काठमाडौँ । नेकपा (एमाले)का सांसद रघुजी पन्तले नेपालको असंलग्न परराष्ट्रनीतिबारे सरकारको धारणा माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले धर्म निरपेक्षताबारे सरकारसँग प्रश्न समेत गर्नुभयो । उहाँले भन्नुभयो ,“धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो ? यो संसद्लाई स्पष्ट पारियोस् ।” . . .
काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा.वैकुण्ठ अर्याललाई मुख्यसचिव पदमा नियुक्त गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सचिव डा.अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको खानेपानी मन्त्री महिन्द्र राय यादवले जानकारी दिनुभयो । डा.अर्याल यसअघि सञ्चार तथा सू. . .
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क तइयोङले शिष्टाचार भेट गर्नुभएको छ । बुधबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदानप्रदान र आर्थिक विकासलगायतका विषयमा कुराकानी भएको थियो । भेटमा सभामुख घि. . .
विराटनगर । हावाहुरीले विद्युत पोल ढालेपछि आज विराटनगरमा विद्युत अवरुद्ध भएको छ। बुधबार रातिको हावाहुरीले विराटनगरका विभिन्न स्थानमा विद्युत पोल ढालेको कारण विद्युत अवरुद्ध भएको हो । हावाहुरीले विभिन्न स्थानमा विद्युतका पोल ढालेको कारण विराटनगरमा दिनभरी विद्युत अवरुद्ध हुने अवस्था रहेको छ । �. . .
किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अस्थायी ड्याममा अरुण नदीले कटान गर्न थालेपछि तटीय क्षेत्रमा जोखिम बढेको छ । गत वैशाख १७ गते पहिरो खसेर अरुण तेस्रोको डाइभर्सन टनेल थुनिएको थियो । डाइभर्सन टनेल थुनिएपछि बनेको अरुण नदीको अस्थायी तालको पानीले ड्य�. . .
काठमाडौँ । नेपालमा यस वर्षको मनसुन बुधबारदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर समय जुन १३ तारिख भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार नेपाल भित्रिएको मनसुन कोशी, पूर्वी मधेस, बागमती प्रदेशका अधिकां�. . .
काठमाडौं । माल्दिभ्समा आजदेखि सुरु भएको फाइभ नेसन्स पुरुष बास्केटबल प्रतियोगितामा नेपाल भूटानसँग पराजित भएको छ । माल्दिभ्सको मालेमा आज भएको पहिलो खेलमा भूटानले नेपाललाई ६१–५५ ले पराजित गर्दै विजयी भएको हो । नेपालले बास्केटबलमा सन् २०१९ मा काठमाडौँमा भएको १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितापछ�. . .
बङ्गलादेशको तथ्याङ्क विभागले सन् २०२२ मा बङ्गलादेशको औसत आयु ७२.४ वर्ष पुगेको जानकारी गराएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२१ मा यो सङ्ख्या ७२.३ वर्ष रहेकोमा केही बढी भएको सरकारी निकायले मङ्गलबार आफ्नो बङ्गलादेश नमूना महत्वपूर्ण तथ्याङ्क २०२२ प्रतिवेदनमा उल्लेख गरेको छ । प्रत�. . .
काठमाडौं । नेपाल सरकार र संयुक्त अरब इमिरेट्स (युएई) सरकारबीच श्रम सम्झौता नवीकरण भएको छ । आज यहाँ नेपाल र युएई सरकारबीच सन् २०१९ जुन १४ मा सम्पन्न द्विपक्षीय श्रम समझदारीबमोजिमको संयुक्त कार्यसमितिको तेस्रो बैठकले आगामी चार वर्षका लागि स्वतः नवीकरण हुने समझदारी भएको हो । श्रम, रोजगार तथा सामाजिक �. . .
काठमाडौं । धनुषा जिल्लाको नगराइन नगरपालिका वडा नं २ का वडाअध्यक्ष बुलन यादव रु ७० हजार घुससहित पक्राउ परेका छन् । आज वडाअध्यक्षसहित सोही वडाका सचिव अमृतनारायण मिश्र पनि घुससहित पक्राउ परेका हुन् । वडाअध्यक्ष यादव र वडा सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस-रिस. . .
बनियानी । झापाका १४ स्थानीय तहले पूर्ण खोप सुनिश्चितताको प्रतिवेदन बुझाएका छैनन् । पालिकास्तरको नगर खोप समन्वय समितिले वैशाख महिनाभित्रै पूर्ण खोप सुनिश्चित भएको तथ्याङ्कसहितको प्रतिवेदन जिल्ला खोप समन्वय समितिलाई बुझाउनुपर्ने भए पनि हालसम्म नबुझाएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बा�. . .
विराटनगर । कोशी प्रदेशसभाको चालु बजेट अधिवेशन अन्त्य भएको छ। बुधबार प्रदेश मन्त्रिपरिषदको बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरि अन्त्य गरेका हुन् । संविधान र कानुन अनुसार असार १ गतेसम्ममा प्रदेशसभामा सरकारले बजेट पेश ग�. . .