देशको खबर

प्रधानमन्त्री शाह र एडीबीका अध्यक्षबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाले आज शिष्टाचार भेटवार्ता गरेका छन् । नेपाल सरकार र एडीबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने सन्दर्भमा प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्डाबीच भएको यस शिष्टाचार भेटमा दुवै पक्षले पारस�. . .


मोरङको ग्रामथानमा जलिरहेको मोटरसाइकल फेला

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ तेतरियामा जलिरेहको अवस्थामा मोटरसाइकल फेला परेको छ । आज बिहान तेतरिया मोतिपुर रोडमा पहिचान नखुलेको मोटरसाइकल जलिरहेको अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । अहिले मोतीपुर प्रहरीले मोटरसाइकल धनीको खोजी गरिरहेको छ । त्यस क्रममा मोटरसाइकल धनी ब�. . .


सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिए जयवीर देउवा, विभागले काट्यो सात दिने पुर्जी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवामाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरु गरेको छ । विभागले आइतबार (असार २३ गते) एक सार्वजनिक सूचना जारी गर्दै जयवीरलाई सात दिनभित्र विभागको कार�. . .


मोरङमा देवरको खुकुरी प्रहारबाट भाउजुको हत्या

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–६ झोवाबनीमा देवरको खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ। स्थानीय कपिल खवासकी श्रीमती अन्दाजी २० वर्षीया सिमा राजवंशीको उनकै देवर अन्दाजी २१ वर्षीय सौचन खवासले खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा बीचबचाउ गर्न गएका ४७ वर्ष. . .


रंगेलीमा लुम्बिनी विकास बैंकद्वारा ३०१ विद्यार्थीलाई भेस्ट वितरण

रंगेली । मोरङको रंगेली नगरपालिका–६ स्थित श्री पब्लिक माध्यमिक विद्यालय मा अध्ययनरत ३०१ जना विद्यार्थीलाई लुम्बिनी विकास बैंक लिमिटेड, रंगेली शाखा ले भेस्ट वितरण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सोमबार आयोजित कार्यक्रममा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत आधारभूत तहका ३०१ �. . .


निजामती कर्मचारीका पूर्व ट्रेड युनियनलाई तीन दिनभित्र सरकारी भवन खाली गर्न सरकारको निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साविकका राष्ट्रियस्तरका निजामती कर्मचारी ट्रेड युनियन तथा कर्मचारी संगठनहरूले प्रयोग गर्दै आएका सरकारी भवन तथा संरचना तीन दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ । मन्त्रालयले जारी गरेको सूचनाअनुसार सम्बन�. . .


‘गुन्डानाइके’ अभिषेक गिरीलाई लगियो काठमाडौं

विराटनगर । आपराधिक पृष्ठभूमिका ‘गुन्डानाइके’ अभिषेक गिरीमाथि अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गर्ने भएको छ । उनलाई सोमबार राति नै काठमाडौं पठाउने तयारी भइरहेको छ । विराटनगर विमानस्थलबाट बुद्ध एयरको जहाजमार्फत काठमाडौं पठाएर गिरीलाई सीआईबीको जिम्मा लगाइने मोरङ प्�. . .


लेटाङमा घरको छतबाट २ थान कटुवा पेस्तोल बरामद

विराटनगर। लेटाङ नगरपालिकाको एक घरमा दुई पेस्तोल फेला परेको छ। मोरङको लेटाङ नगरपालिका–४ स्थित पुरानो बसपार्क नजिक रहेको लामो समयदेखि कोही नबस्ने घरको छतबाट २ थान कटुवा पेस्तोल बरामद भएको हो। आइतबार अपराह्न करिब ४ बजे बालबालिका खेल्ने क्रममा लामो समयदेखि प्रयोगविहीन रहेको स्थानिय रामलखन साहको एकतले . . .


कोशी अस्पतालको स्वामित्वमा बनेका संरचना हस्तान्तरण गर्न एक हप्ताको म्याद

सोनु साह विराटनगर । कोशी अस्पताल विराटनगरले अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन पुनः ७ दिने सूचना जारी गरेको छ। यसअघि जारी गरिएको १५ दिने सूचना असार २२ गते सकिए पनि संरचना खाली नभएपछि सरकारको निर्देशनअनुसार पुनः सूचना जारी गरिएको हो। कोशी अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुईटेलका अनुसार आइतब. . .


सय दिनमा लोकतन्त्र, विधि र संसदीय प्रक्रियामाथि हस्तक्षेप भयो : केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार गठनको सय दिनको अवधिमा लोकतन्त्र, विधि र संसदीय प्रक्रियामाथि निरन्तर हस्तक्षेप भएको आरोप लगाएका छन्। सोमबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद केसीले लोकतन्त्र परिणाममा मात्र सीमित नहुने, त्यसको प्रक्रिय. . .


रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व अनिवार्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम महाधिवेशनले पारित गरेको संशोधित विधानमा रास्वपाले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संय�. . .


कर्णाली बस दुर्घटनाबारे सरकारको चर्को आलोचना, उद्धारदेखि सडक सुधारसम्मको माग

काठमाडौं । कर्णाली प्रदेशमा भएको बस दुर्घटनाको विषय प्रतिनिधिसभा बैठकमा प्रमुख रूपमा उठेको छ । सोमबार बसेको बैठकमा विभिन्न दलका सांसदहरूले उद्धार कार्यमा भएको ढिलाइ, सडकको दुरावस्था र सरकारको बेवास्ताप्रति गम्भीर असन्तुष्टि जनाउँदै तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन् । असार १८ ग. . .