देशको खबर

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ४५

१. नेपाल सरकारले आन्तरिक हवाई सेवा कहिले देखि सुचारु गरेको छ ? ~ २०७७ असोज ०५ २. नेपाल सरकारले संविधान दिवसको अवसरमा ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ मानपदवीबाट कसलाई सम्मान गरेको छ ? ~ डा. सन्दुक रुइत [संविधान दिवसको अवसरमा नेपाल सरकारले ५९४ जनालाई मानपदवी(४५३ जना), अलंकार (११४जना) र पदक(२७ जना)बाट सम्. . .


नेपाली एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा, के के छन् अफर ?

मुलुकको आन्तरिक उडान सञ्चालन भएसँगै वायुसेवा प्रदायक कम्पनीबीच सस्तो भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ । बन्दाबन्दीको छ महिनापछि यही असोज ५ गतेदेखि शुरु भएको आन्तरिक उडानमा यात्रुलाई आकर्षण गर्न वायुसेवा कम्पनीले विभिन्न प्याकेज तथा आकर्षक अफर सार्वजनिक गरिरहेका छन् । खासगरी ठूला व. . .


खाली भयो धौलागिरि कोभिड अस्पताल, सबै संक्रमणमुक्त

गण्डकी प्रदेशमै पहिलोपटक कोभिड–१९ का बिरामीको उपचार थालेको धौलागिरि अस्पतालका सबै बिरामी निको भएपछि खाली भएको छ । सङ्क्रमण पुष्टि भएर पछिल्लो पटक उपचाररत तीन जनाको समेत नेगेटिभ रिपोर्ट आएपछि अस्पतालमा कोभिड–१९ का बिरामी छैनन् । चैतको १५ गते बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीलाई आइसोलेसनमा रा�. . .


खाडी मुलुकमा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुने

सरकारले १ अक्टोबर (असोज १५) देखि खाडी मुलुकहरु कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ । यसअघि भदौ १६ देखि शुरु भएको अन्तर्राष्ट्रिय उडानमा पिसिआर परीक्षण सहज नभएकाले ती मुलुक नियमित उडान भएको थिएन । अहिले चार्टर्ड र उद्धार उडानमात्र भइरहेको छ । संस्कृति, पर्यटन त�. . .


सकिने समयमा मनसुन थप सक्रिय, बाढी पहिरोको जोखिम कायमै

केही दिन अघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए । त्यसैको प्रभाव दुई÷चार दिन नेपालमा पनि मौसम सफा बनेको थियो तर भारतमा बनेको उच्च चापीय क्षेत्र एकासी विलाएर पुनः न्यून चापीय क्षेत्र बन्यो । सोही क्षेत्रका कारण मौसम पूर्ण बदलीमा परिणत भएको. . .


माछा मार्न सीमाक्षेत्रमा गएका चार नेपाली नागरिक भारतीयको नियन्त्रणमा, अवस्था अज्ञात

माछा मार्न सीमावर्ती क्षेत्रमा गएका बेलडाँडी गाउँपालिका–४ बैवाहाका चार जनालाई भारतीय व्यक्तिहरुले नियन्त्रणमा लिई सोमबार साँझ अज्ञात स्थलतर्फ लगेका छन् । गाउँपालिकाको वडा नं ५ नजिकको खल्लाबाट चारै जनालाई भारतीयले नियन्त्रणमा लिएका हुन् । सीमास्तम्भ नम्बर ७८५-२ र ७८६ को बीचमा रहेको खल्लामा माछा �. . .


६ महिना पछि तुम्लिङटार विमानस्थल सञ्चालनमा

लकडाउनको झन्डै छ महिनापछि सङ्खुवासभाको तुम्लिङटार विमानस्थल सञ्चालनमा आएको छ । सोमबार बुद्ध र यति एयलाइन्सले तीन उडान गरेको छ । बुद्धले काठमाडौँ तुम्लिङटार, तुम्लिङटार विराटनगर र तुम्लिङटार काठमाडौँ उडान गरेको छ । त्यस्तै यतिले काठमाडौँ तुम्लिङटार काठमाडौँ एक एक उडान गरेको छ । स्वास्थ्य मापडण्डको. . .


महामारीले दश प्रतिशत पत्रकार बेरोजगार

कोरोनाको महामारी र बन्दाबन्दीले दश प्रतिशत पत्रकार बेरोजगार भएका एक अध्ययन प्रतिवेदनले देखाएको छ । नौ प्रतिशतको तलब कटौती भएको र २० प्रतिशत पत्रकारले तलब पाउन सकेका छैनन् । एक तिहाइले चार महिनादेखि तलब पाउन नसकेको अध्ययनले देखाएको हो । नेपाल पत्रकार महासंघ र सेयरकास्ट इनिसिएटिभ नेपालको सहकार्यमा अ�. . .


बङ्गलादेशबाट मल ल्याउन भारतले सहयोग गर्ने

बङगलादेशबाट रसायनिक मल नेपाल ल्याउन भारत सरकारले सहयोग गर्नेभएको छ । सोमबार कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुषाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच मन्त्रालयमा भएको भेटवार्तामा राजदूत क्वात्राले सहयोग गर्ने बताउनुभएको हो । बंगलादेशबाट नेपाल सरकारले ५० हजार मेट्रिक टन यु�. . .


अनसनरत डा.केसीलाई थप उपचारका लागि काठमाडौँ पठाइयो

जुम्लामा आठ दिनदेखि अनसनरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । तीन दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत डा केसीलाई सोमबार समिट एयरबाट जुम्लादेखि काठमाडौँ पठाइएको प्रतिष्ठान अस्पताल निर्देशक डा मङ्गल रावलले जानकारी दि�. . .


सार्वजनिक यातायातमा एक सिटमा एक जना मात्र बस्न आग्रह

सार्वजनिक यातायातमा एक सिटमा एक जना मात्र बसी यात्रा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यात्रा गर्दा झ्याल खुला राख्ने, बसमा चढ्दा ओर्लदा स्यानिटाइजर प्रयोग गर्ने र का�. . .


नेपालमा १६ वर्ष उमेरकालाई बढी मानसिक समस्या

१६ वर्ष उमेर समूहका किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण आज सार्वजनिक गर्दै १६ वर्ष उमेरका ७.७ प्रतिशत किशोरकिशोरी बढी मानसिक समस्यामा पर्ने गरेको देखिएको परिषद्का कार्यकारी निर्दे�. . .