देशको खबर

विकासका काममा राजनीति नगर्न आग्रह

लुम्बिनी । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकासका काममा राजनीति नगर्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले रुपन्देहीमा निर्माणाधीन दानव तिनाउ करिडोरमा राजनीति भएको भन्दै यहाँका सबै नागरिकले माग गरेर मात्र यो आयोजाना अघि बढाएपछि यसलाई राजनीतिकरण गरिएको आरोप लगाउनुभययो । नेता पौडेलल�. . .


पर्यटकीयस्थल आँधीमूल जाने सडक कालोपत्र

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित पर्यटकीयस्थल आँधीमूल जाने सडक कालोपत्र गरिएको छ । गाउँपालिकाकै प्रमुख पर्यटकीय धार्मिकस्थलका रुपमा रहेको आँधीमूलसम्म जाने सडक कालोपत्र गरिएको हो । पृथ्वीराजमार्गको एक हजार ७०० देखि साढे दुई किलोमिटरको दूरीमा आँधीमूल रहेको छ । हाल ९०० मिटर दूरीमा. . .


नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । अघिल्लो केही दिन उकालो लागेको नेप्से परिसूचक आज भने ९.७५ अङ्कले ओरालो लागेर दुई हजार ७६.६७ मा ओर्लेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८९ अङ्कले ओरालो लागेर ३९५.९४ मा ओर्लेको छ । कूल २३४ कम. . .


नीति अनुसन्धान प्रतिष्ठान विधेयक समितिमा

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित गरेको छ । सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति. . .


चिकित्सा शिक्षामा तोकिएभन्दा बढी शुल्क लिइए कारबाही : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा सञ्चालन गर्ने कलेजले तोकेकोभन्दा बढी शुल्क लिएको प्रमाणित भएमा कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको छलफलमा �. . .


संसदीय समिति बनाउन अध्यक्ष ओलीको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माण प्रक्रियामा अर्थ मन्त्रालयमा भएको सिसीटिभी फुटेज उपलब्ध नभएको घटनाको छानबिन गर्न संसदीय समिति बनाउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले सो प्रकरणबारे सरकारले छानब�. . .


सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले स्वास्थ्य सुविधा कसरी लिने ?

काठमाडौँ । सामाजिक सुरक्षा कोषले आजदेखि स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह सुरु गरेको छ । सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यक्रम आयोजना गरी कोषले सो सेवा शुभारम्भ गरिएको जनाएको हो । कोषले सञ्चालन गर्ने सुविधामध्ये औषधि उपचार, स्वास्थ्य तथा म�. . .


स्याम्पु आयातमा विदेशियो एक अर्ब

काठमाडौँ । विश्वमा नेपालीको पहिचान गहुँगोरो वर्णका रुपमा परिचित छ । कुनै समय नेपालीलाई खासै सौन्दर्यका सामान चाहिँदैन भनिन्थ्यो । तर भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालीले राम्रो देखिनका लागि ठूलोमात्रामा रकम खर्च गरेको पाइएको छ । देशभित्र विदेशी मुद्राको सञ्चिती घट्दै गइरहेको विवरण हर. . .


ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला

काठमाडौँ । नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला परेको छ । काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अणुवाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक ड�. . .


बैंकमा पैसा राख्नेमा कुन जिल्लाका नागरिक अघि ?

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको कान्छो जिल्लाका रुपमा रहेको सो जिल्लाको कूल निक्षेप ०.२३ प्रतिशत मात्रै रहेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको लुम्बिनी प्रदेशको आर्थिक . . .


भद्रपुर नाकामा क्वारेन्टिन कार्यालय स्थापनाको माग

झापा । विहार तथा पश्चिम बङ्गाल राज्यसँग सीमा जोडिएको भद्रपुर नाकामा क्वारेन्टिन कार्यालय स्थापनाका लागि सरोकारवालाले माग गरेका छन् । काँकरभिट्टास्थित क्वारेन्टिन कार्यालयको आयोजनामा आज भद्रपुरमा प्लान्ट क्वारेन्टिन सरोकारवालाको समन्वय बैठकमा सहभागीले विना जाँच कृषिजन्य वस्तुको आयात हुन थालेक. . .


रुपन्देहीमा हतियारसहित तीन भारतीय नागरिक पक्राउ

रुपन्देही । लुम्बिनी इलाका प्रहरी कार्यालयले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतको सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले आज प्रेस विज्ञप्तिमार्फत जानकार�. . .