समाचार

एयरलाइन्सका नम्बर र कल सेन्टरमा फोन गर्न आग्रह

काठमाडौँ । यती एयरलाइन्सले आज पोखरा सेती खोँचमा दुर्घटनामा परेको विमानमा मृत्यु हुने यात्रुको परिवारले एयरलाइन्सका नम्बर र कल सेन्टरमा फोन गर्न आग्रह गरेको छ । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले आज विज्ञप्ति जारी गरी दुर्घटनामा पर्नुहुने यात्रुको परिवारका सदस्य वा आफन्तले जानकारीका लागि यत. . .


माघीकै दिन सेती किनारमा बिलायो सुरक्षित मानिएको एटिआर

काठमाडौँ । ‘पुसमा पाकेको माघमा खाने’ पर्वका रूपमा देशभर माघे सङ्क्रान्तिको रौनक थियो । मौसम सफा थियो । सरकारले सार्वजनिक बिदा दिएका कारण अधिकांश सरकारी वा गैरसरकारी कार्यालय बन्द थिए । चिसो मौसम धेरै जसो मानिस घाम ताप्न व्यस्त थिए । केही मानिस आफ्नो काममा व्यस्त थिए । कतिपय माघी मनाउन र अन्य काममा क�. . .


यति एयरलाइन्सको दुर्घटनाको खबरले स्तब्ध बनाएको छ: प्रदेश प्रमुख खापुङ

विराटनगर । प्रदेश नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङज्यूले यती एयरलाइन्सको दुर्घटनाको खबरले स्तब्ध बनाएको बताएका छन् । श्रद्धाञ्जली तथा समवेदना पत्रमार्फत प्रदेश प्रमुखले खापुङले आज भएको यति एयरलाइन्स दुर्घटनाले मर्माहत एवम् स्तब्ध बनाएको बताएका हुन् । जारी श्रद्धाञ्जली तथा समवेदना पत्रम. . .


माघे सङ्क्रान्ति मनाइयो जप, तप, ध्यान एवं घ्यू, चाकु खाएर

काठमाडौँ । माघ महिनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यू, चाकु खाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात् माघ १ गते मकर (माघे) सङ्क्रान्तिका नाममा वैदिक सनातन हिन्दू धर्मावलम्बीले सनातनदेखि कुल परम्परामा चलेको चलनअनुसार यो. . .


पोखरा जहाज दुर्घटना : बेपत्ताको खोजी कार्य राति पनि गरिने

लेखनाथ । पोखरामा आज बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक ( एसपी) अजय केसीले खोजी कार्यलाई राति पनि जारी राख्नका लागि घटनास्थल सेती खोँचमा लाइट जडान गरिसकिएको बताउनुभयो । “खोजी कार्यको स�. . .


पोखरा विमान दुर्घटना : शोकमा सोमबार राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ । कास्कीको पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै शोकको घडीमा भोलि सोमबार राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ । विमान दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार माघ २ गते शोक बिदा दिनुका साथै राष्ट्रिय झण्डा आधा झुकाउने तथा अत्यावश्यकब. . .


विराटनगरकी अञ्जुको क्याप्टेन सपना

विराटनगर । ‘उहाँको श्रीमान पनि पाइलट नै हुनुहन्थ्यो दुर्घटनामा परेर ज्यान गुमाउनुभएको थियो ’ यती एयरलाइन्सकी पाइलट अन्जु खतिवडाका परिवार नजिकका सन्तोष तिम्सिनाले सुनाए । पोखरामा आइतबार दुर्घटना भएको यति एयरलाइन्सको विमान चालक दलका चार सदस्यमा विमान वरिष्ठ पाइलट कमल के.सी र पइलट विराटनगर–५ की अन्�. . .


पोखरा विमान दुर्घटनाबारे जानकारी दिन कल सेन्टर स्थापना

काठमाडौँ । आज विहान पोखरामा भएको यती एयरलाइनसको विमान दुर्घटनाका विषयमा जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर सुरु गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाका बारेमा जानकारी लिन दुईवटा टेलिफ�. . .


हवाई दुर्घटना : छानबिन समितिका प्रतिवेदन कार्यान्वयन भएनन्

काठमाडौँ । सरकारले हवाई दुर्घटना कम गर्न अनेकन प्रयास गरेपनि अपेक्षित प्रगति हुन सकेको छैन । पटक–पटक छानबिन समिति गठन गरेर प्रतिवेदन दिइए पनि दुर्घटनामा न्यूनीकरण हुनुको साटो दुर्घटनाको सङ्ख्या भने बढ्दो छ । मानवीय क्षतिको हिसाबले आज पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना आन्तरिक उडानतर्फको सब�. . .


पोखरा विमान दुर्घटना : ६८ जनाको शव फेला, उद्धार गर्न क्रेनको प्रयोग

कास्की । सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । सेती नदीको खोंचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरास्थित गण्डकी आस्प�. . .


पोखरा विमान दुर्घटना : आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो

गण्डकी । पोखरामा आज भएको यति एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ । आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नगारिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । यसअघि नेपालमा भएका विभिन्न हवाई दुर्घटनामा सयौँ मानिसले ज्य. . .


पेरुमा आपतकालको घोषणा

पेरुको सरकारले हालैका हप्ताहरूमा कम्तीमा ४२ जनाको ज्यान लिने राष्ट्रपति डिना बोल्वार्टेविरुद्धको प्रदर्शनका कारण राजधानी लिमा र अन्य तीन क्षेत्रहरूमा आपतकालिन अवस्थाको घोषणा गरेको छ । तीस दिनको लागि लागू हुने गरी सेनालाई व्यवस्था कायम राख्न हस्तक्षेप गर्न अधिकार दिइएको छ । आन्दोलन र भेलाको स्वत�. . .