देशको खबर

निर्मला हत्याकाण्ड : कञ्चनपुरका सीडीओ, एसपी र डीएसपीको सरुवा

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि भएको हत्याको छानबिन गर्न कारागार व्यवस्था विभागका महानिर्देशक सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । टोलीमा तीनओटै सुरक्षा निकायका डीआईजी र आन्तरिक तथा कानुन मन्त्रालय प्रदेश नम्बर ७ का एक–एक जना प्रतिनिधि रहनेछन् । टोलीला. . .


कञ्चनपुरमा कर्फ्यु आदेश जारी

कञ्चनपुर भदौ ७ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै सुरु भएको आन्दोलन उग्र बनेपछि कर्फ्यु आदेश जारी गरिएको छ ।   आन्दोलनले उग्र रुप लिएपछि बिहीबार दिउँसोबाट अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी गरिएको हो । यसअघिस्थितिलाई नियन्�. . .


कञ्चनपुरमा प्रहरीले आन्दोलनकारीमाथि गोली चलायो, ४ जना घाइते

काठमाडौं ।  निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै शुरु भएको आन्दोलनमा प्रहरीले गोली चलाएको छ । गोली प्रहारबाट ४ जना घाइते भएका छन् । प्रत्यक्षदर्शी पत्रकार अम्बादत्त तिवारीका अनुसार प्रहरीले वडा प्रहरी कार्यालय नजिकै गोली चलाएको हो । प्रहरीले निर्मलाको बलात्कारमा संलग. . .


चिनियाँ प्रविधिको मकै अब नेपालमा

काठमाडौं (रासस) । मकै उत्पादन तथा त्यसको उत्पादकत्व बढाउने र दक्ष जनशक्ति तयार गर्ने अभिप्रायले सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाका लागि  तालीम आयोजना गरिएको छ । हाइब्रिड मकै उत्पादनसम्बन्धी विभिन्न प्रविधिका बारेमा जानकारी दिन आयोजित  सो तालीममा कृषि मन्त्रालय, कृषि विभाग, नार्क र सरकारी एवं �. . .


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६५ जिल्लाको नेतृत्व बाँडफाँड

काठमाडौं, ७ भदाै ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६५ जिल्लाको नेतृत्व बाँडफाँड भएको छ । प्रदेश र जिल्ला एकीकरणका लागि गठित कार्यदलहरूले बुधबारसम्म ती जिल्लामा नेतृत्व बाँडफाँड गरेका हुन् । ६५ मध्ये पूर्वएमालेले ३९ र पूर्वमाओवादीले २५ जिल्ला अध्यक्ष पाउने गरी कार्यदलहरूले प्रतिवेदन बुझाएका छन् । . . .


विवाह गर्न चाहने जोडीले अब उमेर पुगेको कागजात प्रस्तुत गरेर मात्र विवाह गर्न पाउने

काठमाडौँ, ७ भदाै । गुह्येश्वरी मन्दिरमा विवाह गर्न चाहने जोडीले अब त्यहाँका पूजारीलाई विवाह गर्न योग्य उमेर पुगेको कागजात प्रस्तुत गरेर मात्र विवाह गर्न पाउने भएका छन् । देवस्थलमा हुने विवाहमा सम्वद्ध देवस्थलको समितिमा उमेर पुगेको कागजात प्रस्तुत नगरी विवाहको कार्यक्रम नगराउन गुठी संस्थानले निर्�. . .


मुग्लिन सडकखण्डमा बस र ट्रक ठोक्किए ,एक जनाको मृत्यु ,३३ जना घाइते

चितवन। नारायणगढ मुग्लिन सडकखण्डको खहरेखोला भन्ने ठाउँमा आज दिउँसो बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । मृत्युहुनेमा बसका चालक गोरखा आरुपोखरीका ४० वर्षीय काजिराम योगी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ना४ख �. . .


स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या

बैतडी भदौ ६ । दार्चुलाको मार्मामा स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या भएको छ । मार्मा गाउँपालिका–१ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अंगवीरसिंह ठगुन्नाको मङ्गलबार हत्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिनुभयो । ठगु�. . .


आज मुस्लिम समुदायले बकर–इद (इदुल जोहा) पर्व हर्षोल्लासका साथ मनाउँदै

आज मुस्लिम समुदायले बकर–इद (इदुल जोहा) पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । इस्लाम धर्मावलम्बीले नयाँ वर्षको रूपमा मनाउने यो पर्व नेपाल लगायत विश्वभरका मुस्लिम समुदायहरूले धूमधामका साथ मनाउने गर्छन् । बकर इद मुसलमान समुदायले तीन दिन मनाउने गरिन्छ । कुर्वानी गर्नुपर्ने प्रमुख विशेषता रहेको बकर इदमा . . .


खोलाले बगाएर जाजरकोटमा आज दुई जनाको मृत्यु

जाजरकोट (रासस) । खोलाले बगाएर जाजरकोटमा आज दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा जाजरकोट जुनिचाँदे गाउँपालिका–४ लुहादहका ६ वर्षीय महेश चदारा रहेको छ । अभिभावकसँग घरबाट कोर्ताङ जाने क्रममा बडा खोलाले बगाई उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।  यसैगरी भेरी नगरपालिका–१ डौरीकाँ�. . .


सार्वजनिक पदमा रहेका व्यक्तिको शैक्षिक प्रमाणपत्र र अन्य व्यक्तिगत विवरणसमेत गोप्य

काठमाडौँ, ५ भदाै । सरकारले राज्यको ढुकुटीबाट तलब–सुविधा पाउने सार्वजनिक पदमा रहेका व्यक्तिको शैक्षिक प्रमाणपत्र र अन्य व्यक्तिगत विवरणसमेत गोप्य राख्ने कानुनी व्यवस्था गर्न लागेको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । लाभका पदमा रहेका राजनीतिक नेता, उच्च पदस्थ र सरकारी कर्मचारीले आफ्नो कमजोर�. . .


बलात्कारपछि हत्या प्रकरण : निर्मला पढ्ने स्कूलका बालबालिकालाई ‘यातना’ दिँदै प्रहरी !

महेन्द्रनगर, ६ भदाै । कञ्चनपुरको भीमदत्त नगरपालिका– २ की १३ वर्षीय निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्न भन्दै प्रहरीले एकजना ‘अभियुक्त’ सार्वजनिक गरेपछि महेन्द्रनगरमा आन्दोलनले झन उग्र रुप लिएको छ । निर्मलाको हत्या भएको २५ दिनपछि प्रहरीले अभियुक्त सार्वजनिक गरेपछि हत्या प्रकरण सेलाउनुको स�. . .