रभाव’ विष�. . .


पछिल्लो २४ घण्टामा देशभर २६ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २६ जनामा कोरोना संक्रमित थपिएका छन् । ५ हजार १ सय ९२ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ७१ हजार  ७२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हा�. . .


लमजुङमा महिला मतदाता बढी

लमजुङ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा एक लाख ३१ हजार ४९४ मतदाताले भोट हाल्ने भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार तीमध्ये ६४ हजार ४१ पुरुष र ६७ हजार ४५३ महिला मतदाता रहेका छन् । जिल्लाका आठ स्थानीय तहमध्ये क्व्होलोसोथार गाउँपालिकामा नौ हजार २९, दूधपोखरीमा आठ ह�. . .


अन्तर्राष्ट्रिय संस्थासँग साझेदारी अपरिहार्य छ: प्रधानमन्त्री देउवा

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)को प्रक्रियामा रचनात्मक योगदान गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै नेपालले बिम्स्टेक क्षेत्रको लचिलो, समृद्ध र दिगो विकास क्षेत्रीय सहयोग प्रवर्द्धनबाट हुनेमा जोड दिएको छ । श्रीलङ्काको कोलम्बोमा जारी बिमस्टे�. . .


ट्रिपरको ठक्करबाट विद्यालय जाँदै गरेका दुई दिदीबहिनीको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा ट्रिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेयाको आज बिहान ८ः३० बजे ट्रिपरको ठक्करबाट ज्यान गएको हो । घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राख�. . .


अध्यक्ष प्रचण्डद्वारा पूर्वी चितवन १३२ केभी सबस्टेसन उद्घाटन

काठमाडौं । सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा चितवनको राप्ती नगरपालिका-६ स्थित हर्दीमा निर्माण भएकोे पूर्वी चितवन १३२/३३/११ केभी सबस्टेसनको उद्घाटन गरिएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार हर्दीमा आयोजित कार्यक्रममा सबस्टेसनको उद्घाटन गर्नुभएको छ । चितवन�. . .


पछिल्लो २४ घण्टामा देशभर ४२ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ४२ जनामा कोरोना संक्रमित थपिएका छन् । ५ हजार ४ सय ७१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ५० हजार १ सय ५१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । . . .


सरकारद्वारा चीनले प्रस्ताव गरेका विभिन्न प्रस्तावहरु स्वीकृत

काठमाडौं । नेपाल सरकारले जनवादी गणतन्त्र चीन सरकारले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता सम्झौताअन्तर्गत प्राप्त हुने अनुदान सहायता र सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही चैत १४ गते बसेको बैठकले गरेका निर्णय�. . .


परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (विमस्टेक)को १८औँ मन्त्रिस्तरीय बैठकमा भागलिने सिलसिलमा श्रीलङ्काको कोलम्बोमा रहनुभएका परराष्ट्रमन्त्री डा.नारायण खड्काले आफ्ना भारतीय समकक्षी सुव्रमन्यम् जयशङ्करसँग भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबी�. . .


न्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिबाट अनुमोदन

काठमाडौं । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । आजको बैठकमा उहासँग अनुभव, सोच, भावी योजना र अवधारणासम्बन्धी जानकारी लिएपछि समितिले सर्वसम्मतिले नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी द�. . .


प्रधानमन्त्रीलाई नुवाकोटबासीको ज्ञापनपत्र

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वको नुवाकोट जिल्लाको प्रतिनिधिमण्डलले ज्ञापनपत्र प्रस्तुत गरेको छ। प्रधानमन्त्री देउवालाई मंगलबार उहाँको सरकारी निवास बालुवाटारमा भेटेर प्रस्तुत गरेको ज्ञापन पत्रमा नुवाकोट जिल्लाका विविध स�. . .