समाचार

बुढीगंगामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजन लम्सालका अनुसार, घटना राति करिब ७:१० बजे बुढीगंगा-१ स्थित हिमगिरी साबुन फ्याक्ट्री अगाडि भएको हो। कोशी लोकमार्गमा नेमुवाबाट विराटनगरतर्फ जाँद�. . .


साफ यू–१७ च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा पराजित

काठमाडौं । साफ यू–१७ च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा पराजित भएको छ । भुटानको थिम्पुमा रहेको चाङ्लिमिथाङ रंगशालामा शनिबार भएको पहिलो खेलमा पाकिस्तानसँग नेपाल १–० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । नेपालका कप्तान सुवास बमले गरेको प्रहार फ्रेममा नपर्दा पहिलो अग. . .


मदन भण्डारी फाउण्डेसनको कामप्रति पूर्वराष्ट्रपति भण्डारी खुशी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी फाउण्डेसनले सिमित स्रोत साधन र प्रतिकुल अवस्थामा पनि वैचारिक योगदान पुर्याएको बताएकी छन् । २५ औँ मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रममा बोल्दै उनले मदन भण्डारी फाउण्डेसन स्थापना भएदेखी लगातार अहिलेस. . .


सरकार सुरुवातकै चरणमा असफल : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गलत कदम चाल्दा वर्तमान सरकार सुरुवातकै चरणमा असफल बनेको बताएका छन् । नेकपा माओवादी केन्द्र चितवन–काठमाडौं सम्पर्क समन्वय समितिको आठौं भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक . . .


रवि लामिछाने अदालतको कठघरामा उभिनेछन् : भीमसेन दास प्रधान

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले रवि लामिछाने सहकारी ठगी प्रकरणमा दोषी देखिएकाले कारबाही हुनुपर्ने बताएका छन् । उनले रवि लामिछानेलाई फ्रडको संज्ञा दिए । शनिबार काठमाडौंमा आयोजना गरिएको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वमन्त्री प्रधानले लामि�. . .


माओवादीको सहमतिविना संविधान संशोधन असम्भव : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाउने बताएका छन् । अखिल नेपाल ट्रेड यूनियन महासंघले शनिबार काठमाडौंमा गरेको राजनीतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन . . .


धनराज गुरुङ दोषी देखिए जेल जानुहुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ दल भन्दा पनि नयाँ प्रवृत्ति हुनु आवश्यक रहेको बताएका छन् । शनिबार कांग्रेस झापा–काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सहकारी ठगी प्रकरणमा नयाँ दलका अध्यक्ष आरोपी भएर पनि बचाउन खोजिएको बताएका हुन�. . .


ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरु एक ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गर्दै ढिलो गरी छिट्टै एकताबद्ध हुन आह्वान गरेका छन् । सहिद प्रतिष्ठान नेपालको पन्ध्रौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले जनयुद्धबाट प्राप्त उपल�. . .


वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजश्व

वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजश्व सङ्कलन गरेको छ । भन्सार विभागले भदौसम्म ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजश्व सङ्कलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले जनाएको छ । भन्सार कार्यालयका प्रमुख भन्स. . .


अल्जाइमरको नयाँ औषधीको आविष्कार सफलता कि मृगतृष्णा ?

पेरिस । अल्जाइमर रोगको कमजोर प्रगतिलाई कम गर्न सक्षम दुई नयाँ औषधीहरू हालैका वर्षहरूमा सबैभन्दा ठूलो चिकित्सा विवादहरूमा फसेका छन् । दशकौंको अनुसन्धानपछि लेकानेमाब र डोनेमाब नामक औषधीहरूले रोगसँग लड्ने पहिलो वास्तविक मौकाको प्रतिनिधित्व गरेको चिकित्सक र औषधी निर्माताहरूको ती औषधीको पक्षधर समू�. . .


विकास र पर्यावरणीय दिगोपन बीचको सन्तुलन मिलाउन गम्भीर चुनौतीहरूको सामना गर्नु परेको छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्रिभुवन विश्वविद्यालय र त्यस अन्तर्गतको केन्द्रीय अर्थशास्त्र विभागले नेपालमा उच्च योग्यता र दक्षता भएका जनशक्ति उत्पादन गर्नमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । शनिबार त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र वि�. . .


साफ यू–१७ च्याम्पियनसिप : यस्तो छ पाकिस्ता विरुद्ध खेल्ने नेपाली टोली

थिम्पु । साफ यू–१७ च्याम्पियनसिपका लागि नेपालको प्लेयिङ ११ सार्वजनिक गरिएको छ । २३ खेलाडीसहित भुटान आइपुगेको नेपालले पाकिस्तानविरुद्ध आज हुने पहिलो खेलका लागि सुवास बमको कप्तानीमा प्लेयिङ ११ सार्वजनिक गरेको हो । मुख्य प्रशिक्षक सनोज श्रेष्ठले पाकिस्तानविरुद्ध नेपालको उत्कृष्ट टिम मैदान उतार्�. . .