समाचार

मोरङ-१ मा काँग्रेसका डिगबहादुर लिम्बू विजयी

विराटनगर । मोरङ क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका डिगबहादुर लिम्बू विजयी भएका छन् । अन्तिम मतपरिणम अनुसार ४ सय ३० को मतान्तरले लिम्बू विजयी भएका हुन् । काँग्रेसका लिम्बूले २७ हजार २ सय ९७ मत प्राप्त गरे । एमालेका घनश्याम खतिवडाले २६ हजार ८ सय ६७ मत ल्याएका छन् ।. . .


विराटनगरको मोरङ क्याम्पसका विद्यार्थीद्वारा दुई सय ५० थान न्यानो कपडा वितरण

विराटनगर । विराटनगर-१९ स्थित खद्रा टोल रिसिदेव बस्तीमा बसोबास गर्दै आएका दुई सय ५० जनालाई शनिबार जाडोबाट बच्नका लागि विद्यार्थीहरुले न्यानो कपडा वितरण गरेका छन् । विराटनगर-१९ स्थित खद्रा टोल रिसिदेव बस्तीमा बसोवास गर्दै आएका दुई सय ५० जनालाई शनिबार महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस 'बीएएसडव्लु' . . .


विराटनगरको कुश गार्डनमा भोलि सेलिब्रेटी सेफ तरुण कुमारसँग टक-सो कार्यक्रम हुने

विराटनगर । विराटनगर-४ स्थित एयरपोर्टरोडमा रहेको कुश गार्डनमा भोलि सेफ तरुण कुमारसँग टक-सो कार्यक्रम हुने भएको छ । कुश गार्डनको आयोजनामा मंसिर ११ गते आइतबार आरागन स्कुलका विद्यार्थीहरुसँग सेफ तरुण कुमारसँग कुमारसँग टक-सो कार्यक्रम हुने भएको हो । सेलिब्रेटी सेफ तरुण कुमार, अमित महतो आरागन इन्चयुष्�. . .


लोकतान्त्रिक अभ्यासमा हार जित स्वाभाविक हो : नेता सिटौला

बनियानी । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक अभ्यासमा हार जित स्वाभाविक भएको बताउनुभएको छ । झापा क्षेत्र नं ३ अन्तर्गत बनियानीमा आज आयोजित कार्यक्रममा उहाँले मतदाताप्रति आभार प्रकट गर्दै तोकतन्त्रको अभ्यासमा हार जित स्वभाविक भएकाले कार्यकर्ता, शुभचिन्तक तथा मतदातालाई निरा�. . .


निफ्राले चुक्ता पुँजीको चार दशमलव २१ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को चौथो वार्षिक साधारणसभाले लगानीकर्तालाई चार दशमलव २१ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ । आज काठमाडौँमा सम्पन्न साधारणसभाले बैंकको चुक्ता पूँजी रु २१ अर्ब ६० करोड को चार दशमलव २१ प्रतिशत हुन आउने रु ९० करोड ९४ लाख ६८ हजार नगद लाभांश. . .


इलाम–२ (१) मा कांग्रेसका गिरी निर्वाचित

इलाम । इलाम–२(१) मा नेपाली कांग्रेसका गोविन्द गिरी विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाममा गिरी एक हजार दुई सय ११ मतान्तरसहित विजयी हुनुभएको हो । गिरीले १६ हजार छ सय ६५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार गणे�. . .


अन्तर्राष्ट्रिय सहायताको ३६ अर्ब ९० करोड शोधभर्ना हुन बाँकी

काठमाडौं । वैदेशिक ऋण र अनुदानबाट स्रोत व्यहोरिने गरी वार्षिक बजेटमा राखिएका योजना तथा कार्यक्रमको करिब रु ३७ अर्ब शोधभर्ना हुन बाँकी रहेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले तयार पारेर अघिल्लो हप्ता अर्थ मन्त्रालयलाई बुझाएको गत आर्थिक वर्ष २०७८/७९ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरणा�. . .


चुनावमा धाँधली भयो, पुनः मतदान हुनुपर्छ : झलनाथ खनाल

फिक्कल । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाउनुभएको छ । इलाम क्षेत्र नं १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले चुनावमा धाँधली भएकाले पुनः मतदान हुनुपर्ने बताउनुभयो । आज पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, “�. . .


विश्वकप फुटबल : अस्ट्रेलियाले ट्युनिसियालाई हरायो

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ । कतारको अल जानौब रङ्गशालामा आज भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । अस्ट्रेलियाको लागि मिचेल डुकले गोल गरे । खेलको २३औँ मिनेटमा मिचेल डुकले ग�. . .


समानुपातिकतर्फ ७६ लाख मत गनियो

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ हालसम्म कूल ७६ लाख १२ हजार छ सय ९८ मतगणना गरेको छ । आयोगले साँझ ५ बजेर ४० मिनेटसम्म उपलब्ध गराएको विवरणअनुसार कूल ४७ राजनीतिक दलले प्राप्त गरेको मत गणना गरेको हो । समानुपातिक निर्वाचन प्रणालीमार्फत कूल एक सय १० प्रतिनिधिसभा सदस्य चुनिने संवैधानिक व्यवस्था �. . .


चितवनका मतदाताको फरक रोजाइ

चितवन । देशका ७६ जिल्लाका मानिसको बसोबास रहेको चितवनका मतदातालाई पुराना दलहरूले आश्वस्त पार्न नसक्दा नयाँ उम्मेदवार निर्वाचित भएका छन् । पुराना दलहरूलाई सच्चिने अवसर दिँदै दल नछोडे पनि मतदान भने नयाँ दललाई दिएका हुन् । यति हुँदाहुँदै पनि जिल्लाका तीन सङ्घीय र छ प्रदेशमा छ दलको प्रतिनिधित्व हुने गरी . . .


सुनसरी–४ को मतगणना स्थगित, निष्पक्ष मतगणना गर्न माग

इनरुवा । लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं ४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनामा धाँधली भएको भन्दै निष्पक्ष मतगणना गर्न माग गर्नुभएको छ । मतगणनाका क्रममा गए राति धाँधली भएको भन्दै उहाँले आज साँझ बसेको सर्वदलीय बैठकमा छानबिन गर्न माग गर्नुभयो । सुनसरी सदरमुकाम इनर. . .