देशको खबर

आफैँले पढाउने चार बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रधानाध्यापकलाई पाँच वर्ष कैद

पर्वत, फागुन १६ गते । आफैँले पढाउने चार बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापकलाई पर्वत जिल्ला अदालतले पाँच वर्ष कैद सजाय तोकेको छ । जिल्ला अदालत पर्वतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले फलेवास नगरपालिका–६ देवीस्थानमा सञ्चालित माझीगाउँ प्राथमिक विद्यालयका प्रधा. . .


आजका लागि तय भएको प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने गरी स्थगन

काठमाडौँ, फागुन १६ गते । आजका लागि तय भएको प्रतिनिधिसभाको बैठक शुक्रबार दिनको ३ बजे बस्ने गरी स्थगन भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले आज एक सूचनामार्फत् आजको बैठक स्थगन भएको जानकारी दिनुभयो । बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी प्रतिनिधिसभा सदस्य एवं संस्. . .


हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्ला कास्कीमा हुने

पोखरा, फागुन १६ गते । हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उहाँको गृह जिल्ला कास्कीमा हुनेभएको छ । कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्�. . .


१२ वर्षपछि काठमाडौँ उपत्यकामा हिमपात

भक्तपुर, फागुन १६ गते । भक्तपुर शहरमा १२ वर्षपछि हिमपात भएको छ । भक्तपुरलगायत काठमाडौँ उपत्यकामा आज बिहानै हिमपात भएको हो । भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात हँुदा जनजीवन प्रभावित भएको छ । भक्तपुर, मध�. . .


हेलिकप्टर दुर्घटना बारे गृह मन्त्रालयकाे पत्रकार सम्मेलन, मन्त्री र पीएसओकाे मात्र शव चिन्न सकिने

काठमाडौँ, १५ फागुन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर बुधबार ताप्लेजुङको मयम, तारेभिरमा दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा सवार सातै जनाको निधन भएको छ । गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी सो हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित. . .


आफ्नै श्रीमतीलाई मदिरा सेवन गरी पटक–पटक इच्छाविपरित यौन सम्पर्क गरेको आरोपमा श्रीमान पक्राउ

अछाममा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । चौरपाटी गाउँपालिका–५ निबासी ४५ वर्षीय रमेश (नाम परिवर्तन) आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । आफूलाई जबरजस्ती करणी गरेको भनी श्रीमतीले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मद�. . .


उपसचिव सञ्जेलको बिलौनाः सरकारले अन्याय ग¥यो अब अदालत जान्छु

काठमाण्डौ,१५ फागुन । नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले सरकारले आफूमाथि अन्यायपूर्ण व्यवहार गरेको दावी गर्दै न्यायका लागि अदालत जाने बताएका छन् । उपसचिव सञ्जेलले निजामती कर्मचारी ऐन विपरित आफूलाई ७० दिन पनि नपुगी विराटनगर श्रम कार्यालयबाट सरुवा गरिएको तथा तलवसमेत रोक्का गरेको उल्लेख गर्�. . .


सिरहामा स्थानीयबीच झडप, आठजना घाइते

सिरहा, १५ फागन । सिरहाको नरहा गाउँपालिका–३ खोरिया टोलमा स्थानीयबीच झडप हुँदा आठजना घाइते भएका छन् । घाइते हुनेहरुमा अबदुल रहमान, सुलुकन खातुन, फिरोज अन्सारी, मोहमद अन्सारी, तलसिन राईन र फलटेन खातुन रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनीहरुको चोहर्वा र गोलबजारका अस्पतालमा उपचार भइरहेको छ. . .


पाँच मिनेटको फरकमा दुई पटक भुकम्प

काठमाडौं । मंगलबार दिउँसो पाँच मिनेटको फरकमा दुई पटक भुकम्प गएको छ । दोलखा र सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको हो । भुकम्प मापन केन्द्रका अनुसार दिउँसो ४ बजेर १५ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्नेच्युटको साथै ४ बजेर २० मिनेट जाँदा ४ दशमलव १ रिक्टरस्केलको भूकम�. . .


रुपन्देहीमा भारतीय नागरिकलाई जिउँदै जलाउने प्रयास

 बुटवल, १४ फागुन । रूपन्देहीको शुद्धोधन गाउँपालिमा एक भारतीय नागरिकलाई जिउँदै जलाउने प्रयास भएको घटना बाहिर आएको छ । शुद्धोधनस्थित दानव नदीमा मजदुरी गर्दै आएका भारतीय नागरिक शिशु धवालाई गएको आइतबार मदिरा सेवन गरी स्थानीय तीन जना युवाहरुले जलाउने प्रयास भएको घटना बाहिर आएको हो । घटना आइतबार राति १० �. . .


भारतबाट अवैध रूपमा ल्याइएको ४० हजार अण्डा नष्ट

भरतपुर । भारतबाट अवैध रूपमा ल्याइएको ४० हजार अण्डा नष्ट गरिएको छ । चितवनको भरतपुरस्थित मिलन ह्याचरी र परासीको बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीले भारतबाट अवैध रूपमा ल्याएको अण्डा नष्ट गरिएको हो । सोमबार भरतपुर–५ तोरीखेतस्थित मिलन ह्याचरीले ल्याएको १० हजार अण्डा र बर्दघाटमा रहेको त्रिवेणी सङ�. . .


राप्रपाः हिन्दूराष्ट्र कायम गराउन मेची महाकाली यात्रा

काठमाडौँ, फागुन १४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दूराष्ट्र कायम गराउनका लागि दबाब दिन बुधबारदेखि मेची महकाली यात्रा गर्दैछ । यही फागुन १५ गते ताप्लेजुङबाट शुरु भई मुलुकका ३६ जिल्लामा हुने उक्त यात्रा काठमाडौँमा आएर समापन गरिने छ । दुई हजार ८०० किल. . .