धन ल्याउँछु भन्दै गएका थियौ उडेर आकाशमा, कस्तो भई गयौ कस्तो भई आयौ काठैको बाकसमा ।। नेपाली लोकदोहोरीका धेरै गीतमा स्वर भरेकी गायीका शान्ति श्री परियारले जब यी शब्दहरूमा भाका हाल्छिन्, तब मन गाँठो पर्न थाल्छ । कोमल हृदयका लागि सहनै नसक्ने चोट बनिदिन्छ । यो गीत पूरा सुनी र हेरिनसक्दै अनायासै आँसु आफैँ ट�. . .
काठमाडाैं । बिहे गर्दा चर्काे रूपमा सुन, गर-गहना दाइजाे दिनुपर्ने विकृति न्यूनीकरण गर्न गृह मन्त्रालयले नयाँ व्यवस्था गर्न लागेकाे छ। बिहेमा दुलाहा पक्षले दुलहीलाई बढीमा ४० ग्राम र दुलही पक्षले दुलाहालाई बढीमा २० ग्राम सुन दिन मिल्ने विधेयक गृह मन्त्रालयले तयार पारेकाे छ। बिहेमा हुने तडगभडक तथा व�. . .
काठमाडौं, जेठ १० । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले जनताबाट अनुमोदित बहुमतप्राप्त वर्तमान सरकार आगामी पाँच वर्षसम्म सन्चालन हुने र कसैले हल्लाएर नहल्लिने बताएका छन् । उनले भने–‘९ महिना, एक वर्ष, दुई वर्ष सरकार टिक्ने र टिकाइराख्ने अवस्था अब सदाका लागि अन्त्य भयो । सुविधाजनक बहुम�. . .
काठमाडौँ, जेठ १० गते । वन्यजन्तुको बासस्थानको क्षेत्र घट्नु, वन्यजन्तुको आहारामा कमी आउनु, वन डढेलोको दर बढ्नु, मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार २०७४ साउनदेखि चैतसम्म बाघ, हात्ती र गैँडाको आक्रमण�. . .
काठमाडौं, १० जेठ । ‘खनालपुर’ विमानस्थलबाट २८ यात्रु बोकेर काठमाडौंका लागि उडेको ‘नक्कली विमान’ दुर्घटनामा परेको छ । दुर्घटनास्थलमा दमकल र एम्बुलेन्सबाट आगो निभाउने र घाइतेको उद्धार गर्ने काम भैरहेको छ । विमानस्थलका कर्मचारी र सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन् । तर यो साँच्चिकै दुर्घटना नभई द. . .
काठमाडौं, १० जेठ । उपत्यका सहित देशका धेरै ठाउँमा रातिदेखि पानी परेको छ । आज दिनभर नै मौसम बदली हुने मौसमविद विभूति पोख्रेलले बताउनुभयो । उहाँका अनुसार अहिले बदली भएको ठाउँको मौसम दुईतीन घण्टापछि खुलेपनि फेरि बदली भएर पानी पर्ने सम्भावना छ । केही ठाउँमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्न सक्ने उहाँले. . .
प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री ओलीको सबैजसो अचल सम्पत्ति श्रीमती राधिका शाक्यको नाममा रहेको छ । भक्तपुर सूर्यविनायक नगरपालिका २ बालकोटमा डेढ रोपनी जग्गामा रहेको तीनतले २ वटा घर श्रीमती शाक्य�. . .
काठमाडौं । डिजिटल भुक्तानी प्रणालीमा उल्लेखनीय भुमिका निर्वाह गर्दै आएको एनआईसी एशिया बंैक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँगको सहकार्यमा रू. १ लाखसम्मको राजश्व छिटो, छरितो, सरल एवं सुविधायुक्त रुपमा ग्राहकले आफ्नो खाताबाट ई–पेमेन्ट मार्फत भुक्तानी गर्न सकिने सेवा संचालनमा ल्याएको छ । ग. . .
पोखरा । हत्या काण्डका फरार अपराधीलाई १९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । मादी गाउँपालिका–९ का अमिरबहादुर रानाभाटको हत्यारा मादी गाउँपालिका–३ का ३८ वर्षीय ‘ठकुरी माइलो’ भन्ने मनबहादुर शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार सर्वोच्च अदालतबाट कर्तव्य ज्�. . .
काठमाडौं, ९ जेठ । केरुङ–काठमाडौैं रेल सञ्चालनबारे चिनियाँ प्राविधिक टोेलीले अध्ययन थालेको छ । चिनियाँ प्राविधिकहरूले काठमाडौंको टोखाबाट रेल परियोजनाको प्रारम्भिक अध्ययन सुरु गरेको हो । यसका लागि सात सदस्यीय चिनियाँ प्राविधिक टोली काठमाडौैं आएको छ । टोखाबाट रेल मार्ग परियोजनाको प्रारम्भिक अध्य�. . .
काठमाडौँ, ८ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समयमा सम्पत्ति विवरण नबुझाउने पदाधिकारी र कर्मचारी गरी १३ हजारसँग जरिवाना असुल गर्न निर्देशन दिएको छ । अख्तियारले राष्ट्रिय सतर्कता केन्द्रको आर्थिक वर्ष २०७३-७४ को वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार १३ हजार ३९० जनालाई जरिवाना गर्न सम्बन्धित �. . .
काठमाडौं, ७ जेठ । राष्ट्रपति बिद्यादेवी भण्डारीले सोमबार संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा शुरुमै उल्लेख गरेको वाक्यांश हो यो । इतिहासकै शक्तिशाली वामपन्थी सरकारले आफ्नो नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै निकै महत्वाकांक्षी कार्यदिशा अगाडि सारेको छ । नीति तथा कार्यक्रमले आगामी ५ व. . .