शालिग्राम नेपाल सौराहा (चितवन) । चितवनको सौराहामा जारी नेकपा (एमाले) को दशौं महाधिवेशनको बन्दसत्र ढिला हुने भएको छ । अध्यक्ष केपी शर्मा ओली सहमतिको प्रयासमा व्यस्त हुनुभएपछि बन्दसत्र शुरु हुन समय लाग्ने भएको हो । नेतृत्व चयनका लागि सहमती जुटाउन एमाले अध्यक्ष ओली छलफलमा बस्नुभएपछि अहिले बन्दसत्र हुन�. . .
काठमाडौँ ।काठमाडौँ महानगरपालिका–१३ सोल्टी दोबाटोबाट सुन कछुवासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूका साथबाट कछुवासहित रु ३६ हजार ६५५ पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडाँैले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङ, तनहुँ घर भई क. . .
ललितपुर । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त पाटन दरबार क्षेत्रका सम्पदाको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत ती क्षेत्रका सम्पदाको पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न भइसकेको छ । काठमाडौँ उपत्यकाको तीनवटै जिल्लामध्ये ललितपुरको पाटन क्षेत्रमा भूकम्पबाट क्षतिग्रस�. . .
काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार १०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९१ हजार ९०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु २०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजक�. . .
सुकदेव बस्नेत जाजरकोट । जाजरकोटमा बस दुर्घटनामा मृत्यु भएकाको नाम ठेगाना खुलेको छ । मृत्यु हुनेमा कुशे ९ जाजरकोट कि १८ वर्षिया अनिला नेपाली र आठबिसकोट ५ रुकुम पश्चिमकी २४ वर्षकी सन्ध्या मल्ल शाही हुनुहुन्छ । त्यस्तै नलगाड ३ करुवा जाजरकोटका २६ वर्षीय शेरबहादुर परियार, आठ्बिसकोट ४ निवासी ४ वर्षीया दि�. . .
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकार वैदेशिक रोजगारीबाट फर्केकाहरूको पुनः एकीकरण गर्ने योजनामा रहेको बताउनुभएको छ । यही मङ्सिर १६ र १७ गते राजधानीमा हुने द्विपक्षीय श्रम सम्झौतासम्बन्धी संयन्त्र नेपाल–कतार संयुक्त कार्यसमितिको बैठक तयारीका सिलसिलामा सर�. . .
काठमाडौँ । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले लोकतन्त्र सुदृढ बनाउन, संविधानलाई अक्षरसः कार्यान्वयन गर्न र विधिको शासन अवलम्बन गर्न कांग्रेस बलियो बन्नुपर्ने बताउनुभएको छ । कांग्रेसको रुपन्देही जिल्ला सभापतिमा रामकृष्ण खाण सर्वसम्मत चयन भएपछि शनिबार घोषणासभामा बोल्दै उहाँ�. . .
चितवन । चितवनको राप्ती नगरपालिकाको एउटा घरमा आगलागी हुँदा दुईजना बालवालिकाको जलेर मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर १ मैनाटारस्थित जीतबहादुर रुम्बाको घरमा शनिबार आगलागी भएको थियोे । आगलागीमा परी जितबहादुरको छोरातर्फको नाति ३ वर्षीय सुरज र उनकै छोरीतर्फको ३ वर्षीय नातिनी मनिसा तामाङको जल. . .
काठमाडौँ । निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आगामी छ-सात महिनाभित्र आयोजनाबाट १४ दशमलव आठ मेगावाट विद्युत् उत्पादन हुने छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको स्थलगत निरीक्षण समेत गर्नुभएको थियो । बाढी पहिरो, भूकम्प, कोभिड �. . .
जयपृथ्वी । जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीकोे कुटपिटबाट मृत्यु भएको छ । सोही वडाका दीपेन्द्र थापाले कुलीबाँध घाटमा आगो तापिरहेका बेला एकआपसमा भनाभन हुँदा भण्डारीलाई आगोको अगुल्टाले हान्दै कुटपिट गरेका जनाइएको छ । घाइते भण्डारीलाई शनिबार राति उपचारका लागि जिल्ला अस्पताल ल�. . .
पुर्नवास । पुर्नवास नगरपालिका–६ मिलनबजार क्षेत्रबाट सशस्त्र प्रहरीले आज लागुऔषध नेट्राभेट–१० सहित तीन जनालाई पक्राउ परेको छ । से४प ३३००८ नंको मोटरसाइकलमा भारततर्फबाट आउँदै गरेका कैलाली उपमहानरपालिका–१ एलएनचोक बस्ने वर्ष २० का रोहित पार्की र सोही मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका–१० मा. . .
काठमाडौँ । सुरु भएको पाँच वर्षपछि पहिलो पटक फोरजी प्रयोगकर्ताको हिस्सा थ्रीजीभन्दा बढी भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको असोजसम्मको तथ्याङ्कअनुसार देशभर एक करोड २८ लाख ६० हजार फोरजी प्रयोगकर्ता छन् जब कि थ्रीजी प्रयोगकर्ता एक करोड २५ लाख ८७ हजार रहेका छन् । यस हिसाबले थ्रीजीको त�. . .