देशको खबर

नापी अधिकृत एक लाख घूससहित पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ नं नापी कार्यालय टीकाथलीका नापी अधिकृत प्रेमचन्द्र झालाई  एक लाख ५० हजार घूससहित नापी कार्यालय परिसरबाटै आज पक्राउ गरेको छ । आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार नापी अधिकृत झाले एक सेवाग्राहीसँग घूस मागिरहेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको �. . .


एमालेको आयोजनामा राजधानीमा वृह्त जन प्रदर्शन हुँदै

काठमाडौं, पुस २२ एमाले तथा विभिन्न नौ राजनीनितक दलले आज (शुक्रबार) राजधानीमा वृहत जनप्रदर्शन गर्ने भएका छन् । ५ नम्बर प्रदेशलाई टुक्र्याउने गरि ल्याइएको संविधान संशोधनको प्रस्ताव राष्ट्र हितमा नभएको भन्दै त्यसको विरोधस्वरुप नेकपा एमाले लगायत विभिन्न नौ राजनीतिक दलले राजधानीमा लाखौंको संख्यामा जन. . .


स्ववियु निर्वाचनका लागि उम्मेदवारको हदबन्दी २८ वर्ष

काठमाडौं—त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा उम्मेदवार हुन पहिलो पटक उमेरको हदबन्दी तोकेको छ। त्रिविको ४२ औं साधारण बैठक (सिनेट)ले स्ववियु निर्वाचनका लागि उम्मेदवारको हदबन्दी २८ वर्ष तोकेको त्रिविका विद्यार्थी तथा खेलकुद कल्याण शाखा प्रमुख गङ्गावहादुर थाप. . .


बरिष्ठ रंगकर्मी विष्णुभक्त फुयाँल रहेनन्

काठमाडाैं, पुस १९ पुराना रंगकर्मी विष्णुभक्त फुयाँलको नाटकमा अभिनय गर्दा गर्दै निधन भएको छ। जमल स्थित नाचघरमा मञ्चन भइरहेको बद्री अधिकारी निर्देशित नाटक ‘महर्षी याज्ञबल्क्य’ मा डायलग बोल्दा बोल्दै ७९ बर्षीय फुयाल बेहोस भएका थिए। बेहोस भएका उनलाई वीर अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याइएका उनल�. . .


तलब माग्दै अस्पतालको काम ठप्प

भरतपुरः बिरामी र कुरुवा डाक्टरको कोठा अगाडि लाइनमा छन् । उभिँदा–उभिँदा पट्यार लागेर कोही भुइँमा बसिरहेका छन् । अधिकांश निकै निराश देखिन्छन् । यो दृश्य हो– भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालभित्रको । अस्पतालका चिकित्सक, अन्य कर्मचारी साउन महिनादेखि बढेको तलब नपाएको भन्दै सोमबार क�. . .


ट्रान्सक्रिप्टका लागि अनलाइनबाट नै फारम भर्ने तयारी

काठमाडौं,पुस १९ – त्रिविले विद्यार्थीलाई ट्रान्सक्रिप्टका लागि अनलाइनबाट नै फाराम भर्ने तयारी गरेको छ। बाहिरका विद्यार्थीलाई ट्रान्सक्रिप्टको फाराम भर्नका लागि काठमाडौँ आउने झन्झट हटाउन अनलाइनबाट नै फाराम भर्ने तयारी गर्न थालिएको त्रिवि, परीक्षा नियन्त्रण कार्यालय, बल्खुका परीक्षा नियन्त्रक के. . .


चिसो बढेपछि डडेल्धुराका सरकारी विद्यालय ३० दिनका लागि बन्द

डडेल्धुरा, पुस १९—पुस १५ पछि एकाएक चिसो बढेपछि डडेल्धुराका सरकारी विद्यालय ३० दिनका लागि बन्द गरिएका छन् । पछिल्लो समय चिसोका साथै शीतलहर पनि बढेपछि विद्यालयमा हिउँदे बिदा गरिएको विभिन्न स्कुलका प्रधानाध्यापकले जनाएका छन् । अत्यधिक चिसो र मौसममा समेत आएको परिवर्तनका कारण विद्यालय बन्द गर्नुपर्ने . . .


क्लासिक टेकको अंग्रेजी नया बर्षकाे अवसरमा बिभिन्न याेजना

अंग्रेजी नया बर्षकाे अवसरमा इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले अाफ्ना ग्रहकहरूमाझ बिभिन्न याेजनाहरू ल्याएकाे छ । छाेटाे समयमै पूर्वाञ्चलमा स्थापित लाेकप्रिय बनीसकेकाे क्लासिक टेक इन्टरनेट पछिल्लाे समय ग्राहकहरूकाे पनि राेजाइमा पर्दै अार्इरहेकाे छ । नेपालमै पहिलाे पटक GPON प्रविधीमा अाध�. . .


श्रीमतीलाई जबर्जस्ती गर्न खोज्ने श्रीमान् पक्राउ

डोल्पा । आफ्नी श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न खोजेको आरोपमा यहाँका एक पुरुष पक्राउ परेका छन् । काइगाउँ गाविस–९ बस्ने २४ वर्षीय विसाकुमारी विकका श्रीमान् गणेश विक पक्राउ परेका हुन् । उनले पटक पटक मादक पदार्थ सेवन गरेर श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न दबाब दिने र नमानेपछि श्री. . .


बौद्धधर्म अन्तर्गत महायान् सम्प्रदायको तमु ल्होछार आज हर्षोल्लासका साथ मनाइदै

बौद्धधर्म अन्तर्गत महायान् सम्प्रदायको सांस्कृतिक पर्व तमु ल्होछार आज काठमाडौंँ उपत्यकालगायत गुरुङ बाहुल्यता क्षेत्रमा हर्षोल्लासका साथ मनाइदैछ । गुरुङ समुदायले आज नयाँ वर्षका रुपमा २५९९ औं चरा अर्थात झ्या ल्होछार मनाउन लागिएको हो ।गुरुङ जातिले हरेक वर्ष पूष १५ मा तमु ल्होछार मनाउँने गर्दछन् । न�. . .


निःशुल्क डायलाइसिस सेवा दिन थप ११ अस्पताललाई अनुमति

स्वास्थ्य मन्त्रालयले मृर्गाैला रोगीलाई निःशुल्क डायलाइसिस सेवा दिन थप ११ अस्पताललाई अनुमति दिएको छ । यो अनुमतिसँगै देशभरका ४३ अस्पतालवाट निःशुल्क डायलाइसिस सेवा उपलब्ध हुनेछ । सेवाग्राहीको सहजताका लागि सरकारले वीरेन्द्र सैनिक अस्पताल र १० निजी अस्पतालसहित ११ वटा स्वास्थ्य संस्थालाई अनुमति दि�. . .


वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन

वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा आज निधन भएको छ । मदन पुरस्कार गुठी र मदन पुरस्कार पुस्तकालयका अध्यक्षसमेत रहेका दीक्षितको बिहान करिब २: ४५ मा निधन भएको हो।केही समय देखि श्वासप्रश्वासको समस्याबाट ग्रसित उहाँको बीएन्डबी अस्पतालमा उपचार भइरहेकोमा उपचारकै क्रममा निधन भएको हो । मात�. . .