देशको खबर

आजदेखि नयाँ ऐन कार्यान्वयनमा, ६ वटा अपराधमा जीवनभर कैद

विराटनगर, १ भदाै । मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता आजदेखि कार्यान्वयनमा आएको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । राणाले बेलायतको भ्रमणपछि प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिलाई आधार बनाएर म�. . .


अाज नागपञ्चमी : चट्याङ, अग्नि र सर्पको भयबाट बँच्न नागपूजा गरिँदै

पूर्णप्रसाद मिश्र काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्�. . .


जीवित भएको प्रमाण लिन पनि कर

काठमाडौं,३१ साउन । बेपत्ता भएको कुनै नागरिक जिउँदै छु भनेर फर्किए नगरपालिकामा कर बुझाउनुपर्ने भएको खबर आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । रुकुम (पूर्व) र (पश्चिम)का स्थानीय तहहरूले कुनै व्यक्ति जीवित रहेको प्रमाणित गर्न कर उठाउन थालेका छन् । रुकुम (पश्चिम)को आठबिसकोट नगरपालिकाले यसबापत पाँच सय र. . .


नेपाल प्रहरीका ४ डीआईजीको सरुवा

काठमाडौं, ३० साउन । नेपाल प्रहरीका ४ डीआईजीको सरुवा भएको छ ।  गृह मन्त्रालयले बुधबार डीआईजी महेश विक्रम शाह, सुरेश विक्रम शाह, सुरज केसी र धिरु बस्नेतको सरुवा गरेको छ । निर्णयअनुसार महेश विक्रम शाहको प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर ६ सुर्खेतमा सरुवा भएको छ । यस्तै सुरेश विक्रम शाहको प्रहरी प्रधान �. . .


प्रावि शिक्षक ४५ हजार घुससहित पक्राउ

रौतहट, ३० साउन । रौतहट सदरमुकाम गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयमा कार्यरत प्रावि तहका शिक्षक (लेखा हेर्ने) प्रमोद कुमार ठाकुर घुस रकमसहित पक्राउ परेका छन् । विद्यालय भवन निर्माण कार्य सम्पन्न गरेपश्चात भुक्तानी दिने प्रयोजनका लागि निर्माण व्यवसायीसँग मागेको ४५ हजार घुससहित अख्तियारको टोलीले ठ�. . .


नुवाकोटमा बस दुर्घटनामा ४० घाइते

नुवाकोट, साउन ३० गते । जिल्लाको बुङताङबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस विदुर नगरपालिका–९ लामाटारमा आज दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । बा २ ख २८०४ नंको बसले मिनीट्रकलाई ठाउँ छोड्ने क्रममा सडक भाँसिएर ४० मिटर तल खस्दा बसमा सवार ४० घाइते भएका नुवाकोटका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर क�. . .


मुलुकी देवानी संहिता भदौ १ देखि लागू हुदै

काठमाडौँ, साउन ३० गते । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी आगामी भदौ १ गतेदेखि ‘मुलुकी देवानी (संहिता), २०७४ कार्यान्वयनमा ल्याइने भएको छ । राणा शासन ताका प्रचलित धर्म, परम्परा, प्रथा, प्रचलन र रीतिथितिलाई आधार बनाएर निर्माण गरिएको मुलुकी . . .


सबै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गरिने

काठमाडौं । सरकारले सबै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारीको अवसर सृजना हुनेगरी ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गर्न लागिएको जानकारी दिएका हुन् ।  बुधबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको सार�. . .


बानेश्वरमा होस्टलको छतबाट खसेर एक जना विद्यार्थीको मृत्यु

बानेश्वरमा होस्टलको छतबाट खसेर एक जना विद्यार्थीको मृत्यु भएको छ ।   प्रयाग मार्गस्थित ओम शान्ती होस्टेलको तेस्रो तलाको छतबाट खसेर सर्लाही मलगंवा नगरपालिका–१० का सन्तोषकुमार कर्णको ४ वर्षीया छोरी साक्षीकुमारी कर्णको मृत्यु भएको हो । होस्टेलको छतबाट जमिनमा खस्दा गम्भीर घाइते भएकी बालिकाको नाग. . .


फौजदारी अभियोग साबित भए बिहे निषेध

काठमाडौं,  ३० साउन । नयाँ मुलुकी देवानीसंहिता ऐन, २०७४ को भाग ३ मा पारिवारिक कानुनको व्यवस्था गरिएको छ । अब फौजदारी अभियोगमा सजाय भोगेकाले विवाह गर्न पाउनेछैनन् । देवानीसंहिता ऐनको दफा ७१ अनुसार विवाह गर्न हुने र नहुने, विवाह बदर गर्न सकिनेलगायत व्यवस्था गरिएको छ । दफाको २ (छ) मा नैतिक पतन देखिने फौजदार�. . .


अब सडकमा बसेर माग्न नपाइने !!

काठमाडौं । भदौ १ गतेदेखि लागु हुने मुलुकी अपराधसंहिता ऐन–२०७४ ले अब सडकमा बसेर माग्न नपाइने व्यवस्था गरेको छ । ऐनमा  अब कसैले कुनै सार्वजनिक स्थानमा भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा भिक्ष�. . .


नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदबाट बर्खास्त

काठमाडौं साउन ३० । सरकारले नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदबाट बर्खास्त गरेको छ । मंगलबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । कार्यकाल सकिन एकवर्ष बाँकी हुँदा उनलाई सरकारले कार्यसम्पादन सही नभएको भन्दै बर्खास्त गरेको छ । उनी खुला प्रतिष्पर्धाबाट प्रव�. . .