भैरहवाको बुद्धचोकमा भारतीय नम्बरको ट्रकको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया–१ बस्ने ४१ वर्षीय जीवराज बस्याल रहेको जिल्ला प्रहरी कार्यायका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो । करिब ११ बजे बुद्धचोकमा युपी ४२ एपी ४३५२ नंको भारतीय ट�. . .
देशभर पछिल्लो २४ घण्टामा थप पाँच हजार ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ५६० जनाको नमूना परीक्षण गरिएको थियो । तेह्र हजार ४७४ जनाले पिसिआर र सात हजार ८६ जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३०६ जना कोरोना भ. . .
नेपाल उद्योग परिसङ्घले मुलुकमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन तथा निर्यात प्रवद्र्धनसँगै प्राकृतिक सौन्दर्यको खानी देशको पर्यटनको विकासलाई केन्द्रमा राखेर काम गर्न अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीसँग आग्रह गरेको छ । परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाललगायत पदाधिकारीहरूस�. . .
जिल्लामा माघी पर्व नजिकिएसँगै यहाँका सहर तथा गाउँघरका बजारमा तरुल, पिडालु सखरखण्डलगायत कन्दमुल किन्न मानिसको निकै भीड बढ्न थालेको छ । यहाँका प्रमुख व्यापारी केन्द्र पिपल्ला, दिपायल, राजपुर, सिलगढी तथा अन्य बजार बुडर, गैरा, विपीनगरमा जङ्लमा पाइने तरुल किन्नेको निकै भीड लाग्न थालेको छ । माघी पर्वका ला�. . .
बागलुङ । दुई साताअघि गलकोटको व्यापारिक केन्द्र हटिया बजारस्थित सिवाइसी बचत तथा ऋण सहकारीको सदस्य सेवा केन्द्रमा चोरी भयो । लुटेराले मध्यरातमा झ्याल फोडेर कार्यालयभित्र छिरी नगद रु छ लाख ५४ हजार लगे । सहकारीका सहसचिव सुवास आचार्यले चोरले ‘भल्ट’ नै तोडेर पैसा लुटेको बताउनुभयो । “सबैभन्दा सुरक्षित म. . .
बडीमालिका नगरपालिकाले दसौँ नगरसभाबाट पाँचवटा गौरवका योजना अघि सारेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बुढाकोर्ध फूल चढाउने केबुलकार आयोजना, बूढीगङ्गा नदी नियन्त्रण तथा जीविकोपार्जन परियोजना, नगरस्तरीय खेलकुद पूर्वाधार विकास आयोजना सञ्चालन गर्ने उपप्रमुख कविता विष्टले बताउनुभयो । यसैगरी �. . .
काठमाडौँ । अहिले देखिएको कोरोना भाइरस सङ्क्रमणले धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने चिकित्सकले जनाएको छ । सङ्क्रमणको दोस्रो लहरले अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता परेपनि अहिले देखिएको ओमिक्रोन भेरियन्टका कारणले सङक्रमित हुने धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने भएको चिकित्सकल. . .
नेकपा ९एमाले०का महासचिव शङ्कर पोखरेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । परीक्षण गराउँदा उहाँमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । आफूलाई सङ्क्रमण भएपछि नेता पोखरेलले आफ्ना सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो । फोटो:फाइल. . .
जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत रसुवाले एक युवालाई जन्मकैदको फैसला सुनाएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चले घर भई रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बस्दै आएका २१ वर्षीय यमप्रसाद भट्टराईलाई उक्त सजाय दिइएको हो । जिल्ला अदालतका न्यायाधिश राजेन्द्र नेपालको एकल इजलासले उक्त फै. . .
पर्वत । विहादी गाउँपालिकास्थित सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक लगाइएको छ । पवित्र कालीगण्डकी किनारमा रहेको शालिग्राम शिलामा वर्षेनी ठूलो मेला लाग्ने गर्दछ । बढ्दो कोभिड सङ्क्रमणका कारण मेला लगाउन रोक लगाइएको हो । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण. . .
त्रिशूली । नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाइ मेला यस वर्ष नहुने भएको छ । कोभिड–१९ को जोखिम वृद्धि हुँदै गएसँगै रोग नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएसँगै ऐतिहासिक महत्व तथा वर्षौँदेखि सञ्चालन गरिँदै आएको गोरु जुधाई प्रतिस्पर्धा न�. . .
तनहुँ । तनहुँमा पुनः कोरोना सङ्क्रमण बढ्न थालेको छ । बिहीबारसम्म ६ स्थानीय तहमा सक्रिय सङ्क्रमित रहेका छन् । स्वास्थ्य कार्यालयका सूचना अधिकारी शङ्करबाबु अधिकारीका अनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १९ पुगेको छ । भानु नगरपालिकामा पाँच, व्यासमा ६, शुक्लागण्डकीमा एक, भिमादमा दुई, ऋषिङ गाउँप�. . .