देशको खबर

सुवास घिसिङको पार्थिव शरीर आज दिल्लीबाट दार्जीलिङ ल्याईदै

दार्जीलिङको गोर्खाल्याण्ड आन्दोलनका अगुवा सुवास घिसिङको पार्थिव शरीर आज दिल्लीबाट दार्जीलिङ ल्याईदै छ । भोली दार्जीलिङमा उहाँको अन्त्येष्टि गरिनेछ । मृगौला, पेट र मुटुरोगबाट ग्रसित ७९ वर्षीय घिसिङको दिल्लीस्थित गंगाराम अस्पतालमा उपचारका क्रममा हिजो निधन भएको हो । घिसिङले अलग गोर्खाल्याण्ड राज्�. . .


राष्ट्रपति डाक्टर रामवरण यादव र अन्तर्राष्ट्रिय रेडक्रस सोसाईटी अध्यक्ष टाडाटेरु कोलोई बिच आज भेटबार्ता

राष्ट्रपति डाक्टर रामवरण यादव र अन्तर्राष्ट्रिय रेडक्रस सोसाईटी तथा रेडक्रस क्रिसेन्ट सोसाइटी महासंघका अध्यक्ष टाडाटेरु कोलोई बिच आज भेटबार्ता भएको छ । शितल निवासमा भएको भेटमा कोलोइले नेपालमा विपत् पर्दा जोगिने उपायबारे भइरहेको तयारी र कार्ययोजनाबारे चासो व्यक्त गर्नुभएको थियो । कोलोइले नेपालल�. . .


भ्यालेन्टाइन डेको लागि भारतबाट डेढलाख गुलाब ल्याइँदै 

यस वर्ष पनि प्रणय दिवस भ्यालेन्टाइन डे का लागि भारतबाट प्रेमको प्रतीक मानिने रातो गुलाबको फूल करिब एक लाख ५० हजारवटा ल्याइने भएको छ । पछिल्लो समयमा नेपालमा पनि यस दिवसलाई ठूलो महत्वका साथ लिँदै आइएको छ । हरेक वर्ष यो दिवस मनाउने मानिसको सङ्ख्या बढ्दै गएकाले स्वदेशमा उत्पादन बढेको भए पनि आयात गर्नुपरेक. . .


भारतीय नागरिकलाई हतियार सहित पक्राउ

प्रहरीले कपिलवस्तुको सीमावर्ती क्षेत्र कृष्णनगरबाट एक भारतीय नागरिकलाई हतियार सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सिद्धार्थनगर ढेवरुवा थाना रामलिला मैदान ९ घर भै हाल कृष्णनर नगरपालिका ६ झण्डीनगर बस्दै आएका १८ वर्षीय गुड्डु हुसेन रहेका छन् । हुसेनलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित पक�. . .


राजधानीमा दोस्रो राष्ट्रिय पुस्तक मेलाको आयोजना

आजबाट राजधानीमा दोस्रो राष्ट्रिय पुस्तक मेलाको आयोजना गरिएको छ । पुस्तक प्रकाशनको क्षेत्रमा राष्ट्रलाई आत्मनिरभर बनाउँन र नेपालमा पठन संस्कृतिको विकास गर्ने उदेश्यले आयोजना भएको मेला माघ २४ गते सम्म संचालनमा आउँने छ । ३५ प्रकाशक र प्रज्ञाप्रतिष्ठानले सहभागिता जनाएको मेलामा पुस्तक खरिदमा १५ देखी �. . .


स्वास्थ्य मन्त्रालयले निःशुल्क स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्ने

निःशुल्क स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले गृहकार्य थालेको छ । विमा कार्यक्रमलाई व्यवस्थित गर्न अहिले ऐन बनाउने तयारी भैरहेको मन्त्रालयका सहसचिव केदारबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार देशका ३ जिल्लामा स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्न कार्यालय स्थ�. . .


सरकारले आजबाट टोल–टोलमा ग्यास वितरण गर्दै

सरकारले आजबाट टोल–टोलमा ग्यास वितरण गर्दैछ । नेशनल ट्रेडिङमा ग्यास बेच्ने योजना दुई दिनभन्दा चल्न नसकेपछि सरकारले अर्को उपाय अघि सारेको हो । नेपाल आयल निगमले आजबाट टोल तोकेर डिपोहरुबाटै ग्यास बिक्री वितरण गर्ने व्यवस्था मिलाएको छ । आज नयाँबानेश्वर, कोटेश्वर, बत्तिसपुतली, शंखमुल, माइतिघर, बुद्धनगर र �. . .


अख्तियारले दायर गर्‍यो नक्कली प्रमाणपत्रको अर्को मुद्दा

प्रहरी प्रधान कार्यालयअन्तर्गतका तत्कालीन प्रहरी नायब निरीक्षक जयन्द्र सङ्ग्रौलाविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नोकरी सुरु गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ। सङ्ग्रौलाले सुरु नियुक्तिको लागि पेस गरेको विहार इन्टरमिडियट शिक�. . .


आजदेखि क्यान इन्फोटेक मेला

काठमाडौको भृकुटीमण्डपमा आजदेखि क्यान इन्फोटेक मेला हुँदैछ । ६ दिन सम्म चल्ने इन्फोटेकमा सूचना प्रविधि सहितका २ सय १९ स्टल रहने कम्प्यूटर एसोसिएसन नेपाल महासंघका अध्यक्ष विनोद ढकालले बताउनुभयो । कम्प्युटर प्रविधि सम्बन्धी मेलामा विभिन्न कम्पनीहरुले आफ्ना उत्पादन तथा सेवामा विशेष छुट दिने महासंघल. . .


संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा आज नेपालको विकसित राजनीतिक घट्नाक्रमबारे ब्रिफिङ हुँदै

संविधान लेखन प्रक्रियाले नेपालका राजनीतिक दलहरुबीच धु्रविकरण बढिरहेको बेला संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा आज नेपालको विकसित राजनीतिक घट्नाक्रमबारे ब्रिफिङ हुँदैछ । केही दिन अघि नेपाल भ्रमणमा आउनुभएका राष्ट्रसंघका राजनीतिक उपहासचिव जेफ्री फेल्टम्यानले सुरक्षा परिषदमा नेपालबारे जानकारी ग�. . .


सत्तारुढ र बिपक्षी दलहरु आज आन्तरिक छलफलमा जुट्दै

बार्ता र छलफलबाट टाढिएका सत्तारुढ र बिपक्षी दलहरु आज आन्तरिक छलफलमा जुट्दैछन । संबिधान निर्माण प्रक्रियामा प्रवेश गरेसंगै सरकार, सत्तारुढ दल र सभाअध्यक्षसंग बार्तामा नबस्ने अडान लिएको बिपक्षी मोर्चा थप रणनीति बनाउन आन्तरिक छफलमा जुट्दैछ । त्यस्तै बार्ता र छलफलका लागि बिपक्षी मोर्चालाई पुन आह्वान . . .


१०० मा फोन गरी प्रहरी जिस्क्याउने पक्राउ

साँझदेखि रातभर दिनहुँजसो १०० नम्बरमा फोन गरेर प्रहरीलाई जिस्क्याउने, झुठा सूचना दिएर हैरान बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाले चारजनालाई पक्राउ गरेको छ। गोरखाका दुईजना, लमजुङ र धादिङका एकएकजना गरी चारजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक रेशमलाल रेग्मीले जानकार�. . .