समाचार

अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं । मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुस�. . .


एन्फा अध्यक्षमा नेम्वाङ निर्वाचित

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को अध्यक्षमा पङ्कजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै नेम्वाङ अध्यक्ष चुनिएका हुन् । नेम्वाङले ४५ तथा शेर्पाले ३९ मत प्राप्त पाए । अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले भने एक . . .


स्विस सरकारको सहयोग सकारात्मक : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश र स्थानीय तहलाई बलियो बनाउने मनसायका साथ स्विट्जरल्यान्ड सरकारले गरेको सहयोग सकारात्मक भएको उल्लेख गर्नुभएको छ । स्विस सरकारको सहयोगमा सञ्चालित प्रदेश सहयोग कार्यक्रम निर्देशक समितिको दोस्रो बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त�. . .


सार्वजनिक बिदा आइतबार हुँदा पेट्रोलको खपत ११ प्रतिशतले कमी

काठमाडौं । नेपाल आयल निगमले जेठ महिनामा आइतबार बिदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जनाएको छ । सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गत वैशाख महिनाको तुलनामा गत जेठ महिनामा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जानकार�. . .


राससको कार्यकारी अध्यक्षमा वरिष्ठ पत्रकार झा

काठमाडौँ । नेपाल सरकारले राष्ट्रिय समाचार समिति (रासस) को रिक्त कार्यकारी अध्यक्ष पदमा वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई नियुक्त गरेको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले उहाँलाई चारवर्षे कार्यकालका लागि राससको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ । नेपाल पत्र�. . .


प्रदेश नं १ : बजेट छलफल

विराटनगर । प्रदेश नं १ को आर्थिक वर्ष २०७९-०८० को राजस्व र व्ययको अनुमानित बजेटमाथिको छलफल आज पनि जारी रह्यो । छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्य अम्बिका थापाले समग्रमा बजेट हेर्दा रामो भए पनि यसको सफलता कार्यान्वयनमा भर पर्ने भन्दै उदयपुरको बेलका क्षेत्रमा सप्तकोशी नदीका कारण केही बस्ती जोखिममा प�. . .


हवाई भाडा बढ्यो

काठमाडौं । नेपाल वायु सेवा सञ्चालक सङ्घले आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सङ्घले आगामी बुधबारदेखि लागू हुनेगरी हवाई भाडा बढाएको हो । सङघले आज एक सूचना जारी गर्दै आन्तरिक हवाई उडानको फ्यूल चार्ज न्यूनतम १७० रुपैयाँदेखि अधिकतम ८४० रुपैयाँसम्मले वृद्धि . . .


गोरखामा करेन्ट लागेर विद्युत्का कर्मचारीको मृत्यु

गोरखा । गोरखामा करेन्ट लागेर विद्युत्का कर्मचारीको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–५, जरेवरमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रमा कार्यरत प्राविधिक रामकुमार लिम्बुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार खनालका अनुसार हुकिङ गरी चोरी गरिएक. . .


बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने तयारी

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा पाँच वर्षदेखि माथि १२ वर्षमुनिका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक मीनराज जोशीले पहिलो चरणमा यहाँको कैलाली, कञ्चनपुर र डडेल्धुरामा बालबालिकालाई कोरोना विरुद्धको फाइ. . .


तीन महिनामा तीन बलात्कारपछि मृत्यु…

चितवन । जिल्लामा पछिल्लो तीन महिनामा बलात्कारपछि उपचारको क्रममा तीनको मृत्यु भएको छ । राप्ती नगरपालिका–१ मा बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा राप्ती–१ पिप्लेकी २७ वर्र्षीया महिला रहेकी छन् । उनको यही जेठ ३१ गते उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । �. . .


रूसी तेलको निर्यात चीनतर्फ बढ्यो

चीनले मे महिनामा रूसबाट कच्चा तेल आयातमा बृध्दि गरेको छ । यूक्रेनको आक्रमणमा रुसी ऊर्जा खरिदमा पछाडि पर्ने पश्चिमी राष्ट्रहरुको नोक्सानीलाई कम गर्न सहयोग गरेको चिनियाँ भन्सार कार्यालयबाट प्राप्त तथ्याङ्कले सोमबार देखाएको छ । पश्चिमा मुलुकहरूले यूक्रेन आक्रमणविरूद्ध रूसमाथि लगाएको प्रतिबन्धसँ�. . .


अफगानिस्तानमा वम विस्फोट हुँदा दुईको मृत्यु, २८ घाइते

अफगानिस्तानमा भएको बम विस्फोटनको घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । सोमबार भएको घटनामा परी अरु २८ जना घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । घाइतेमध्ये पाँच जना तालिवान सदस्य रहेका छन् । घटनामा घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार गराइएको छ । उनीहरूमध्ये केहीको अवस्था गम्भी. . .