समाचार

आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको छ । चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजक�. . .


एमालेले सरकारमा रहँदा उल्लेख्य काम गरेको छ : अध्यक्ष ओली

विराटनगर । एमाले नेतृत्वको सरकारले ३ बर्षमा गरेको कामले दुनियाँ आश्चर्य चकित भएको एमाले अध्यक्ष केपी ओलीले बताएका छन् । शुक्रबार नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन समारोहमा बोल्दै ओलीले एमालेले सरकारमा रहँदा उल्लेख्य काम गरेको दाबी गरे । नेपाली काङ्ग्रेस सभापति शेरबहादुर �. . .


विराटनगरमा एमालेको प्रदेश अधिवेशन : रुख रोप्ने ठाउँमा झण्डा फरर

विराटनगर । विराटनगरमा नेकपा एमालेको कोशी प्रदेश अधिवेशन शुक्रबार उद्घाटन भएको छ । यो शनिबार सम्पन्न हुने दावी गरिएको छ । एमालेको अधिवेशन भईरहेको मनास्लु होटल परिसर झण्डा, व्यानर, पम्प्लेटले भरिएको छ । पार्टीको आन्तरिक कार्यक्रममा समेत भड्किलो प्रचारशैलीले सूचना–प्रविधिको युगलाई चुनौती दिएको छ । . . .


सप्तरीको हनुमाननगरमा आगलागी हुँदा चार घर जलेर नष्ट

सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ योगीनियास्थित दलित बस्तीमा आज बिहान आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । भगवती मन्दिर नजिकै रहेको रोहित रामको घरमा आगलागी हुँदा चारवटा जस्ताले छाएको घर, खाद्यान्न सामग्री, दुई गाई, दुई साइकल, लत्ताकपड़ा, भाँडाकुँडा, फर्निचरको सामान जलेर नष्ट भएक�. . .


यो साता सुनको मूल्यमा गिरावट

काठमाडौँ । नेपाली बजारमा यस साता सुनको मूल्य रु तीन हजार नौ सय १५ ले ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार प्रति दस ग्राम रु ९६ हजार एक सय ९५ रहेको सुनको मूल्य साताको अन्तिम कारोबार भएको दिन आजसम्म आइपुग्दा ओरालो लागेको हो । आज प्रति दस ग्राम सुनको मूल्य रु ९३ हजार दुई सय ८० मा झरेको छ । साताको पहिलो दि�. . .


विराटनगर–१६ मा चुनावी प्रतिवद्धता पूरा नभएको भन्दै वडा अध्यक्षसँग स्थानीय आक्रोशित

विराटनगर। विराटनगर महानगरपालिका वडा नम्बर १६ का वडाबासी आन्दोलित छन्। विगत लामो समयदेखि आफ्नो वडामा सडक मर्मत नभएको तथा सडकमा बत्ती जडान नभएको भन्दै वडाबासी आन्दोलित भएका हुन्। चुनावको प्रतिवद्धता अनुसार विकास निर्माणको कार्य नगरेको वडाबासी आरोप छ। राजस्व संकलन गर्ने बेलामा जनतालाई मारेर राज�. . .


एमालेलाई पहिचान विरोधी पार्टीको रुपमा स्थापित गर्न खोजियो : शंखर पोखरेल

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले पहिचान विरोधी पार्टी नभएको दाबी गरेका छन् । विराटनगरमा आयोजित एमाले कोशी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिले जातिय र धार्मिक अतिवाद शुरु भएको र अतिवाद निम्ताएर एमालेलाई पहिचान विरोधी पार्टीको रुपमा स्थापित गर्न खोज�. . .


सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । पछिल्ला दिनमा जलविद्युत् आयोजनाको केन्द्रका रुपमा स्थापित हुँदै गएको सोलुखुम्बुमा थप एक आयोजना निर्माण हुने भएको छ । करिब २८ मेगावाट (२७ दशमलव नौ) मेगावाट क्षमताको मिडल इन्खु जलविद्युत् आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाइएको छ । वातावरणीय प्रभाव म�. . .


‘स्विच’ थिचेर एमाले कोशी प्रदेश अधिवेशन उद्घाटन

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओलीले पार्टीको कोसी प्रदेश अधिवेशन उद्घाटन गरेका छन् ।‌ विराटनगरमा आयोजित उद्घाटन समारोह कार्यक्रममा ओलीले 'डिजिटल ब्यानरको स्विच' थिचेर अधिवेशन उद्घाटन गरेका हुन् ।‌ अधिवेशनमा सहभागी हुन एमालेका केन्द्रीय नेताहरु विराटनगरमा भेला भएका �. . .


कोशी प्रदेशमा अस्थिरता निम्त्याउने काम गठबन्धनबाट भएको छ : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा अस्थिरता निम्त्याउने काम गठबन्धनबाट भएको टिप्पणी गरेका छन् । कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्न आएका ओलीले विराटनगर बिमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । प्रदेशमा अहिले मध्यावधिमा जाने अवस्था नभएको ध�. . .


मुक्तिनाथमा धार्मिक पर्यटक चहलपहल बढ्याे

वासुदेव पौडेल/रासस गण्डकी । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा पर्यटकको चहलपहल बढ्न थालेको छ । भोलिदेखि सुरु हुने पितृपक्ष (सोह्रश्राद्ध)का लागि विभिन्न स्थानबाट दर्शनार्थी आउने धार्मिक पर्यटकको चहलपहल बढेको हो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थलका रुपमा रहेको यस मन्दिरमा पि�. . .


अर्थसमितिको कार्यविधि स्वीकृत

काठमाडौँ । अर्थसमितिको कार्यविधि, २०८० स्वीकृत भएको छ । मस्यौदामाथि दफावार छलफलपछि समितिको आजको बैठकले कार्यविधि स्वीकृत गरेको सभापति सन्तोष चालिसेले जानकरी दिनुभयो । उहाँका अनुसार अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोग र लगानी बोर्डको कार्यालय तथा मातहतक�. . .