समाचार

संविधान नागरिकको जीवनमा परिवर्तन ल्याउने आधार बन्नुपर्छ : सोविता गौतम

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संविधानको शक्ति संविधानका अक्षरमा मात्र सीमित नभई नागरिकको दैनिक जीवनमा देखिने परिवर्तनसँग जोडिनुपर्ने बताएकी छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री गौतमले २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई नेपाली ज�. . .


आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज संविधान दिवस मनाइँदै छ । आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी संविधान दिवस मनाउँन लागेको हो । २०७२ साल असोज ३ गते संविधानसभामा राष्ट्रपतिबाट संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्षको असोज ३ गते यो दिवस मनाइने गरिन्छ ।. . .


लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध ५ गतेदेखि पत्रकार महासंघ आन्दोलनमा

काठमाडौं । नेपाल पत्रकार महासंघले लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गर्दै आएको रकममा गरिएको कटौतीको विरोधमा असोज ५ गतेदेखि देशव्यापी आन्दोलन गर्ने भएको छ । महासंघका महासचिव रामप्रसाद दाहालले शुक्रबार बसेको सरोकारवालासहितको बैठकले माग पूरा नभए असोज ५ गते सोमबारदेखि विभिन्न कार्य�. . .


मोरङको जहदाबाट रसुवागढीका बाढीपीडितका लागि २०० बोरा राहत सामग्री पठाउदै

विराटनगर । मोरङको जहदा गाउँपालिकाबाट रसुवागढीका बाढीपीडितका लागि २०० बोरा राहत सामग्री पठाइने भएको छ। जहदा गाउँपालिकावासीको सहयोग र स्थानीय युवाको पहलमा संकलन तथा व्यवस्थापन गरिएको राहत सामग्री शुक्रबार बेलुका ७ बजे जहदा–५ स्थित लक्ष्मिनिया चोकबाट रसुवागढीतर्फ पठाइनेछ। प्रत्येक बोरामा करिब �. . .


जेनजी सांसदलाई प्रधानमन्त्रीको सुझाव : राजनीतिलाई पेसा बनाउने होइन्,‘साइड बिजनेस पनि गर्नुस्’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले जेनजी पुस्ताका सांसदहरूलाई राजनीतिसँगै आफ्नो व्यक्तिगत व्यवसायसमेत गर्न सुझाव दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको जेनजी सांसदहरूसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो सुझाव दिएको सांसद केपी खनालल�. . .


विराटनगर इन्टरनेसनल कलेजद्वारा २६ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

विराटनगर । विराटनगर इन्टरनेसनल कलेजले शैक्षिक प्रदर्शन, सकारात्मक आचरण र नियमित उपस्थितिका आधारमा २६ जना विद्यार्थीलाई एएए (एकेडेमिक, एटिट्युड र अटेन्डेन्स) छात्रवृत्ति प्रदान गरेको छ। विराटनगर–५ स्थित कलेजमा आयोजित कार्यक्रममा विभिन्न समूहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो। कार्यक्. . .


स्वास्थ्य बीमाअन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थाले प्रदान गरेको सेवाबापत २०८३ जेठ महिनाको १ अर्ब ४५ करोड ४६ लाख ९१ हजार २२ रुपैयाँ ८६ पैसा भुक्तानी गरिएको छ। स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको विवरणअनुसार जेठ महिनामा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गरेका विभिन्न स्व�. . .


विराटनगरको सास्थम कलेजमा बीबीए र बीएचएमका नयाँ विद्यार्थीलाई स्वागत

विराटनगर । सास्थम कलेज विराटनगरले बीबीए (ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन) र बीएचएम (ब्याचलर अफ होटल म्यानेजमेन्ट) अध्ययनका लागि भर्ना भएका नयाँ विद्यार्थीलाई शुक्रबार स्वागत तथा अभिमुखीकरण गरेको छ। विराटनगरस्थित रत्ना होटलमा आयोजित कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुजन. . .


१३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ पाण्डे

काठमाडौं । सरकारले भारत, चीन, अमेरिका, बेलायतलगायत १३ मुलुकका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा राजदूतका रूपमा पठाउन १३ जनाको नाम अघि बढाएको हो । भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र अमेरिकाका लागि चिरनजं�. . .


वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घाटा हुन्छ : मन्त्री साह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुने ढिलाइले राज्यलाई ठूलो आर्थिक क्षति भइरहेको बताएका छन् । शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा बोल्दै म. . .


‘नयाँ’ सरकारप्रति जनताको भ्रम चिर्दै गएको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नयाँ भनिएको सरकारका क्रियाकलापबाट जनतामा रहेको भ्रम बिस्तारै चिर्दै गएको दाबी गरेका छन् । शुक्रबार अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले स्थापित पार्टी र नेताहरूका ए. . .


सञ्चारमन्त्री डा. तिमिल्सिनासँग गणतन्त्र कोरियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जे–क्युङले शिष्टाचार भेटवार्ता गरेका छन् । सूचना तथा सञ्चार मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल–कोरिया सम्बन्ध, भोटेकोशी बाढी प्रभावितको उद्धार, पुनःस्थापना तथा मानवीय सहायताबारे छलफल भयो �. . .