समाचार

इजराइलीको खोजीमा भीडले रुसी विमानस्थलमा आक्रमण गरेपछि ६० जना पक्राउ

मुस्लिम बहुल ककेसस गणतन्त्र दागेस्तानमा एक विमानस्थलमा हमला गरेको आशङ्कमा ६० जनालाई पक्राउ गरिएको रुसी प्रहरीले सोमबार बताएको छ । प्रहरीका अनुसार उनीहरूले यहुदी यात्रुहरूमाथि हमला गर्ने प्रयास गरिरहेका थिए । ‘अल्लाहु अकबर’ (ईश्वर सबैभन्दा महान छन्) भन्ने नारा लगाउँदै दर्जनौँ प्रदर्शनकारी आइतबा�. . .


तिहारमा विराटनगर–काठमाण्डौंका लागि शाकिरा सररर

विराटनगर । यातायात मजदुरहरुको संयुक्त साझेदारीमा विराटनगर–काठमाण्डौंका आउजाउ गर्नका लागि नयाँ बस सञ्चालनमा ल्याइएको हो । शाकिरा यातायात कम्पनीले ‘शाकिरा गोल्ड एसी’ बस सोमबारदेखि सञ्चालनमा ल्याएको हो । यो बस विराटनगर बसपार्क बेस बनाएर काठमाण्डौंका लागि छुट्ने छ । एक करोड रुपैँया लागतमा खरिद गरिए. . .


आइसिसी टी–२० विश्वकप छनोट : युएई विजयी

काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह बी को पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले बहराइनलाई पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएईले बहराइनलाई पाँच विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो । बराइनले दिएको १३६ रनको लक्ष्य युएईले १८ दशमलव २ ओभरमा ५ विकेट ग�. . .


घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले घटेको छ। आइतबार सुनको मूल्य तोलाको १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो । आज भने तोलामा पाँच सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर आज एक हजा�. . .


खोटाङको लालुपाते सहकारीका उपाध्यक्षसहित पाँचजना पक्राउ

खोटाङ । बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका चार हजार पाँच सय बचतकर्ताको रकम घोटला प्रकरणमा मुछिएका सञ्चालक समितिका तत्कालीन अध्यक्ष अनिल जोशीका परिवार. . .


ब्राजिलमा विमान दुर्घटनामा १२ को मृत्यु

उत्तरपश्चिमी ब्राजिलको एकर राज्यमा एउटा सानो विमान दुर्घटना हुँदा एक शिशुसहित कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विमान सिङ्गल इन्जिन ससेन क्याराभान रहेको र रियो ब्र्याङ्को विमानस्थल नजिकै दुर्घटना भएको एकर राज्य सरकारले आइतबार बताएको छ । दुर्घटनामा विमान चालक र सहचालकसहित . . .


पुँजीगत खर्चको तुलनामा ऋणको साँवाव्याज भुक्तानी करिब तीनगुणा बढी

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा सरकारले गरेको पुँजीगत खर्चको तुलनामा सोही अवधिमा भएको सार्वजनिक ऋणको साँवाव्याज भुक्तानी दायित्व करिब तीनगुणा बढी देखिएको छ । सरकारी ऋण बर्सेनि बढ्दै गएसँगै त्यसको साँवा र ब्याज भुक्तानीका लागि हुने खर्च पनि बढ्दै गएको हो । महालेखा नियन्त्�. . .


टी–२० विश्वकप एसिया छनोट : नेपालद्वारा सिंगापुर ८ विकेटले पराजित

विराटनगर । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सिङ्गापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा ग¥�. . .


भारतमा रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । विजयनगरम जिल्लामा दुर्घटना भएको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । विजयनगरमका प्रहरी सुपरिटेन्डेन्ट एम दीपिकाले भन्नुभयो, “अहिलेसम्म १३ जनाको मृत्यु भएको छ, तीमध्ये सात जनाको सनाखत भएको छ र अन्यको पहिचान हुन बाँकी. . .


बढ्दो घुम्ने संस्कृति

गण्डकी । अघिल्लो शरदयाममा कास्कीको कोरी ‘ट्रेक’मा पदयात्रा गर्नुभएका निसान खड्काले यसपालिको दसैँ बिदामा कास्कीकै मर्दी हिमालको आधार शिविरलाई गन्तव्य बनाउनुभयो । दसैँको भोलिपल्ट बागलुङबाट दुई साथीसहित मर्दी घुम्न निस्कनुभएका उहाँ चार दिनको पदयात्रा सकेर आइतबार घर फर्किनुभयो । पेसाले शिक्षक ख�. . .


दसैँले रोकिएन वैदेशिक रोजगारी, असोजमा झन् धेरै बिदेसिए

काठमाडौं । नेपालीको महान् पर्व दसैँका अवसरमा श्रम बेच्न विदेसिने युुवाको लर्को रोकिएन बरु झनै बढ्यो । चालुु आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोज महिनामा बिदेसिनेको सङ्ख्या हेर्दा सबैभन्दा धेरै असोजमा विदेश गएको तथ्यले पुष्टि गरेको हो । वैदेशिक रोजगार विभागका अनुसार साउन महिनामा ५५ हजार ५७५ जना श�. . .


भोजपुरको प्रसिद्ध धार्मिकस्थल टेम्केसिद्ध मन्दिर ओझेलमा

भोजपुर । भोजपुरको धार्मिक तथा पर्यटकीयस्थल टेम्केडाँडामा रहेको प्रसिद्ध टेम्केसिद्ध मन्दिर ओझेलमा परेको छ । समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको यो मन्दिर प्रचारसँगै संरक्षणको अभावमा ओझेलमा परेको हो । दर्शन गरेमा दुःख कष्ट हट्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासले मानिस यहाँ पु. . .