समाचार

विराटनगरको माछापुछ्रे सहकारीका बचतकर्ता र साहुलाई मागदाबी पेश गर्न आह्वान

विराटनगर भाद्र २९ , विराटनगर–७ मा रहेको माछापुछ्रे बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा भएपछि बचतकर्ता, सदस्य, साहु तथा बैंक–वित्तीय संस्थालाई आफ्नो रकमको मागदाबी पेश गर्न आह्वान गरिएको छ। कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको २०८३ साउन १२ गतेको निर्णयअनुसार समस्याग्रस्त घोषणा ग. . .


७औँ बीबीए कप बास्केटबल: अरनिको र बीकेभीएम दुवै विधाको फाइनलमा, तेस्रो स्थान सगरमाथा (छात्र) र एभरेस्ट (छात्रा) लाई

विराटनगर। विराटनगर बास्केटबल एकेडेमी (बीबीए) को आयोजनामा जारी ‘सातौँ बीबीए कप अन्तरविद्यालय होम एण्ड अवे बास्केटबल लिग’ अन्तर्गत सेमिफाइनलका सबै खेलहरू सम्पन्न भएसँगै उपाधिका लागि भिड्ने फाइनल टोलीहरूको टुङ्गो लागेको छ। ‘बेस्ट अफ थ्री’ (Best of Three) ढाँचामा खेलाइएको सेमिफाइनल श्रृङ्खलामा उत्कृष्ट प्रद�. . .


विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबाट प्राप्त सुझाव र गुनासोलाई आधार बनाएर शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक सुधार गरिने बताएका छन् । मधेश प्रदेशको भ्रमणका क्रममा सप्तरीका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक तथा अभिभावकस�. . .


राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

काठमाडौं । राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै छ । आज ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ राष्ट्रिय बाल अधिकार दिवस मनाउँन लागेको हो । राष्ट्रिय बाल अधिकार दिवस प्रत्येक वर्ष भदौ २९ गते मनाउने गरिन्छ । बालमैत्री वातावरण निर्माण गर्दै बाल अधिकारको संरक्षण र प्रवर्द्धनका लागि नागरिक स�. . .


मिथिलाञ्चलमा क्षेत्रमा आज चौठ चन्द्र (चौरचन) पर्व मनाइँदै

विराटनगर । मथिला क्षेत्रको लोकसंस्कृति, भ्रातृत्व र प्रकृतिपूजनको अद्वितीय प्रतीक मानिने चौठ चन्द्र (चौरचन) पर्व आज विराटनगर सहित मधेस प्रदेश तथा मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै छ । भाद्र शुक्ल चतुर्थीका दिन मनाइने यो पर्वमा चन्द्रमालाई अघ्र्य दिएर पूजा गर्ने परम्परा छ । चौरचन पर्व �. . .


आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज

काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल सौभाग्यको कामना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विवाहित तथा अविवाहित महिलाहरूले व्रत बसेर भगवान् शिव र पार्वतीको पूजा–आराधना गर्ने परम्परा छ। विवाहित महिलाहरुले श्रीमानको दीर्घायुको कामना गर्दै तीजको ब्रत बसी मन�. . .


अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिन्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिएको टिप्पणी गरेका छन्। आइतबार पार्टी कार्यालय च्यासलमा छापा माध्यम बचाउ सुझाव कार्यदलले बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै ओलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफूहरू लामो समयदेखि संघर्ष गर्�. . .


विराटनगरको मटेर्वा नाकाबाट तस्करी : कवाडी बोकेर जाने–कपडा बोकेर फर्कने

विराटनगर । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा निक्कै कडाई गरेपनि अवैध कारोबार गर्नेहरुले फरक फरक जुक्ति लगाएर मालवस्तु नेपाल भित्र्याउने गरेका छन् । जसमा सबैभन्दा धेरै मटेर्वा नाकाबाट खेलोफड्को चलिरहेको छ । स्थानीय एक युवाले दिएको जानकारी अनुसार कवाडी बोकेर गएका ठेला कपडा लिएर फर्कन्छ । जुन जोगबनी. . .


मुस्ताङमा घरपझोङ जलवायु परिवर्तन सम्मेलन हुँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा जलवायु परिवर्तनका असर, वातावरण संरक्षण तथा स्थानीय अनुकूलनका उपायबारे छलफल गर्न घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ आयोजना हुने भएको छ। घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतका अनुसार सम्मेलन गाउँपालिकाको आयोजनामा हुन लागेको हो। गाउँपालि�. . .


धर्मगुरुलाई विवादित भन्नु अपराध

काठमाडौं । नेपालका धर्मगुरुहरूलाई विवादित भनेर प्रचार गर्नु गलत भएको वक्ताहरूले बताएका छन् । उनीहरूले धर्मगुरु तथा सनातन धर्ममाथि अनावश्यक विवाद सिर्जना गर्ने काम रोक्न आग्रह गरेका छन् । कार्यक्रमका प्रस्तोता सागर खड्काले विदेशीको पैसा लिएर नेपालका धर्मगुरुलाई विवादित बनाउने प्रयास गर्नु गलत भए�. . .


७० वर्ष पुराना रुख काटिएपछि महेन्द्र मोरङ क्याम्पसमा विरोध

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस परिसरमा रहेका पुराना रुख काट्न खोजिएपछि विद्यार्थी, स्थानीयवासी तथा अभियन्ताहरूले विरोध जनाएका छन्। कुनै किसिमको सूचना वा जानकारीबिना करिब ७० वर्ष पुराना रुख काट्न खोजिएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन्। क्याम्पस परिसरमा रहेका रुखहरू काट्नुको स�. . .


ग्रामथानमा मन्दिर पुर्ननिमार्ण तथा धार्मिक पर्यटनको लागि सप्ताहव्यापी श्रीमद्भागवत महापुराण आयोजना हुँदै

विराटनगर । मोरङ ग्रामथानको श्री रामजानकी मन्दिर पुर्ननिमार्ण तथा धार्मिक पर्यटनको लागि सप्ताहव्यापी श्रीमद्भागवत महापुराण आयोजना गरिने भएको छ। मन्दिर संरक्षण, सम्बद्र्धन, विकास तथा व्यवस्थापनका साथै मन्दिर पुर्ननिमार्ण योगदान पुर्‍याउने उद्देश्यले महापुराण आयोजना गर्न लागिएको आयोजकले जनाएको. . .