देशको खबर

एक भोट खसाल्न ४ हजार खर्च , तिन दिनको यात्रा गर्नुपर्ने !!

ताप्लेजुङ, मङ्सिर ८ गते ।   फक्ताङ्लुङ गाउँपालिकाको याङ्मा र गोला भारत र चीनको सिमानामा अवस्थित छन् ।  यी दुई ताप्लेजुङको अत्यन्त विकट स्थान हुन् ।  याङ्मा र ग्याब्लामा क्रमशः ५७ र ४९ जना मतदाता छन् । यहाँको एक मत सुरक्षित गर्न सुरक्षाकर्मीको खर्चबाहेक निर्वाचन आयोगले मात्र रु. चार हजारभन्दा बढी खर्च ग. . .


माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप , एकजना गम्भीर घाइते

नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा एकजना गम्भीर घाइते भएका छन् । झडपमा परी सानीभेरी गाउँपालिका–७ का वडाध्यक्ष कुलबहादुर बुढाकी श्रीमती कल्पना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार साँझ मुसिकोटमा भएको चुनावी सभामा सहभागी भएर घर फर्कंदै गर्दा माओवाद�. . .


पहिलो चरणमा मंसिर १० गते हुने निर्वाचनको लागि ३२ जिल्लामा मौन अवधी सुरु

पहिलो चरणमा मंसिर १० गते आइतबार निर्वाचन हुने ३२ जिल्लामा बिहीबार राति  १२ बजेपछि निर्वाचन मौन अवधि सुरु हुने भएको छ ।मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा �. . .


जनकपुरधाममा भोलि हुने भगवान् सीता–राम विवाह महोत्सवको रौनक

जनकपुरधाम, मंसिर ६ गते । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भोलि हुने भगवान् सीता–राम विवाह महोत्सवको रौनक बढेको छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासले यो पर्वलाई विशेष महोत्सवका रूपमा मनाउँदै आएका छन् । यो महोत्सवमा नेपाल, भारतलगायत अन्य राष्ट्रका धार्मिक पर्यटक सहभागी हुँ�. . .


नक्कली प्रमाणपत्र बनाउने आठ जना पक्राउ परे

काठमाडौँ (रासस) । अमेरिका जाने ‘डिभी’ चिट्ठा परेपछि नक्कली प्रमाणपत्र बनाउने दुई र सो बनाउन सहयोग गर्ने छजना गरी आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुलीको तीनपाटन–४ का रुद्रबहादुर मोक्तान, ताप्लेजुङको खेवाङ–२ का भुवानीप्रसाद भट्टराई, सत्यविनायक कम्युनिकेशनका सञ्चालक कालीको�. . .


साउदीमा एक नेपालीको मृत्यु

रुकुम (रासस) ।  रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँका २९ वर्षीय मनिराज परियारको सोमबार राति सुतेकै ठाउँमा मृत्यु भएको आफन्तले जनाएका छन् । रोजगारीको सिलसिलामा तीन वर्षअघि साउदी अरब गएका उनी रियादस्थित तुर्की कम्. . .


मतपेटिका ढुवानी गर्न हेलिकप्टर प्रयोग गरिने

सल्लेरी, सोलुखुम्बु, मंसिर ५। सोलुखु्म्बुको अति दुर्गम क्षेत्रबाट केन्द्रसम्म मतपेटिका ढुवानी गर्न हेलिकप्टर प्रयोग गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा बसेको सर्वपक्षीय छलफलमा अतिदुर्गम क्षेत्रबाट मतपेटिका ढुवानी गर्न हेलिकप्टर व्यवस्थापनका लागि निर्वाचन आयोगमा अनुरोध गर्ने न�. . .


डडेल्धुरामा जनप्रतिनिधिद्वारा नै तालाबन्दी

डडेल्धुरा, रासस । डडेल्धुराको अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिकाको कार्यालयमा निर्वाचित जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन् । अमरगढी नगरपालिका डडेल्धुराको कार्यालयमा पाँच वडाका वडाध्यक्षले पाँच दिनअघि तालाबन्दी गरेका हुन् भने भागेश्वर गाउँपालिमा सोमबार तालावन्दी गरिएको छ । कुल ११ वडा रहे�. . .


मन्त्री विक्रम पाण्डेको घर पछाडि राखिएको बम निष्क्रिय

चितवन,  । भरतपुर महानगरपालिका वडा नं २ स्थित वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेको घर पछाडि अज्ञात समूहले राखेको बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार दूधको क्यानमा ग्रिनेट राखेर बनाइएको सानो बम सेनाको बम डिस्पोजल ट. . .


बुबाको किरिया बसेका विप्लवका बैतडी जिल्ला इञ्चार्ज पक्राउ

बैतडी, मंसिर  ५ गते ।  बुबाको किरियामा बस्नुभएका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का जिल्ला इञ्चार्ज वासुदेव जोशीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । जोशीलाई प्रहरीले उनकै घर डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वरबाट पक्राउ गरेको हो । विभिन्न जिल्लामा विप्लव समूहले उच्छृङ्खल गतिविधि गरेर नागरिकला�. . .


राज्यमन्त्री चम्पादेवीको घरमा गएराति बम विस्फोट

बागलुङ, मंसिर ५ गते । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट भएको छ । राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भएको छैन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवारसमेत रहुनभएकी राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासि ठ�. . .


उमेदवारलाई लक्षित गरेर बम हान्ने पक्राउ

नुवाकोट । नुवाकोटका प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का कांग्रेस उमेदवार डा रामशरण महत र प्रदेश नंं २ का उमेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोटन गराउने मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा संलग्न भएको अभियोगमा दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारका अनन्त धिताललाई नियन्�. . .