समाचार

कोशी प्रदेशमा मल कारखाना जरूरी छ : मुख्यमन्त्री थापा

सुन्दरहरैँचा । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्वव थापाले मल पर्याप्त नपाउँदा किसान मर्कामा परेको उल्लेख गर्दै प्रदेशमा मल कारखाना स्थापना जरुरी रहेको बताउनुभएको छ । आज इटहरीमा हुलास वायर इन्डष्ट्रिजको ‘संवर्द्धन समारोह’मा मुख्यमन्त्री थापाले भन्नुभयो, “कोशी प्रदेशमा मल पर्याप्त नपाएको अवस�. . .


कलाकार सानु ताम्राकारको निधन

काठमाडौँ । कलाकार तथा जादुगर सानु ताम्राकारको ७४ वर्षमा उमेरमा उपचारका क्रममा निधन भएको छ । काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज दिउँसो ३ः२० बजे ताम्राकारको निधन भएको नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विगत २४ दिनदेखि उपचाररत रहनुभ�. . .


नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतीका आधारमा गरिएको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्. . .


धार्मिक सद्भाव नेपालीको पहिचान हो : नेता डा.कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले धार्मिक सद्भाव नेपालीको पहिचान भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङको आज विराटनगरमा आयोजित पदस्थापन समारोहमा उहाँले नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक मुलुक भएकाले सामाजिक एवं धार्मिक सद्भाव कायम राख्न सबैलाई आग्रह गर्नु�. . .


छ दशकदेखि आरनमा फलाम पिट्दै पदमलाल

मनहरी (मकवानपुर) । खरको छानो र काठका बाकलले घेरिएको छ पदमलाल विश्वकर्माको आरन । टाढाबाट हेर्दै झट्ट देखिन्छ आरन । उहाँको आरनमा छरपस्ट फलामका टुक्रा छन् भने बनाउन ल्याइएका गाउँलेका हँसिया, कोदालो र अन्य फलामका सामग्री रहेका छन् । बिहानको खाजानास्तापछिको उहाँको दिनाचार्य हुन्छ फलामसँग जुध्ने । मकवानप�. . .


वर्ल्डलिङ्कको इन्टरनेट सेवामा देखिएको समस्या समाधान,सेवा सुचारु

विराटनगर । बिहीबार रातिदेखि वर्ल्डलिङ्कको इन्टरनेट सेवामा देखिएको समस्या समाधान भएको छ । देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवामा अन्तर्राष्ट्रिय फाइबर संजालमा समस्या आएपछि ईन्टरनेटमा समस्या देखिएको थियो । कम्पनीको इन्टरनेट सेव�. . .


ओटीटीमा चलचित्र ‘महापुरुष’

काठमाडौँ । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ओटीटी (ओभर द टप)प्रतिको आकर्षण बढ्यो । ओटीटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्यरुपमा बढे । सो समयमा विश्व बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नेप्लस हटस्टार, �. . .


कोशी र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू–भागमा रहेको न्यून चापीय क्षेत्र र बङ्गलादेशको उत्तरी भू–भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेकाले बदली र वर्षा गराएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्. . .


धरान प्रवेशमा कडाइ

विराटनगर । सम्भावित दुर्घटनाको जोखिम रोक्न प्रशासनले धरान प्रवेशमा कडाइ गरेको छ । शनिबार तय भएको धार्मिक र्‍यालीले दुर्घटना निम्त्याउन सक्ने जोखिम रहेको भन्दै प्रशासनले धरान प्रवेशमा कडाइ गरेको हो । गुरु काटेर मासु खाएको भिडियो सार्वजनिक भएसँगै त्यसको विरुद्धमा विभिन्न हिन्दू संगठनहरुले धरानम. . .


नेपालमै लोकप्रिय वेदा सलोनको सेवा विराटनगरमा

विराटनगर । नेपालमा निकै लोकप्रिय रहेको वेदा सलोन विराटनगरमा सञ्चालनमा आएको छ । विराटनगरको मुनालपथमा उक्त सलोन सञ्चालनमा आएको हो । काठमाडौंको डिल्लीबजार, महाराजगन्ज र जाउलाखेलमा समेत शाखा रहेको उक्त सलोन काठमाडौं बाहिर पहिलोपटक विराटनगरमा खुलेको हो । सलोनमा महिलाहरुको सौन्दर्यको लागि सम्पुर्�. . .


मोरङको बेतना सिमसारमा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा

–विवेक मिश्र/रासस बेलबारी (मोरङ) । मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएका छन् । “बेतना सिमसारमा धेरै वर्ष अघिदेखि पाउने गरिएको ती कछुवालाई मयूर प�. . .


आइतबार १० अर्बको विकास ऋणपत्र जारी हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रू १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले भोलि आइतबार छ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र सर्वसाधारण नागरिकस�. . .