समाचार

एक सय ६४ विदेशी विद्यार्थीलाई प्रवेशाज्ञा सिफारिस

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत तीन महिनाको अवधिमा एक सय ६४ विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि विद्यार्थी प्रवेशाज्ञा (भिसा) सिफारिस गरेको छ । उच्चशिक्षाका लागि नेपालबाट दैनिक करिब पाँच सय विद्यार्थीले अध्ययन अनुमतिपत्र (एनओसी) लिई विदेशमा पढ्न गइरहेका बेला विदेशका व. . .


उदयपुरमा ५१ जनामा डेङ्गु सङ्क्रमण

उदयपुर । उदयपुरमा हालसम्म ५१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । साउनको सुरुदेखि हालसम्म सो सङ्ख्यामा सङ्क्रमित फोला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म सबैभन्दा बढी त्रियुगा नगरपालिकामा २१ जना सङ्क्रमित फेला परेका छन् । बेलका नगरपालिका, चौदण्डी गढी नगरपालिका र कटारी नगरपालिकामा . . .


युरोप पठाउने नाममा बढ्यो ठगी

काठमाडौँ । पोर्चुगल पठाउँछु भन्दै लाखौँ रुपियाँ असुल गरेर कञ्चनपुर बेलौरी नगरपालिका–४ का दिपेश शाही सम्पर्कविहीन भएको भन्दै पीडित १८ जना युवाले सरकारसँग हारगुहार गरिरहेका छन् । उनीहरूले पत्रकार सम्मेलनमार्फत पीडितमध्येका राम रोकायले शाहीले गत चैत २८ गते पोर्चुगल लैजाने भन्दै प्रतियुवा १४ लाख रु�. . .


हवाई टिकटमा तत्काल भ्याट नलगाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले तत्काल हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले दायर गरेको रिटमा सर्वोच्चले आइतबार उक्त आदेश दिएको हो। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजला�. . .


मिटरब्याजसम्बन्धी दुई हजार पाँच सय २० उजुरीमा मिलापत्र, ७१ बिघा जग्गा फिर्ता

काठमाडौँ । अनुचितल लेनदेन (मिटरब्याज) सम्बन्धी अहिलेसम्म विभिन्न ५५ जिल्लामा कूल २३ हजार नौ सय ६१ उजुरी दर्ता भएको छ । गृह मन्त्रालयका अनुसार दर्ता उजुरीमध्ये अहिलेसम्म दुई हजार पाँच सय २० वटा उजुरीमा मिलापत्र टुङ्गिएको छ । मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले हालसम्म २२ जिल्लाबाट . . .


भोजपुरमा डेङ्गु रोगीको सङ्ख्या बढदै, ३६ सङ्क्रमित देखिए

टक्सार (भोजपुर) । पूर्वी पहाडी जिल्ला भोजपुरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका अनुसार जिल्लामा क्रमिकरूपमा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो । जनस्वास्थ्य समस्याका रूपमा देखिएको डेङ्गुबाट भोजपुरमा ३६ जना सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालय भोजप. . .


साउन १५ : खीर खाने दिन

काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा . . .


विराटनगरको नमुना विद्या मन्दिरमा नृत्य प्रदर्शनी कार्यक्रम

विराटनगर । विराटनगर ८ मधुमारास्थित नमुना विद्या मन्दिरले नृत्य प्रदर्शनी कार्यक्रम गरेको छ। शनिबार आयोजित साप्ताहिक कार्यक्रम अन्तर्गत कक्षा ४ र ५ का विद्यार्थीहरुबीच नृत्य प्रदर्शनी कार्यक्रम गरेको हो। उक्त कार्यक्रम ४१ जना विद्यार्थीहरुले सहभागिता जनाएको विद्यालयले जनाएको छ। कार्यक्रममा कक. . .


भदौ २२ गतेदेखि विराटनगर विद्यालय नाटक महोत्सव : विद्यालयका लागि आवेदन खुला

विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको तेस्रो संस्करण घोषणा भएको छ । आरोहण गुरुकुल विराटनगरले आगामी भदौ २२ गतेदेखि १० दिनसम्म महोत्सव गर्ने घोषणा गर्दै विद्यालयको सहभागिताका लागि आह्वान गरेको हो । विराटनगर र आसपासका विद्यालयले आगामी साउन ३१ गतेभित्रमा आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि �. . .


निर्वाचन आयोगको निर्णयविरुद्ध उच्च अदालतमा रिट

काठमाडौं । पाटन उच्च अदालतमा समयमै निर्वाचन खर्च बुझाउँदा पनि निर्वाचन आयोगले जरिवाना तिराउने निर्णय गरेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार सांसदले रिट निवेदन दायर गर्नुभएको छ । रास्वापाका सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र गणेश पराजुलीले आयोगविरुद्ध आज. . .


मनसुनी वर्षा : देशभर ८५ प्रतिशत पानी पर्यो

काठमाडौं । वर्षको जारी मनसुनमा देशभर सरदरमा औसतभन्दा कम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार हालसम्म देशभर ८५ दशमलव चार प्रतिशत वर्षा भएको छ । शाखाका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार गत जेठ १८ देखि यही साउन १४ गतेसम्म छ सय ४३ मिलिमिटर वर्षा भएको छ । उहा�. . .


धरानमा डेंगु महामारी, विराटनगरमा यस्तो तयारी

विराटनगर । सुनसरीको धरानमा महामारीको रुपमा देखिएको डेंगुको सक्रमण विराटनगरसम्म आईपुगेको छ । धरानमा दैनिक आउजाउ गर्ने विराटनगर ठेगाना भएका चारजना डेंगु पोजेटिभ भेटिएका हुन् । जेठ अन्तिमदेखि साउन दोस्रो सातासम्ममा धरानमा दुई हजार ५०० आसपास संक्रमितको संख्या पुगेको छ । अहिले समान लक्षण देखिने धेरै�. . .