समाचार

खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री कीर्तिपुर मैदानमा

काठमाडौँ । नेपाली क्रिकेट खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुग्नुभएको छ । आइसिसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम खेलमा खेलाडीहरुलाई हौसला प्रदान गर्न प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुग्नुभएको हो । लिगको अ. . .


कोशी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिताको उपाधि लिङ्गखेप र सृजल पोख्रेललाई

सुरुङ्गा (झापा) । झापाको बिर्तामोडमा सञ्चालन भएको चौथो कोशी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिताको खुल्लातर्फको उपाधि सङ्खुवासभाका पबिन लिङ्गखेप र सृजल पोख्रेलको जोडीले जितेको छ । लिङ्गखेप र पोख्रेलको जोडीले भोजपुरका विशाल तामाङ र निश्चल खत्रीको जोडीलाई २५–२३ र २६–२४ को सोजो सेटमा हराएको ह�. . .


आइसीसी लिग–२ : युएईले नेपालविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । आइसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालविरुद्ध ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् । न. . .


डीडीसी दूधको मूल्य प्रतिलिटर ११ रुपैयाँ वृद्धि

विराटनगर । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य ११ रुपैयाँले वृद्धि गरेको छ। डीडीसीले बिहीबारदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको हो । संस्थानले आजदेखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाएको छ । सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र आजदेखि उपभोक्. . .


विश्वकप लिग-२ : नेपालले युएईसँग निर्णायक खेल खेल्दै

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ। खेल त्रिवि मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ। लिग–२ को अन्तिम शृङ्खलाकाे यो खेल नेपालका लागि निर्णायक मानिएको छ । आजको खेलमा यूएईविरुद्ध जित निकाले नेपाल लिग टूको शीर्ष तीनमा अटाउँदै जिम्बाबेमा हुने ग्लोबल छ. . .


दुईवर्षे श्रम स्वीकृतिको प्रावधान हट्यो, सम्झौता अवधि तोकी स्वीकृति दिइने

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका क्रममा लिनुपर्ने श्रम स्वीकृतिको दुईवर्षे प्रावधान हटाएको छ । प्रधानमन्त्रीस्तरीय निर्णयबाट सो व्यवस्था हटाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । अबदेखि गन्तव्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति-रोजगारदाता र श्रमिकबीच भएको कार्य सम�. . .


‘प्रेमा’ नेपालीसँगै तमिल, तेलुगु र हिन्दी भाषामा प्रदर्शन हुने

काठमाडौं । नेपाली चलचित्र ‘प्रेमा’लाई हिन्दी, तमिल र तेलुगु भाषामा समेत प्रदर्शन गरिने भएको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक गोविन्दसिंह भण्डारीले नेपालीबाहेक अन्य भाषालाई ‘ओभर दी टप’ अर्थात् ओटिटीका माध्यमले दर्शकमा पु¥याइने जानकारी दिनुभयो । “मैले तेलुगु चलचित्रमा काम गरेको �. . .


विराटनगरमा तीनदिने नेपाल-भारत साहित्य महोत्सव हुने

विराटनगर । यही चैत ३ गतेदेखि प्रदेश राजधानी विराटनगरमा नेपाल-भारत साहित्य महोत्सव हुने भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा तीनदिने साहित्य महोत्सव हुने भएको हो । विराटनगरमा पत्रकार सम्मेलन गरेर आयोजकले महोत्सवबारे जानकारी दिएको छ । वि�. . .


विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप : झापाको धुव्रतारा क्लब फाइनलमा

विराटनगर । धुव्रतारा स्पोर्टिङ्ग क्लब झापा विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप फुबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुट मिल्सको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सहलेस यूवा क्लब सिराहालाई टाईब्रेकरमा ५-४ गोलले हराउँदै धु्रवतारा स्पोर्टिङ्ग क्लब झापा फाइनलमा पुगेको हो । . . .


सहकारीमा देखिएको समस्याका विषयमा विराटनगर महानगरको चासो

विराटनगर । विराटनगर महानगरपालिकाले पछिल्लो समय सहकारीमा देखिएका समस्याका विषयमा चासो देखाएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित सहकारीलाई बोलाएर महानगरले अन्तरक्रिया गरेको छ । अन्तरक्रियालाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले मर्जरमा गएर भए पनि सहकारी बलियो हुनुपर्नेमा जोड दि. . .


चौध अर्ब ३१ करोड अनुदान सहायता स्वीकार

काठमाडौँ । सरकारले नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने करिब रु १४ अर्ब ३१ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । गत फागुन २५ गतेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको �. . .


स्ववियु निर्वाचन : तडकभडक बिना प्रचारप्रसार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन् । ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरुले आ–आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र पारेका हुन् । यसपटकको निर्वाचनमा स्ववियु आचारसंहिता�. . .