खोटाङ । खोटाङको दिक्तेलस्थित भुत्ते–आयुर्वेद सडकखण्ड ढलानको काम अधुरै छाडिएको छ । काम गर्ने ठेकेदार कम्पनीले सो काम बीचमै छाडेको हो । जिल्ला आयुर्वेद कार्यालय हुँदै दिक्तेल–दुम्ली जोड्ने सडक ढलानको ठेक्का लिएको जेपी–लगलगे जेभीका ठेकेदारले ढलान गर्दागर्दै फलामे रड बिछ्याएर काम छाडेपछि हिँडडुल �. . .
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको योजनाअनुसार प्रतिनिधिसभाले आफ्ना सबै सुझावलाई पुरै बेवास्ता गरेर नागरिकता विधेयक पुनः पारित गरेपछि नागरिक अगुवा, कानुनविद् तथा सुरक्षा निकायका पूर्व उच्चपदस्थहरूसँग छलफल गरी आवश्यक रायसुझाव लिने कामलाई तीव्रता दिएकी छन् । सरकारले प्रतिनिधिसभ�. . .
जनकपुरधाम । उच्च अदालत जनकपुरले कुमारी आमा महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतको बच्चा र शिवराज श्रेष्ठको डिएनए परीक्षण गर्न आदेश दिएको छ । न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले आज यस्तो आदेश दिएको हो । निहारिकाले लामो समयदेखि आफ्नो छोराको अधिकारका लागि डिएनए परीक्षण म�. . .
चरीकोट । दोलखाको लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ड्याममा बेपत्ता एक युवकको शव दुई सातापछि फेला परेको छ । माथिल्लो तामाकोसी जलविद्युुत् आयोजनाको ड्याममा साउन २३ गते खसेर बेपत्ता भएका रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका–१ का २८ वर्षीय रमेश बस्नेतको शव आज फेला परेको दोलखाको प्रहर�. . .
मनोज दाहालविराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नेपाली महिलाहरुले मनाउने तीज पर्वबाट एक आपसमा सद्भाव बढेको बताउनु भयो । नेपाल पत्रकार महासङ्घ मोरङद्वारा आज यहाँ आयोजित तीज कार्यक्रममा शुभकामना व्यक्त्त गर्दै प्रजिअ दाहालले हाम्रो धर्म, संस्कार र संस्कृतिको विकास भएमा समाज. . .
जापानका प्रधानमन्त्री फुमियो किशिदाले आफुहरूले नयाँ पुस्ताको आणविक भट्टी निर्माण गर्नेबारे विचार गरिरहेको बताउनुभएको छ । बुधबार ऊर्जा नीति बैठकमा जापानले नयाँ पुस्ताको आणविक भट्टी निर्माण गर्नेबारे विचार गरिरहेको बताउनुभएको हो । हालसम्म नयाँ आणविक ऊर्जा केन्द्रहरूको निर्माणबाट पछि हटिरहेको . . .
काठमाडौं । सामाजिक सञ्जाल फेसबुक ह्याक गरी प्रोफाइमा आबद्ध साथी, आफन्त र सहकर्मीसँग रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरी अनुसन्धान थालेको छ । यसरी पक्राउपर्नेमा मोरङको शनिश्चरे नगरपालिका–१० का २० वर्षीय किरण पाठक रहेका र उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कस�. . .
विराटनगर । मोरङमा आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आठ मतदान स्थल सार्ने र आठ मतदानस्थल थप्न सिफारिस गरिएको छ । मतदातालाई असजिलो हुने गरि साँघुरो र अपायक पर्ने मतदानस्थल सेवा क्षेत्र भित्र सारिने र मतदाताको संख्या बढी भएको वडामा थप्न सिफारिस गरिएको हो । प्रदेश निर्वाचन कार्या�. . .
विराटनगर। क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा विराटनगर–१६ का २६ वर्षीय युवक उत्सव दाहाललाई प्रहरीले पक्राउ गरेको छ । हाल काठमाडौं–१० बानेश्वर बस्दै आएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट पक्राउ गरेको हो । वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिन्छ. . .
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप चार सय ८७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । सो अवधिमा चार हजार एक सय ७७ को नमूना परीक्षण गरिएको थियो । एक हजार आठ सय छ जनाले पिसिआर र दुई हजार तीन सय ७१ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो �. . .
विराटनगर । मोरङको पथरीशनिश्चरे–६ का रोहिन मण्डलसहित तीनजनालाई औषधी व्यवस्था कार्यालय विराटनगरले नियन्त्रणमा लिइएको छ । मण्डलले आफ्नो रोहिन सामुदायिक क्लिनिकको आडमा बिना इजाजतको औषधी ल्याएर घरबाट बिक्री गर्ने गरेको पाइएपछि उनीसहित अन्य दुईजनालाई पक्राउ गरिएको हो । मण्डलले बिक्री गर्ने औषधी सेव�. . .
भारतमा पुनः एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मध्यरातिसम्म दश हजार छ सय ४९ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख ६८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित . . .